धूमपानले गर्दा आन्द्रा सुन्निने समस्या 

कान्तिपुर संवाददाता

काठमाडौँ — धूमपानले एकरत्ती फाइदा गर्दैन भन्ने सर्वविदितै छ । यो फोक्सोको क्यान्सरको प्रमुख कारक त हुँदै हो, त्यसअघि यो अम्मलले आन्द्रालाई पनि क्षति पुर्‍याउँछ । हालै गरिएको एउटा अध्ययन अनुसार, धूमपानका कारण आन्द्रामा क्षति पुग्न सक्छ र त्यसै कारण कोलाइटिसको खतरा बढ्ने आशंका हुन्छ । 

यो अध्ययन ‘फ्रन्टियर इन इम्युनोलजी’ जर्नलमा प्रकाशित छ । उक्त अध्ययन अन्तर्गत, अनुसन्धानकर्ताहरूले चुरोटको धूवाँको सम्पर्कमा आउने मुसामा यो प्रभावका लागि जिम्मेवार खास रक्तकोषिका र प्रोटिनको पत्तो लगाएका छन् ।
यो अध्ययनले वैज्ञानिकहरूलाई आन्द्रा सुन्निँदा हुने रोगहरूको उपचारमा सघाउ पुग्ने अनुमान छ । यसका माध्यमले कोलाइटिस बढ्ने खतराबारे आममानिसलाई जागरुक गर्न सकिन्छ ।

Yamaha

प्रकाशित : पुस २९, २०७४ ०७:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

राय र पाण्डेका कृति एकसाथ

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ पत्रकार नारायण वाग्लेले खग्रेन्द्र संग्रौलालाई ‘लेखकहरूका गोविन्द केसी’ भन्न थालेका छन् । व्यंग्यवाणमा चाहिँ संग्रौलाले एमाले नेता केपी शर्मा ओलीलाई नै छायामा पारिदिने वाग्लेको भनाइ छ । ‘उहाँ पदमा आसीन हुनुहुन्न, लेखक भएर सधैं चटकीमा बस्नुहुन्छ,’ वाग्ले भन्छन्, ‘र, लेखकहरूको पुँजी अर्थात् चोरऔंला ठडयाउनुहुन्छ ।’

व्यंग्यवाणसहित कल्पनाको कटाक्ष गर्नु खगेन्द्रको एउटा खुबी हो भने यसमा केपी ओलीले समेत उनीसँग सीधा प्रतिस्पर्धा गर्न नसक्ने वाग्लेले बताए । संग्रौलाद्वारा अनुवादित भारतीय लेखक सत्यजित राय (रे) को पुस्तक ‘सत्यजित रायका कथा’ को लोकार्पण समारोहमा वाग्लेले यस्तो तुलना गरेका थिए । ‘रायका कथाहरू जासुसी पाराका छन्,’ टिप्पणीकारका रूपमा बोलिरहेका वाग्ले थप्छन्, ‘यिनले नेपाली पठन प्रज्ञामा फरक उपस्थिति जनाउनेछन् । पाठकको कल्पनाशक्ति बढाउनेछन् ।’
नयाँ प्रकाशन संस्था रेडइन्क बुक्समार्फत पुनप्र्रकाशन भएको हो । यसअघि नेपाल साहित्य गुठीले बाहिर ल्याए पनि खासै प्रचार नभएकाले फेरि छाप्दा अलि बढी मिहिनेत गरेको संग्रौलाले बताए । ‘अनुवादक दसगजामा उभिएको कटुवाल जस्तो हो,’ बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले भने, ‘वारिपारिका कुरा एकअर्कालाई सुनाउँछ । त्यसका लागि दुई देशको भाषा, संस्कृतिबारे उसलाई आधारभूत ज्ञान हुनै पर्छ ।’
बंगाली लेखकको अंग्रेजी पुस्तकबाट अनुवाद गरिएको कथासंग्रहमा जीवनको झर्राे यर्थाथ, तिलश्मी, अध्यात्म, जादू र भूत–प्रेत समावेश भए पनि अन्धविश्वास नरहेको संग्रौलाले बताए । ‘साहित्य भाषाले बाँधिँदैन,’ उनले भने, ‘पुरानो पनि हुँदैन । राय बितेर गए पनि उनका कथाको प्रासंगिकता अझै छ ।’ वाग्लेले विसं २०४९ मा राय बित्दा आफूले गोपाल योञ्जनसँग उनीबारे अन्तरवार्ता लिएको स्मरण साझा गरे ।
योञ्जनले भनेछन्, ‘रायलाई पहाडी संगीत सुन्न मन लागेको थाहा पाएँ । अनि उहाँ बसेको होटलको कोठा ढकढकयाउन पुगेँ । बाँसुरी बजाएँ । उहाँले टाउको मात्र हल्लाउनुभयो, केही पनि भन्नुभएन । धेरैपछि ‘कञ्चनजंघा’ फिल्मको दुइटा टिकट पठाइदिनुभयो ।’ रायका कथा र फिल्मजस्ता हुन्छन्, उनको व्यक्तित्व पनि उस्तै, रहस्यमयी पाराको रहेको वाग्लेको बुझाइ छ । खगेन्द्रको पुस्तकमा प्रुफ मिस्टेक प्रशस्त रहेकोप्रति पनि उनले प्रकाशकको ध्यानाकर्षण गराए ।
सोही समारोहमा लेखक देवेन्द्रराज पाण्डेको कृति ‘द आइडिया अफ इन्टेग्रिटी एन्ड द युनिभर्स अफ करप्सन एन्ड एन्टिकरप्सन’ पनि लोकार्पण गरिएको थियो । निकैपछि नयाँ पुस्तक निकालेका पाण्डेले यसलाई ‘एक्सिडेन्टली लेखेको’ किताब भन्न रुचाए । ‘अमेरिकाको लाइब्रेरी चहारिरहँदा अनेक पुस्तक पढ्न पाइयो,’ उनले भने, ‘भ्रष्टाचारसम्बन्धी देशविदेशका घटनावली पढेपछि यो पुस्तक लेख्ने आइडिया आयो ।’ उनको किताबमाथि लेखक आदित्य अधिकारी, प्राध्यापक अमिना सिंह र नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले टिप्पणीगरेका थिए ।

प्रकाशित : पुस २९, २०७४ ०७:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT