कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सहरमा उच्च रक्तचापले महिलाभन्दा पुरुष बढी पीडित

काठमाडौं — सहरी क्षेत्रका पुरुषहरूलाई उच्च रक्तचापको जोखिम महिलाका तुलनामा बढी हुने गर्छ । भारतको हैदराबादस्थित राष्ट्रिय पोषण संस्थानको प्रतिवेदनअनुसार, सहरी क्षेत्रका महिलालाई भन्दा पुरुषलाई उच्च रक्तचापको खतरा बढी छ ।

त्यहाँ केरलमा यो समस्याले ग्रस्त व्यक्तिको संख्या सबैभन्दा धेरै छ ।
भारतका १६ प्रतिशत पुरुष धूमपान गर्छन् भने ३० प्रतिशतले मद्यपान गर्छन् । प्रतिवेदनअनुसार ३१ प्रतिशत सहरी पुरुष उच्च रक्तचापबाट पीडित छन् भने यो समस्याले ग्रस्त महिला २६ प्रतिशत छन् । 
अध्ययनअनुसार, केरलमा उच्च रक्तचापले ग्रस्त व्यक्तिको संख्या ३१ प्रतिशतदेखि ३९ प्रतिशतसम्म छ । बिहारमा यो संख्या सबैभन्दा कम १६ प्रतिशतदेखि २२ 
प्रतिशतसम्म छ । 

प्रकाशित : मंसिर १६, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?