डिप्रेसन नहोस् भन्न च्याउ

कान्तिपुर संवाददाता

काठमाडौं — हालैको एउटा अनुसन्धानअनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्छ । बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको यो अनुसन्धान ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित छ ।


सिलोकाइबिन च्याउ डिप्रेसनले प्रभावित व्यक्तिको मस्तिष्कको मुख्य तन्त्रको कार्य प्रणालीलाई पुन: सक्रिय तुल्याउन सक्षम हुने उक्त अनुसन्धानमा उल्लेख छ ।
अध्ययनअन्तर्गत डिप्रेसनग्रस्त केही बिरामीको उपचार सिलोकाइबिन (एउटा मनोसक्रिय पदार्थ, जुन च्याउमा पाइन्छ) बाट गरे । अनुसन्धानमा ती बिरामी सामेल थिए जसको रोग पारम्पारिक उपचारका माध्यमले निको पार्न सम्भवभएको थिएन ।
अनुसन्धानअनुसार, उपचार गरिएको केही साता पछि सिलोकाइबिन लिने रोगीमा रोगको लक्षणमा कमी देखिन थाल्यो ।

प्रकाशित : मंसिर १६, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

धूमपानले आन्द्रा सुन्निने समस्या पनि

कान्तिपुर संवाददाता

काठमाडौं — धूमपानका अनेक बेफाइदा त छँदै छन्, यसबा आन्द्रालाई पनि क्षति पुग्न सक्छ र कोलाइटिसको खतरा बढ्ने आशंका हुन्छ ।


यो अध्ययन ‘फ्रन्टियर इन इम्युनोलजी’ जर्नलमा प्रकाशित छ । अनुसन्धाताहरूले चुरोटको धुवाको सम्पर्कमा आउने मुसामा यो प्रभावका लागि जिम्मेवार खास रगतको कोषिका र प्रोटिन पत्ता लगाएका छन् ।यो अध्ययनबाट वैज्ञानिकहरूले आन्द्रासुन्निँदा त्यससँगै उत्पन्न हुने समस्याकोउपचारमा सघाउ पुग्ने विश्वास लिएका छन् ।नयाँ अध्ययनका माध्यमले ‘कोलाइटिस’बढ्ने खतराबारे आममानिसलाई जागरुकगर्न सकिन्छ ।

प्रकाशित : मंसिर १६, २०७४ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्