कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

होमियोप्याथी औषधी तपाईको चुनावी सह-यात्री बन्न सक्छ

डा. ललितकुमार मिश्र

काठमाडौं — चुनावमा हरेक प्रत्यासी (उम्मेदवार), चाहे त्यो पार्टीका हुन् वा स्वतन्त्र, प्रत्येकको चाहना कुनैपनि प्रकारले चुनाव जितेर पदमा आउने नै हुन्छ । तर, अब चुनावको सफर त्यति सजिलो छैन, जति बिगतका दिनहरुमा हुन्थे । अहिलेका मतदाता धेरै जान्ने र बुझ्ने भइसकेका छन् । नेताहरुको भुल-भुलैयामा फस्नेबाला छैन ।

होमियोप्याथी औषधी तपाईको चुनावी सह-यात्री बन्न सक्छ

मतदातालाई कन्भिन्स गर्न गाह्रो छ, सहि, ईमान्दार, केहि गर्नसक्ने क्षमतावान उम्मेदवारलाई नै आफ्नो प्रतिनिधि छान्ने छन् । चुनावी सफरमा अनेकप्रकारको मानसिक एवं शारीरिक स्वास्थ्य समस्याहरु उत्पन्न हुनसक्छ । 

चुनाव प्रचारको दौरान बिभिन्न पार्टीका नेता, कार्यकर्ता, उम्मेदवारहरुको चहलपहल, भाग-दौड, ब्यस्तता अत्याधिक बढेको हुन्छ । मतदाताको घर दैलोमा पुग्नु, चुनावी सभामा भाषण गर्न पुग्नु आदि कामहरु उम्मेदवारहरुका प्रमुख काम हुन् । यि सबै काममा चुनावी भाषणको एक बिषेश महत्व छ । जनताको माझमा  प्रभावशाली ढंगले भाषण गर्नुपर्ने, लगातार बोल्नुपर्ने हुन्छ । उम्मेदवारले बोलेर नै मतदातालाई आफुतिर आकर्षित गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बक्ताको गला बस्नु, स्वर भासिनु सामान्य कुरो हो । 

यसबाहेक पनि अन्य स्वास्थ्य समस्याहरु देखा पर्छन्, जस्तै : शारीरिक थकान, जीउ दुख्नु, निन्द्रा न लाग्नु, आलस्य लाग्नु, काम गर्ने इच्छा नहुनु,  अन्य पार्टीका प्रत्यासीहरुसंग मुकाबिला गर्न सकिन्न कि भन्ने डर वा आत्मबिश्वासमा कमि आउनु, टाउको दुख्नु, टाउको भारी हुनु, दिमाग फ्रेस नहुनु आदि जस्ता स्वस्थ्य समस्याहरु बिशेष गरेर चुनावी माहोलको दौरान नेता, कार्यकर्ता तथा बिभिन्न पदका उम्मेदवारहरुमा पनि देखिन्छ । 
चुनावको दौरान हुनसक्ने स्वास्थ्य समस्याको तत्कालिन सामाधानको लागि होमियोप्याथिक औषधिहरु अत्यन्तै प्रभावशाली छन् । यसको सेवनले नेता, कार्यकर्ता, उम्मेदवार सबैको मानसिक एवं शारिरीक रुपले स्वस्थ भई पनु: आफ्नो कार्यलाई निरन्तरता दिन सक्छन् । 

स्वर भाँसिएमा : चुनावी प्रचार-प्रसारको दौरान भाषण गर्दा गर्दै यदि गला बस्यो र पुन: अर्कोठाउँमा भाषण गर्नु छभने भाषण गर्नु भन्दा दुई घन्टा अगावै- कोका क्यु- पाँच थोपा आधा-आधा घन्टाको फरकमा आधीग्लास पानीमा लिनले गला सफा हुनुका साथै  स्वर पनि खुलेर आउँछ । 

स्वर भंग हुनु : धेरै बोल्नले प्राय जसो स्वरयन्त्रको कार्य-शक्ति कम हुन जान्छ । कहिलकहि त बोल्दै गरेको बेला स्वर भंग भईहाल्छ । आवाज भारी हुन्छ । यस्तो अवस्थामा 'ओरम ट्रिफाईलम- 30 शक्तिको औषधि केहि मात्राले तपाईको आवाजलाई सहि गर्न लाभदायक हुनसक्छ ।  यसैगरी भाषणको दौरान स्वर लोप हुन लागेमा अर्जेन्ट मेटालिकम- 30 शक्तिको  केहि मात्राको प्रयोगले आवाजलाई ठीक गर्न सक्छ । भाषण गरे पश्चात यदि आवाज भारी हुन गएमा- त्यस्तो बेला- कास्टिकम 30 औषधिको प्रयोगले तपाईको स्वरलाई पहिले कै जस्तो बनाउनमा मद्दत गर्दछ ।

आत्मविश्वासको कमी : प्रत्यासीहरु प्राय चिन्तामा हुन्छन्, भोली कहाँबाट चुनावको प्रचार-प्रसार सुरु गर्ने, त्यहाँ कस्तो प्रतिक्रिया होला ? यिसो हुनुको कारण आफुप्रतिको बिश्वासमा कमी हो । यदि आत्मबिश्वासको कमी भएमा - लाइकोपोडियम 30 शक्तिको एक दुई मात्राको सेवनले चिन्ता हटाउन सक्छ । 

आलस्य हुनु: चुनावको दौरान धेरै जसो पार्टीका नेता, प्रत्यासी (उम्मेदवार) तथा कार्यकर्ताहरुलाई निन्द्रा पर्दैन । जसको फलस्वरुप उनीहरु दिउँसो आलस्यबाट ग्रसित हुन्छन् । कसैसंग आवश्यक कुरा गर्दा-गर्दै वा कसैको कुरा सुनिरहेको बेला बसैकै ठाउँमा निदाउन थाल्छन् । यस्तो अवस्थामा उम्मेदवार, नेता, कार्यकर्ताहरुले पूर्णरुपले निन्द्रा लिनुपर्छ । यदी निदाउन खोज्दा पनि निन्द्रा परेन भने ‘काली फास 6 एक्स' अथवा 'फाइव फावस-६ एक्स' नामक औषधि दुई/तीन मात्रा सेवन गर्नु फाईदाजनक हुन्छ । यसको सेवनबाट स्वभाविक रुपमा निन्द्रा लाग्छ ।

शारीरिक थकान तथा दर्द :  चुनावमा दिनभरिको भागदौडले शरीर थाकेर चुरचुर हुन्छ । आलस्य लाग्छ । काम गर्ने ईच्छा नै हुदैन, यस्तो स्थितमा बिहान चुनावको प्रचार-प्रसारमा निस्किनु भन्दा अगाडि नै – एवेना सटाईवा- क्यु (अर्क) आधी गिलास पानीमा ३० थोपा हलेर सेवन गर्नले थकान हट्छ । यसैगरी दिनभरी को दौडधुप पछि यदि जीउ दुखिरहेकोछ भने ‘रसटाक्स’- 30  वा आर्निका- 30  दुई मध्ये कुनै एक औषधिको प्रयोग लक्षणअनुसार गर्नु लाभदायक हुन्छ । यस औषधिको केहि मात्राको सेवन गरेपछपि शरीर दुखेको आराम हुन्छ ।  

पुनर्ताजगीका लागि: चुनावको माहोलमा नेता, कार्यकर्ता तथा उम्मेदवार दिनभरी भाषण गर्नु,  बहस,  माथा-पच्ची,  कच-कच एवं मतदाताहरुलाई कन्भिन्स गर्नु मा निश्चित रुपले मानसिक थकान हुन्छ । यस्तो स्थितिमा “ऐसिड फांस’- 30 शक्ति  अथवा 'फेरम फास 6 एक्स' औषधिको प्रयोगले तपाईको मस्तिष्कलाई ताजा बनाउछ र तपाई पुन: मतदाताहरुलाई राम्ररी कन्भिन्स गरी आफ्नो पक्षमा लिन सक्नुहुन्छ । होमियोप्याथिक औषधिहरु पूर्णरुपले  निरापद (सुरक्षित) छ । यसको कुनैपनि प्रकारको साईड ईफेक्ट हुँदैन । यसको प्रयोग संभावित हुनसक्ने स्वास्थ्य समस्याबाट बच्न  वा  बचाउनको लागि निबारकको रुपमा पनि प्रयोग गर्न सकिन्छ। होमियोप्याथिक औषधिहरु चुनावी दौरानमा तपाईको सह-यात्री साबित हुनसक्छ। यसरी चुनावलाई सफल एवं उल्लाहसमय बनाएर तपाईको जीत को सपनालाई साकार बनाउनमा मद्दगार साबित हुन सक्छ । उल्लेखित औषधिहरु आफ्नो नजिकको कुनै योग्य होमियोप्याथिक चिकित्सकसंगको सल्लाहमा प्रयोग गर्नु उचित हुन्छ । 
अस्तु।  

[email protected]

प्रकाशित : मंसिर १७, २०७४ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?