आयुर्वेदले दिन्छ दीर्घायु

रोगप्रतिरोधक क्षमता बढाउन आयुर्वेद
विश्वको ‘पहिलो खोप’ भक्तपुरमा
अतुल मिश्र

काठमाडौँ — रोगप्रतिरोधक क्षमता बलियो भए हाम्रो शरीर थुप्रै संक्रमण र रोगबाट आफैं जोगिन सक्छ । अनि हामी स्वस्थ र बलियो भएर आनन्द साथ दीर्घजीवन बाँच्न सक्छौं । प्राचीनकालदेखि नै ऋषिमुनिले स्वस्थ भएर सय वर्ष बाँच्नका लागि विभिन्न आयुर्वेदिक र जीवनशैलीसम्बन्धी प्रक्रिया अपनाउन उपायहरू सुझाएका छन् । यसैले होला, रोगप्रतिरोधक क्षमता बढाउने उपायबारे आयुर्वेदले हजारौँ वर्षअघि वर्णन गरेको छ । 

डा. ऋषिराम कोइराला आयुर्वेदिक उपचारका क्रममा ।

त्यस्तो सामथ्र्य बढाउन त्यस बेला शिशु जन्मिँदै स्वर्णप्रासन गराइने उल्लेख गर्दै डा. ऋषिराम कोइराला भन्छन्, ‘अहिले पनि दक्षिण भारतमा रोगप्रतिरोधक क्षमता बढाउन स्वर्णप्रासन गर्ने गरिन्छ ।’
‘स्वर्णप्रासन’ अन्तर्गत सुनको औषधि बनाई अलिकति महमा मिसाएर दुई महिनासम्मका बालबालिकालाई सातामा एकचोटि गरेर तीन सातासम्म चटाउने चलन छ । डा. कोइराला भन्छन्, ‘जर्मनीका वैज्ञानिकहरूले आयुर्वेदमा उपयोग गरिने सुन (स्वर्ण) स्वास्थ्यका ला िप्रभावकारी रहेको भन्न थालेका छन् ।’
हाल आधुनिक चिकित्सा शास्त्रअन्तर्गत भस्मलाई खतरा भनिए पनि प्राचीन प्रविधिअन्तर्गत बनाउँदा यो फाइदाजनक नै रहने दाबी गर्दै डा. कोइराला भन्छन्, ‘औद्योगिकीकरणको प्रक्रियाअन्तर्गत बनेको भस्म खतरनाक हुन सक्ला, तर परम्परागत रूपमा बनाइएको भस्मका अनगिन्ती फाइदा छन् । त्यसैले यो हजारौं वर्षदेखि चलनचल्तीमा छ ।’
अझ उमेरअनुसार रोगप्रतिरोधक क्षमता बढाउन विभिन्न रसायन खाने चलन आयुर्वेदले नै सुरु गरेको विज्ञहरू बताउँछन् । आयुर्वेद अनुसार १२ वर्षसम्मका लागि एउटा रसायन, २० वर्षसम्मका लागि अर्को र ८० वर्षसम्मको उमेरका लागि फरक रसायन खुवाउनुपर्छ । त्यही बमोजिम अश्वगन्धा, सतावरी, बेसार, ब्राह्मी, कपिकक्षु (काउछो), पिप्ला, लसुन, हर्रो आदि जस्ता रसायन अलगअलग प्रभाव दिन दिनलाई खुवाउने चलन छ । हामी सबैले सुनेको, उपयोग गर्ने गरेको च्यवनप्रासजस्तै विभिन्न रसायन शरीरमा रोगप्रतिरोधक क्षमता बढाउन उपयोग गरिन्छ ।
भक्तपुरमा सय वर्षसम्म पुरानो दही राखिने गरेको उल्लेख गर्दै डा. कोइराला भन्छन्, ‘त्यो दहीको सिरप (झोल) निकालेर दुई वर्षसम्मका बच्चालाई वर्षको दुई वा तीनचोटि ख्वाइन्थ्यो । त्यति पुरानो दहीको पानी निकालेर खुवाउँदा बच्चालाई पहिले अलि ज्वरो आए पनि पछि ज्वरो नै आउँदैनथ्यो ।’
‘त्यसरी दही ख्वाउने चलन अब हरायो,’ डा. कोइराला भन्छन्, ‘यो एक प्रकारको खोप (भ्याक्सिनेसन) नै हो । मेरो विचारमा, यो विश्वको पहिलो खोप हो ।’
आयुर्वेदमा उपचारका थुप्रै प्रविधि रहेको औंल्याउँदै उनी थप्छन्, ‘हाल डाक्टरहरूले स्टेरोइड दिँदा कुनै ५० मिलिग्राम वा कुनै मात्राबाट सुरु गरेर बिस्तारै घटाउँदै लैजान्छन् । आयुर्वेदमा पनि समेत औषधिको मात्रा बिस्तारै बढाएर लैजाने, फेरि १० दिनसम्म दिएपछि त्यही डोज दिने अनि बिस्तारै घटाएर लैजाने धेरै पुरानोप्रचलन छ ।’
क्यान्सर उपचारमा काम लाग्ने निकै औषधि पश्चिमाहरूले चरक संहिताबाट चोरेर लगेको दाबी गर्दै डा. कोइराला भन्छन्, ‘आयुर्वेद जीवनको विज्ञान हो । यो विज्ञानले रोग लागेपछि उपचार गर्नुभन्दा पनि रोग लाग्नै नदिनुलाई बढी महत्त्व दिन्छ । यसैले यसमा रोगप्रतिरोधक क्षमता बढाउन विभिन्न उपाय र प्रक्रियाकोवर्णन छ ।’
अथर्ववेदको १९ औं खण्डको ६७ सूक्तिमा मानिस सय वर्षसम्म शरीरका सबै अंग स्वस्थ भएर बाँच्न सकोस् भनी कामना गरिएको उल्लेख गर्दै डा. कोइराला भन्छन्, ‘सय वर्षपछि समेत शरीर स्वस्थ रहेर बाँच्ने कामना गरिएको छ । अर्थात्, स्वस्थ भएर बाँच्नुलाई प्राचीनकालदेखि नै सबैभन्दा महत्त्वपूर्ण मानिएको छ ।’

रोगप्रतिरोधक क्षमता बढाउन
आयुर्वेद अनुसार हामी आफंै बारी र जंगलछेउछाउमा भएका विभिन्न वनस्पति, फलफूल, जडीबुटीलगायत उपयोग गरेर बाह्रै महिना स्वस्थ रहन सक्छौं । तुलसी, गुर्जो, पिप्ला, लसुन (नेपाली, चिनियाँ होइन), प्याज, छयापी, बेसार, मह, गाउँघरमा बनाएको परम्परागत घिउ आदि समयअनुसार उपयुक्त मात्रामा सेवन गर्दा रोगप्रतिरोधक क्षमता बढ्दै जान्छ ।
विकासे दूध, डेरी आदिमा पाइनेभन्दा पनि गाई, भैंसी, बाख्राको प्राकृतिक तरिकाले निकालिएको ताजा दूध पिउन त्यति नै राम्रो मानिन्छ । अझ हामीकहाँ पाइनेमध्ये बाख्राको दूध सबैभन्दा स्वस्थकर रहेको डा. कोइराला सुझाउँछन् ।
बालबालिकालाई कब्जियत छैन भने च्यवनप्रासको सेवन सबैभन्दा राम्रो मानिन्छ । यसमा मुख्य रूपले अमलाको प्रयोग हुन्छ । यस्तै, अदुवाको रस, तुलसीको पात, मह, दालचिनी राम्रा ‘टनिक’ हुन् । आयुर्वेदविज्ञको सल्लाहमा दिनहँु खाँदा र बालबालिकालाई खुवाउँदा राम्रै हुन्छ । यस्तै, गुड/सक्खरमा आइरन, इन्जाइमहरूलाई अदुवाको रसमा मिलाएर खान दिँदा बालबालिकाको रोगप्रतिरोधक क्षमता बढ्छ ।
हाल बजारमा पाइने हार्मोनका कारण उत्पादित दूध वा अन्य रासायनिक कारणले धेरै बालबालिकाका आँखामा असर परिरहेको डा. कोइराला आंैल्याउँछन् ।
यस्तै, युवाहरूका लागि तीक्ष्ण बुद्घि, बुद्घिमत्ता, एकाग्रता आदि विकास गर्नका लागि अश्वगन्धा सबैभन्दा राम्रो मानिन्छ । यसपछि ब्राह्मी, घोडताप्रे आदिको उपयोगसमेत फाइदाजनक हुने उनी बताउँछन् ।
वयस्कका लागि च्यवनप्रास, भृंगराज आदि उपयुक्त मानिन्छ । आलसमा ओमेगा ३ देखि ६ सम्म पाइन्छ । यसले रोगप्रतिरोधक क्षमता बढाउन सहयोग पुर्‍याउँछ ।
खाना शरीरमा सोसेर नजाँदा बिग्रिने भएकाले ‘मेटाबोलिज्म’ राम्रो पार्न शरीरका लागि अग्निवर्धन औषधि आयुर्वेदमा उल्लेख छ । यसले समेत रोगप्रतिरोधक क्षमता बढाउँछ । पिप्ला, सुठो, मरिच, दालचिनी आदि मसला अग्निवर्धक हुन्छन् । यिनको सेवनले मेटाबोलिज्म सुधार हुन्छ । खाएको खाना शरीरमा पुर्‍याउँछ ।
‘धेरै चिल्लो आदि नखानु राम्रो कुरा, तर थोरैथोरै मसला खानु धेरै राम्रो हो,’ डा. कोइराला भन्छन् ।
वृद्घ उमेरका लागि सबैभन्दा उपयुक्त र राम्रो प्रक्रिया मालिस (मसाज) हो । यो उमेरमा खाएको कुरा शरीरमा विषाक्त भएर नजाओस् भन्नका लागि पहिले खानपिनहरूबाटै ऊर्जा दिने चलन थियो । यो उमेरमा शरीरमा रोगप्रतिरोधक क्षमता बढाउन ब्राह्मी, अश्वगन्धा, सतावरी, घोडताप्रे, ज्योतिषमति आदिको प्रयोग आवश्यक छ ।
प्राकृतिक रूपमा अगाडि बढ्दा रोगप्रतिरोधक क्षमतालाई कायम गर्दै आनन्दपूर्वक निरोगी भएर सामान्य रूपमा बाँच्न सकिने डा. कोइराला बताउँछन् ।

मौसमी फलफूल खानुस्
प्रकृतिले तपाईं बसेको ठाउँको वातावरण, मौसमअनुसार नै तपाईंलाई उपयुक्त हुने फलफूल, सागसब्जी उत्पादन गर्छ । ती फलफूलले खास मौसमविशेषमा चाहिने आवश्यक तत्त्व दिइरहेका हुन्छन् । यसैले हाम्रा गाउँसहरमा हाम्रै माटोमा मौसमअनुसार पाइने फलफूल सेवन गर्दा पनि रोगप्रतिरोधी क्षमता बढ्छ ।

सकारात्मक जीवनशैली
रोगनिरोधक क्षमता बढाउन सकारात्मक जीवनशैली अत्यावश्यक छ । दिनहँु आफ्नो उमेर, आफू रहेको स्थान, आफ्नो शरीरलाई उपयुक्त हुने खालको प्राणायाम, योग, नियमित व्यायाम आवश्यक हुन्छ । यसो गदौ रोगनिरोधक क्षमता बढ्छ । शान्त मन, सकारात्मकता, खुसी, प्रसन्नता आदिका कारण समेत रोगप्रतिरोधक क्षमता बढिरहेको हुन्छ ।
atulmishra7@gmail.com

प्रकाशित : पुस २९, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

यस्ता छन् महका फाइदा

कान्तिपुर संवाददाता

काठमाडौँ — मौरीले फूलको रस चुसेर त्यसमा अतिरिक्त पदार्थहरू मिलाई चाकामा एकत्र गर्दा बन्ने प्राकृतिक गुलियो पदार्थ हो- मह । पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु हो( मह । यसलाई परापूर्वकालदेखि नै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ । 

मह कहिल्यै बिग्रिँदैन । ऐतिहासिक तथ्यहरू अनुसार, सन् १९२३ मा मिश्रको फराओ नूनन खामेनको पिरामिडमा रुसी वैज्ञानिकहरूले महले भरिएको एउटा बट्टा भेटेका थिए, जुन करिव ३३ सय वर्ष पुरानो थियो, तैपनि बिग्रिएको थिएन । त्यसको स्वाद र गुणमा समेत अन्तर भेटिएन ।
मौरीको प्रजाति र वनस्पतिको विविधता अनुरूप नै महको रंग, स्वाद र गुणमा अन्तर हुन्छ । मह बन्ने मौसम, ऋतुका कारण पनि यसको गुण प्रभावित हुने आयुर्वेदमा उल्लेख छ ।
मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ । यसलाई भगवान्का् आहारासमेत मानिएको छ ।
आयुर्वेदले महलाई एक प्रकारको खाद्य एवं औषधिका रुपमा लिएको छ । महमा पोषक तत्त्वको भण्डार हुन्छ । रासायनिक रुपले हेर्दा यसमा ग्लुकोज ३१.३ प्रतिशत, फ्रुक्टोज ३८.२ प्रतिशत, माल्टोज ७.१ प्रतिशत, सुक्रोज १.३ प्रतिशत, चिनी १.५ प्रतिशत, पानी १७.२ प्रतिशत, भस्म ०.२ प्रतिशत र अन्य रसायन ३.२ प्रतिशत हुन्छन् । यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, सोडियम, क्याल्सियम, फस्फोरस, आयोडिन, आइरन आदि पाइन्छ ।
महलाई शक्तिवर्धक र रोगनिरोधक क्षमता भएको मानिन्छ । प्राचीनकाल देखि नै महलाई जीवाणुरोधी (एन्टिब्याक्टेरियल) तत्त्व मानिँदै आएको छ । यसमा भएको एन्टिब्याक्टेरियल, एन्टिमाइक्रोबियल गुणले केही ब्याक्टेरियालाई फैलिन दिँदैन । यसै कारण हाम्रो समाजमा महलाइ पोलेको/काटेको शारीरिक अंग र घाउमा समेत दल्ने गरिन्छ । महमा भएका पौष्टिक तत्त्वबाट घाउ निको पार्न र तन्तुको वृद्घिमा मदत पुग्छ । यसले क्षतिग्रस्त छालाको उपचारमा सघाउँछ ।
दिनहुँ मह सेवन गर्दा हाम्रो शरीरमा शक्ति, स्फूर्तिसँगै रोगप्रतिरोधक क्षमतासमेत बढ्छ । दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ । उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ ।
रक्त शुद्घीकरण गर्नलाई पनि मह प्रभावकारी मानिन्छ । यसको सेवनले पोतो, डन्डिफोर आदि हट्छ र अनुहारमा चमकआउँछ । महको नियमित सेवनले आन्द्रा र मृगौलासमेत स्वस्थै रहन्छन् ।
घाँटी खसखसाए, रुघाखोकी लागे मह मिसाएको चिया वा तातो कागतीपानी खाँदा प्रभावकारी हुन्छ । मह धेरै खानुपर्दैन, थोरै खाँदा पनि राम्रै काम गर्छ ।
एउटा अध्ययन अनुसार, माथिल्लो सासनलीको संक्रमण भएका दुई वर्ष वा अझ बढी उमेरका बालबालिकालाई सुत्ने बेला दुई चम्चा (१० मिलिलिटर) मह दिँदा रात्रिकालीन खोकी कम हुँदै जान्छ र साथै निद्रा राम्ररी लाग्न थाल्छ ।
यस्तै, सामान्य रुघाखोकीमा समेत मह प्रभावकारी पाइएको छ । तर एउटा दुर्लभ खाद्य विषाक्तता हुने सम्भावनाका कारया एक वर्ष भन्दा कम उमेरका बालबालिकालाई मह दिनु हुँदैन ।

प्रकाशित : पुस २९, २०७४ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्