कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मुख स्वास्थ्यले दर्शाउँछ धेरै रोग अवस्था

डा. संजय प्र. गुप्ता

काठमाडौँ — एक तथ्याङ्कले विश्वमा लगभग ३.९ अर्ब मानिसहरु दाँत तथा मुख सम्बन्धी समस्याबाट प्रभावित छन् र सोको रोकथाम धेरै हदसम्म प्रतिरोधात्मक पद्धति, जीवनशैली र जन चेतना फैलाएर गर्न सकिन्छ ।

मुख स्वास्थ्यले दर्शाउँछ धेरै रोग अवस्था

परिचय

स्वस्थ मुखले खाना चपाउन, बोल्न, हाँस्न, निल्नमा सहयोग गर्नुका साथै सुन्दर देखिन पनि उत्तिकै महत्वपुर्ण हुन्छ । दाँत तथा मुखको समस्या जो सुकै र जुन सुकै उमेरका व्यक्तिमा देखिन सक्छ । मुख स्वास्थ्यको सिधा सम्बन्ध शरीरका अरु रोगहरु जस्तै: मधुमेह, मुटु सम्बन्धी रोग, स्वाश प्रस्वास सम्बन्धी रोग र केही क्यान्सरहरुसंग हुने हुँदा शरीरको अरु अंगहरुको ख्याल राख्नुको साथै मुखको स्वास्थ्यमा पनि उत्तिनै ध्यान दिनु निकै जरुरी छ ।


मुखको परीक्षण मात्रले पनि अरु रोगहरुको लक्षण जस्तै: एचआईभी, मधुमेहका साथै पोषण तत्वहरुको कमि र धुम्रपान, मध्यपान जस्ता कुलतको लक्षण पनि देखिन्छ जसले पुरै शरीरको स्वास्थ्यलाई झल्काउँछ ।


विश्व मुख स्वास्थ्य दिवस


अरु बर्ष झै यो वर्ष पनि मुख स्वास्थ्य सम्बन्धी जन चेतना गराउने हेतु “से आह.....थीङ्क माउथ, थीङ्क, हेल्थ” को नारा सहित विश्व वर्ल्ड डेण्टल फेडरेसन (एफडीआई) को अगुवाईमा बिश्वभरि प्रत्येक बर्षको मार्च २० तारीखको दिन विश्व मुख स्वास्थ्य दिवस मनाउँदै छ । मुखको स्वास्थ्यलाई शरीरको ऐनाको रुपमा बुझ्न सकिन्छ । मुख र शरीरका अरु अङ्गको सम्बन्ध र मुखको समस्याले हुने अरु शरीरको समस्याको बारेमा जानकारी गराई सम्पुर्ण अंगहरुको हेरचाह र रोगको रोकथाम होस भन्ने उदेश्य यस नाराले लिएको छ ।


यो नाराको मुख्य चारवटा सन्देश रहेका छन् :

१. स्वस्थ मुखको महत्व सुन्दर मुस्कान भन्दा बढि हुन्छ ।

२. मुखको स्वास्थ्य र शरीरको अरु अंगको स्वास्थ्यको सम्बन्ध दुई तर्फी हुन्छ ।

३. मुखलाई शरीरको अरु भागबाट अलग राख्न सकिंदैन ।

४. धेरै जसो मुखको रोगहरु र शरीरका अरु रोगहरुको जोखिम तत्व साझा हुन्छ ।


साझा कारक तत्वहरु:

१. खानामा चिनीको मात्रा धेरै, प्रोसेस्ड खानेकुरा, सफ्ट ड्रिंक्सले दाँतमा किरा लाग्नुका साथै मधुमेह, मुटुरोग, र क्यान्सरको मुख्य कारक तत्व मानिएको छ ।

२. सुर्तिजन्य पदार्थ र मध्यपानको सेवनले गिंजाको रोग, मुखको क्यान्सरको साथै मुटुरोग, श्वासप्रश्वासको रोग र अरु क्यान्सरहरुको कारक तत्व मानिन्छ ।

३. मुखको सफाईमा ध्यान नदिनाले बन्ने दन्त लेउको किटाणुहरुले गिंजाको रोगको साथै मधुमेह रोग र मुटुरोगहरुको निमन्त्रणमा सिधा असर गरेको हुन्छ ।


हेरचाह, रोकथाम र समाधानका उपायहरु:

१. खानामा चिनीको मात्रा कम, फलफुल र हरियो सागसब्जीको सेवन बढि गर्ने ।

२. सुर्तिनजन्य पदार्थको सेवन नगर्ने ।

३. अत्याधिक मात्रामा मध्यपानको सेवन नगर्ने ।

४. मुख स्वास्थ्यको हेरचाहमा बिशेष ध्यान दिने:

– फ्लोराईड युक्त टुथपेष्टले दिनको दुई पटक र दुई मिनेट सम्म ब्रस गर्ने ।

– खाना खाईसकेपछि राम्रोसंग कुल्ला गर्ने ।

– डेण्टल फ्लसको प्रयोग र फ्लोराईड युक्त औषधिले कुल्ला गर्ने ।

५. चोटपटक लाग्ने खेलहरु खेल्दा माउथ गार्डको प्रयोग गर्ने ।

६. नियमित रुपमा मुख तथा गिंजाको जाँच गराउने (कम्तीमा हरेक ६ महिनामा) ।


(अर्थोडोण्टीक्स बिशेषज्ञ डा. गुप्ता त्रि.वि. शिक्षण अस्पतालका उप–प्राध्यापक हुन् ।)


प्रकाशित : फाल्गुन २३, २०७४ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?