जाडोयाममा हुने कोल्ड डाइरियाको सजिलो उपचार
काठमाडौँ — पौष माहिनामा लगभग सबै जसो प्राईभेट क्लिनिक तथा सरकारी अस्पतालहरुमा विन्टर डाइरिया (झाडापखाला)ले पीडितहरुको संख्या निकै बढेको छ। नवजात शिशु र कम उमेरका केटा-केटीहरुको संख्या अझ बढी नै छ । गर्मियाममा हुने झडापखाला त्यति खतरनाक हुँदैन जति जाडोमा हुने डाइरियाबाट हुन्छ ।
जाडोमा डाइरिया हुने मुख्यकारण चिसो लाग्नु हो । जाडो मौसम सुरु हुने बित्तिकै 'रोटा भाइरस' अत्यन्त सकृय हुन्छ । जाडोमा हुने डाइरिया रोटा भाइरसको कारणले गर्दा नै हुन्छ । डाइरियामा सामान्य सावधानी राखेमा एक सप्ताहमा आफैं ठिक हुन्छ । कुनै औषधिको आवस्यकता नै पर्दैन । तर डाइरिया हपता दिनभन्दा बढिरह्यो भने यसलाई क्रोनिक डाइरिया भनिन्छ । यसको उपचार समयमा गरिएन भने ज्यानै पनि जाने जेखिम रहन्छ ।
तर अलिकति सावधान भएका यो समस्यालाई निको पार्न साकिन्छ। यदी डाइरियाको समुचित उपचार गरिएन भने शरिरमा पानीको मात्रा अत्यन्त कम भइ जलवियोजन (डिहाइड्रेसन) हुन्छ । शरिरमा पानी तथा अन्य द्रव्यको मात्रा कमी भए बिरामीको मृत्यु पनि हुन सक्छ ।
डाइरियाबाट बच्ने उपाय
- दिसा गरिसकेपछि साबुन-पानीले हात धुने बानि बसाल्ने।
- खाना खानुभन्दा अगाडि साबुन-पानीले हात धुने।
- फलफुल तथा हारियो सागपात राम्रो संग धोइपखाली मात्र खाने।
- खानेकुरालाई छोपेर राख्ने।
डाइरियालागेमा के गर्ने ?
- बच्चालाई जिवनजल दिइ रहने।
- स्तनपान जारि राख्ने।
- खाना बन्द नगर्ने बरु बच्चालाई नरम खाद्यपदार्थ, जस्तै: केरा, ऊसिनेको आलु मुछेर खान दिने।
याद राख्नुहोस्
डाइरियाको रोगिलाई उपचार गर्दा जलवियोजन (डिहाईडरेसन)को लागि वर्गिकरण गर्नुपर्ने हुन्छ।
यदि दिशामा रगत आइरहेको छ भने- यो रक्तमासी(डिसेन्टरी)हुनसक्छ। जहाँ गम्भिर डिहाइड्रेसनको अवस्था छ भने रोगीलाई आइभी फ्ल्युड अर्थात स्लाइन चढाउनुपर्ने हुन्छ ।यस स्तिथिमा तुरन्तै नजिकको स्वास्थ संस्थामा लानु पर्ने हुन्छ।
डाइरियामा के नगर्ने ?
- बच्चालाई मात्र ग्लुकोज या चिनीपानीको घोल न दिने ।
- मात्र ग्लुकोजको झोल दिँदा शिशुको पेटमा ग्यास उत्पन्न गर्दछ । जसले गर्दा ब्याक्टेरिया संक्रमणको संभावना बढेर जान्छ ।
- यस्ता तरल पदार्थ पनि नदिने जसमा केफिनको अंश होस् । जस्तै-कोकाकोला, कफिआदि।
- डाइरियाकोरोगिलाई आमाको दूधबाहेक बहिरी दूध तथा दूधबाट बनेका परिकार पनि दिनु हुँदैन।
नुन–चिनीको घोल बनाउने विधि
एकलिटर उमालेर सेलाएको पानीमा एक सानो चम्चाले १ चम्चा नुन ८ चम्चा चिनी मिलाएर राम्रोसंग मिश्रण गरी घोल बनाउने। यसघोललाई २४ घन्टाभित्र प्रयोग गर्ने । बाँकिरहेको घोल फ्याँकि दिने। आवस्यकता अनुसार पुन: बनाउने र प्रयोग गर्ने।
उपचार
जलवियोजन हुन नदिन बच्चालाई सधैंकोभन्दा बढीमात्रामा झोलपदार्थ ख्वाउनुस्। झाडापखाला नथामिएसम्म झोलपदार्थ दिन जरुरी छ। प्रत्येक पटक पातलो दिशा गरेपछि, जीवनजल दिनुस् । जीवनजलको मात्रा २-१० वर्षसम्मका लागि १००-२००मिलि, १० वर्षमाथिकालाई बिरामिले चाहे जति।
डाइरिया लागेको बिरामीको उपचारको मुख्य उदेश्य जलवियोजन हुन नदिइ रोगिको प्राण बचाउनु हो। पुनर्जलिय प्रकृयाबाट जलवियोजनको उपचार भएमा झाडापखालाका बिरामीहरु आफैं ठिक हुन्छन् । त्यसकारण डाइरिया लागेको बिरामीको लागि पुनर्जलिय नै सबैभन्दा महत्वपूर्ण उपचार हो ।
बिरामीलाई कसरी र कति पुनर्जलिय उपचार गर्ने भन्ने कुरा बिरामीको अवस्था र जलवियोजनको स्थितिमा भर पर्छ । त्यसैले पहिले बिरामीको स्थिति लेखाजोखा गर्नुपर्दछ र सोहि अनुसारको ऊपचार गर्नुपर्ने हुन्छ।
स्वास्थ्य संस्थामा लानुपर्ने अवस्था
- धैरैपटक पातलो दिशा गरेमा।
- राम्ररी खाना वा पिउने नगरेमा।
- तारन्तार बान्ता गरेमा।
- ज्वरो आएमा ।
- ज्यादै तिर्खाएको भएमा।
- दिसामा रगत देखिएमा।
होमियोप्याथिक उपचार
कोल्ड डाइरियामा शिशुहरुमा प्रयोग हुने होमियोप्याथिक औषधिहरु निम्न लिखित छन्: एकोनाइट, डल्कामारा, नक्समस्केटा, नेटृम-सल्फ, नाइट्रिक-एसिड, पोडोफाईलम, पल्साटिला, सल्फर, रसटक्स, नक्सवोम, एलोज आदी।
औषधिहरु रोगीको मानसिक एवं शारिरिक लक्षणको आधारमा प्रयोग गर्न साकिन्छ। उपरोक्त औषधिहरु कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकको परामर्श लिई मात्र प्रयोग गर्नुपर्छ।
लेखक होमियोप्याथिक फिजिशियन हुन् ।
email- [email protected]
प्रकाशित : पुस ७, २०७४ १०:१८