कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

किन हुन्छ जाडोयाममा डिप्रेसन ?

काठमाडौँ — जाडोको याममा अवसादडिप्रेसन हुनु, एक मानसिक समस्याको रुपमा देखिन्छ । डिप्रेसन हुनुमा यसका अनेकौ कारणहरु छन् । यदि तपाई जाडोको माहिनामा अन्य मौसमको तुलनामा आलस्य, थकानका साथै उदासीपन महशुस गर्नु हुन्छ भने तपाईलाई सिजनल एफेक्टिव डिसार्डर (सैड) को समस्या हुनसक्छ ।

किन हुन्छ जाडोयाममा डिप्रेसन ?

जाडो मौसममा प्राय गरि दिउँसो सुर्यको प्रकाश (घाम) कमै पाईन्छ अर्थात घामै लाग्दैन । यस्तो अवस्थामा हाम्रो मस्तिष्कमा रहेको 'सेरोटोनिन' नामक रसायनिक तत्व प्रभावित हुन्छ । जसले गर्दा हाम्रो मुड बिनाकारण त्यसै जतिखेर पनि खराव नै रहन्छ । यसरी बराबर मुडअफ भइरहने अवस्थाले हामीलाई अवसादडिप्रेसनको शिकार बनाउन सक्छ ।


के हो सिजनल एफेक्टिभ डिसाडर्र (सैड)?


यस रोगको बारेमा चिकित्सा विज्ञानमा सर्वप्रथम सन १९८० को दशकबाट देखिएको हो । यसभन्दा अगाडि पनि कयौं चिकित्सक तथा बिरामीहरुमा यसको जानकारी थियो । जाडोको मौसम सुरु हुने बितिक्कै व्यक्तिको स्वभावमा बदलाव देखिन सुरु भैई हाल्थ्यो । यस तथ्यको बर्णन पाँचौ शदी ईशापुर्वमा आधुनिक चिकित्सा विज्ञानका जन्मदाता 'हिप्पोक्रेटसका केहि आलेखहरुमा पनि भेटिन्छ । सिजनल एफेक्टिव डिसाडर्र (सैड)लाई विन्टर डिप्रेसन पनि भनिन्छ । विश्वमा कयौं यस्ता मुलुकहरु पनि छन्, जहाँ दिन लामो तथा घामको सर्वथा अभाव नै रहन्छ । त्यस्ता मुलुकहरुमा विन्टर डिप्रेसनका रोगीहरु भेटिनु एक आम समस्या हो । जस्तै नर्थ-नर्वे, रसियाको नर्थपोल, डेनमार्क, फिनलेन्ड, ग्रिनलेन्ड, स्विडेनमा वर्षको ६ महिना रात र ६ महिना दिन रहन्छ । त्यहाँ विन्टर डिप्रेसनका समस्याबाट पीडित व्यक्तिहरु बढि भेटिन्छन् । यहि कारण होला कि त्यहाँ का मानिसहरुमा आत्महत्या गर्नेको सँख्या सवैभन्दा बढि देखिन्छ।


सिजनल एफेक्टिव डिसआडर- (सैड) को बारेमा केहि तथ्यहरु:


(१) यो कुनै जरुरी छैन कि चिसो ठाउँमा बस्ने मानिसहरुलाई नै यो रोग लाग्छ भनेर । जहाँ चिसो कम हुन्छ, त्यस्ता ठाउँमा बस्ने मानिस बढि जाडो हुने ठाउँमा आइ बसेमा यस किसिमको समस्या हुने सम्भावना उनीहरुमा बढी हुन्छ ।


(२) महिलाहरुमा यो रोग लाग्ने आशंका बढि हुन्छ ।


(३) १५ देखि ५५ वर्षको उमेर भएका व्यक्तिहरुमा यो रोग लाग्ने सम्भावना बढि रहन्छ ।


(४) महिला तथा पुरुष दुबैमा यो समस्या देखिन्छ ।


(५) सिजनल एफेक्टिव डिसार्डर (सैड) बाट पीडित व्यक्तिको एकदम नजिक सम्पर्कमा रहने व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ ।


सिजनल एफेक्टिव डिसार्डरका केहि लक्ष्णहरु :


(क) लगातार थकान महशुस हुनुका साथै दैनिक काममा मन न लाग्नु ।


(ख) मनमा नकरात्मक विचारहरु बारम्बार आइरहनु ।


(ग) राम्रोसित राती निन्द्रा नलाग्नु या अत्याधिक निन्द्रा लाग्नु ।


(घ) कार्बोहाइड्रेडयुक्त चिजहरु खान मन लाग्नु । जस्तै: रोटी, ब्रेड, पास्ता, पिज्जा आदि ।


(ङ) शरीरको तौल तिब्र गतिले बढनु ।


विन्टर डिप्रेसन (सैड) बाट बच्ने ऊपाय:


सिजनल एफेक्टिव डिसार्डरबाट पीडित व्यक्तिहरुले निम्न लिखित कुरामा ध्यान दिएमा यस रोगबाट सजिलै बच्नबचाउन सकिन्छ ।


(१) आफ्नो दिन चर्या निर्धारित गर्ने ।


(२) नियमित रुपले प्रत्येकदिन योगाभ्यास, ध्यान र व्यायाम गर्ने ।


(३) खाना थोरै खाने तर दिनको ३-४ पटक खाने, हरियो सागपात, फलफुलको जुस, माछा बढि मात्रामा खाने ।


(४) बिहान अबेरसम्म नसुत्ने ।


(५) दिउसो (लन्च)को खाना सम्भव भए घाममा बसेर खाने ।


(६) बिदाको दिनलाई आनन्दमय बनाउने । कुनै पार्कमा गई मजाले घाम ताप्ने, यदि घरमै बसेर काम गर्नु परेमा आफ्नो टेबुललाई घरको त्यस कोठामा राख्नुस् जहाँ प्रचुर मात्रामा घाम लागोस् । युरोपीयन मुलुकहरुमा विन्टर डिप्रेसनबाट बच्नको लागि जाडोको समयमा औमेगा-३ (माछाको तेल) भएको क्यापसुल अनिवार्य रुपले खाने गर्दछन् । शाकाहारीको लागिभने आलसको तेलबाट बनेको क्यापसुल खान्छन् । जसले औमेगा-३ को जस्तै काम गर्दछ ।

यस रोगको मेडिकल उपचार:


सिजनल एफेक्टिव डिसार्डरबाट प्रभावित व्यक्तिहरुको ऊपचार लाईट थिरापी अन्तर्गत २ प्रकार ले गरिन्छ । (क) ब्राईट लाईट ट्रिटमेन्ट (ख) दोश्रो डानसिभुलेसन । ब्राइट लाईट उपचार अन्तर्गत रोगीलाई लाईट बोक्सको अगाडि प्रत्येक दिन बिहान आधा घन्टासम्म बस्न लगाइन्छ भने अर्को बिधि डानसिभुलेसनमा बिहान सुतेको बेलामा रोगी छेउमा मन्द लाइट (मन्दप्रकाश) जिउमा लगाईन्छ, जुन पछि बिस्तारै २ प्रकाश तेज हुँदै जान्छ । अर्थात सुर्योदय जस्तै क्रित्रिम वातावरण तयार पारिन्छ । यसबाहेक डिप्रेसन हटाउने औषधि मनोचकित्सकको सल्लाहमा दिईन्छ । यदि बिरामी उग्ररुपमा छैन सामान्य अवस्थामा छ भने बिरामीलाई मनोपरामर्श (काऊन्सलिङ) अन्तर्गत कग्निटिभ विहेबियरल थेरापी बिधि को प्रयोग गरि उपचार गरिन्छ ।


#योगाभ्यास- यसको उपचारको लागि केहि आसनहरु छन् । जसको नियमित अभ्यासले निकै फाइदा पुर्याउनुका साथै यस समस्याबाट बाहिर ल्याउन केहि हद्सम्म सहयोग गर्दछ । ति आसनहरु निम्न लिखित छन । मेडिटेशन, प्राणायाम, अनुलोमबिलोम, कपालभाति, भ्रामरी आदि । यि आसनहरु कुनै योग गुरु को सानिध्यमा बसेर गर्नुपर्ने हुन्छ ।

#होमियोप्याथिक ऊपचार- यस बिधिमा रोगीको मानसिक एवं शारीरिक लक्षणलाई मध्ये नजर राखेर समष्टिगत रुपमा रोगीको अध्यन गरी उपचार गर्ने गरिन्छ । प्रायगरि सिजनल एफेक्टिभ डिसार्डर (सैड) का रोगीहरुमा परिक्षणको समय देखा पर्ने मानसिक लक्षणहरु यस प्रकार छन ।

उदासीपन, निरास हुनु, हतास हुनु, जिन्दगी बेकार हो जस्तो लाग्ने, एकलै बस्न चाहने, संगीसाथी मन नपर्ने, संगीत सुन्दा रमाइलो लाग्ने, कुनै बस्तुमा ध्यान केन्द्रित गर्न नसक्ने, आत्महत्या गर्ने बारे मनमा बिचार आउने, गुलियो खाने खुब ईच्छा हुने आदि । उपरोक्त मानसिक तथा शारीरिक लक्षणहरु व्यक्ति पिच्छे फरक-फरक हुन सक्छ । तसर्थ रोगीको समष्टिगत लक्षण नै होमियोप्याथिक औषधिको चयन गर्ने एकमात्र आधार हो । जाडोको मौसममा हुने विन्टर डिप्रेसनको रोगमा प्रयोग गरिने मुख्य होमियोप्याथिक औषधिहरु निम्नलिखीत छन्:

#औषधिहरु: आरममेटालिकम, रसटक्स, फासफोरस, सिपिया, इग्नेशिया आदि ।


उपरोक्त औषधिहरुको प्रयोग आफ्नो नजिक को कुनै योग्य तथा अनुभवि होमियोप्यथिक चिकित्सक को सल्लाह लिई गरेमा अत्यन्त लाभदायक हुनेछ ।


अस्तु ।


(लेखक होमियोप्याथिक फिजिसियन हुन् ।)

[email protected]

प्रकाशित : पुस २०, २०७४ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?