कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अमृत फल सुन्तला

काठमाडौँ — जाडोयाममा घाममा बसेर अमिलो, गुलियो, रसिलो सुन्तला खाँदाको आनन्द हामी बिर्सन सक्दैनौं । यसको रस शताब्दियौँदेखि औषधीय गुणका लागि चिनिने गरेको छ । 
सुन्तला स्वास्थ्यवद्र्धक फल हो । उपवास र सबै रोगमा सुन्तला उपयोग गर्न सकिन्छ ।

अमृत फल सुन्तला

आयुर्वेदअनुसार सुन्तला वातनाशक, ज्वरो, हृदय विकारलगायतमा उपयोगी मानिन्छ ।

सुन्तला सिट्स फ्रुट हो । यसमा प्रचूर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । यसमा प्राकृतिक एन्टी–अक्सिडेन्ट हुन्छ । यसले रोगप्रतिरोधक क्षमता बढाउनुका साथै रगतको सफाइ र स्टेमिना बढाउन सघाउँछ । यो एन्टि–अक्सिडेन्टले उमेरमा वृद्घिसँगै छालामा हुने चाउरीलाई कम गर्छ । भिटामिन ‘सी’ ले मांसपेशीहरूका लागि भोजनबाट क्याल्सियम अवशोषण गर्न सहयोग गर्छ ।


सुन्तलामा भिटामिन ‘ए’, ‘बी’, फलाम र पोटेसियमसमेत बढी मात्रामा हुन्छ । भिटामिन ‘ए’ र क्याल्सियमले ओतप्रोत सुन्तला को नियमित सेवनले दाँत र हाडको स्वास्थ्य राम्रो हुन्छ । यसले अस्टियोस्पोरोसिसको जोखिमलाई धेरै हदसम्म कम गर्छ । यति मात्र नभई, यो फलले रगतमा ब्लड सुगरको स्तरलाई सामान्य राख्छ ।


रेसा (फाइबर) को राम्रो स्रोत भएकाले सुन्तलाले चिनीलाई फ्रुटोसमा परिवर्तित गर्छ । यो गुलियो भए पनि चिनीको स्तरलाई नियन्त्रित गरेर मधुमेहपीडित व्यक्तिका लागि राम्रो पेयपदार्थ सावित हुन्छ ।


सुन्तलाको सबैभन्दा ठूलो विशेषता भनेको यसमा भएको फ्रुक्टोज, डेक्सट्रोज, खनिज र भिटामिन, शरीरमा पुग्नासाथ ऊर्जा दिन थाल्नु हो । सूर्यकिरणद्वारा सुन्तलाको ‘स्टार्च’ गुलियोमा परिवर्तित हुन्छ, जुन मानव रगतमा अपेक्षाकृत बढी छिटो समाहित हुन्छ । यसैले सुन्तला खाएपछि स्फूर्ति अनुभव हुन्छ । सुन्तलाको सेवनले शरीर स्वस्थ रहन्छ, छालामा निखार आउँछ र सौन्दर्यमा वृद्घि हुन्छ ।


सुन्तलामा भएको पोटेसियम, फोलिक एसिड, क्याल्सियमले कोलेस्ट्रोलको स्तर र उच्च रक्तचापलाई नियन्त्रित राख्छन् । यी तत्त्व कोषिकाहरूमा इलेक्ट्रोलाइटलाई सन्तुलनमा राखेर मुटुलाई स्वस्थ राख्न सघाउँछन् । पोटेसियमले मस्तिष्कमा अक्सिजनको सञ्चारमा

सघाउँछ । यसले हामीलाई तनाव र डिप्रेसन (उदासी रोग) बाट निकाल्न सघाउँछ ।


सुन्तला सुक्खा खोकीमा समेत फाइदाजनक हुन्छ । यसले कफलाई पातलो गरेर शरीरबाट निकाल्न सघाएर नाक र छातीको बाटामा आउने अवरोध हटाउँछ । यो फलले स्वस्थ राख्नुका साथै शरीरको सफाइसमेत गर्छ । यसमा भएका फाइबरका कारण यस्तो हुने गर्छ । सुन्तलाको रसमा भने यी रेसाहरूको कमी हुन्छ, त्यसैले सिंगो सुन्तला खानु नै बढी लाभदायक हुन्छ ।


सुन्तला नियमित रूपमा खानाले रुघाखोकी र रक्तस्रावको समस्या हुँदैन । शरीर सशक्त र दीर्घायु बन्छ । पाचन प्रणाली सधैँ ठीक हुन्छ ।


सुन्तलामा एन्टि–इन्फेमेन्ट्री गुण हुन्छ, जसका कारण शरीरमा इलोक्ट्रोलाइटको सन्तुलन कायम रहन मद्दत मिल्छ । यसमा भएको साइट्रिक एसिडले मूत्र र मृगौलासम्बन्धी निर्मूल गर्न सघाउँछ । नियमित रूपमा सुन्तलाको सेवनले पिसाबका माध्यमले साइट्रिक एसिडको उत्सर्जन हुने गर्नाले पीएच स्तरमा सुधार हुन्छ । यसले मृगौलाको क्याल्सियमलाई फयाँक्न सघाउँछ । यसै कारण मृगौलाको पत्थरीको जोखिम कम हुन्छ । अर्थात्, सुन्तलाको रसले मृगौलामा क्याल्सियमको ओक्सलेटस्लाई एक ठाउँमा जम्मा हुन दिँदैन र पत्थरीको सम्भावना न्यून हुन्छ ।


सुन्तलाको रस क्याल्सियम अक्सलेटलाई तोड्नसमेत सहायक हुने विश्वास गरिन्छ । यसैले प्राचीनकालमा पत्थरी रोगबाट पीडितलाई औषधिकै रूपमा सुन्तलाको रस खाने सल्लाह दिइने आयुर्वेदमा उल्लेख छ ।


सुन्तलाको बोक्रासमेत गुणकारी मानिन्छ । सुकेका बोक्रा पिँधेर अनुहारमा लेपन गर्दा दाग, कालो पोतो हट्नुका साथै अनुहार टल्किन्छ ।


बालबालिका, बूढापाका, रोगीहरूलाई दुर्बलता हटाउन सुन्तला उपयोग गर्ने सल्लाह दिइन्छ । आयुर्वेदअनुसार, सुन्तलाको नियमित सेवनले पाइल्स रोगमा समेत लाभ पुग्छ ।

प्रकाशित : पुस २२, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?