धूमपानले आन्द्रा सुन्निने समस्या पनि

काठमाडौं — धूमपानका अनेक बेफाइदा त छँदै छन्, यसबा आन्द्रालाई पनि क्षति पुग्न सक्छ र कोलाइटिसको खतरा बढ्ने आशंका हुन्छ ।


यो अध्ययन ‘फ्रन्टियर इन इम्युनोलजी’ जर्नलमा प्रकाशित छ । अनुसन्धाताहरूले चुरोटको धुवाको सम्पर्कमा आउने मुसामा यो प्रभावका लागि जिम्मेवार खास रगतको कोषिका र प्रोटिन पत्ता लगाएका छन् । यो अध्ययनबाट वैज्ञानिकहरूले आन्द्रा सुन्निँदा त्यससँगै उत्पन्न हुने समस्याको उपचारमा सघाउ पुग्ने विश्वास लिएका छन् । नयाँ अध्ययनका माध्यमले ‘कोलाइटिस’ बढ्ने खतराबारे आममानिसलाई जागरुक गर्न सकिन्छ ।

प्रकाशित : मंसिर १६, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?