१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

होमियोप्याथी उपचारमा यस कारण सोधिन्छ आश्चर्य लाग्दा प्रश्नहरु

काठमाडौँ — तपाई पहिलो पटक होमियोप्याथिक चिकित्सक कहाँ जाँदै हुनुहुन्छ भने तपाईँसंग विमारको लक्षणहरुका साथै ईच्छा, अनिच्छा, भोकप्यास, निद्रा, सपना, जाडो, गर्मी, रीसराग, द्वेष, सामाजिक अवस्था, पारिवारिक स्थितिका साथै बिरामीको स्वभाव बारेमा सोध्छ । तपाईलाई आश्चर्य लाग्ला, यो के सोधेको? मेरो रोगसँग यसको के सम्बन्ध छ र? 

होमियोप्याथी उपचारमा यस कारण सोधिन्छ आश्चर्य लाग्दा प्रश्नहरु

होमियोप्याथिमा रोगको निदान गर्ने प्रकृया अन्य चिकित्सापद्धितहरुबाट अलि भिन्न छ । यसर्थ उपरोक्त कुराहरु उपचारको क्रममा चिकित्सकले जान्नु पर्नै हुन्छ । कुनै गम्भिर प्रकृतिको रोगको उपचारका लागि समय लिनुभएको छ भने निम्न लिखित कुराहरुमा तपाईले ध्यानदिनु पर्नेहुन्छ ।


होमियोप्याथीमा रोगको नामले कुनै औषधि हुँदैन । होमियोप्याथी नै एकमात्र यस्तो चिकित्सा पद्धति हो, जुन पुर्णरुपले बिरामीका लक्षणहरुमा आधारित छ । निको हुन्छु भनेर आशा मारेका बिरामीहरुको पनि निको भएका छन् । एउटा कुशल होमियोप्याथिक चिकित्सकले रोगको निदानको क्रममा तपाईसँग विभिन्न प्रकारका प्रश्नहरु सोध्न सक्छन् । तपाईले दिएको जानकारी अनुसार नै औषधिको चयन गर्छ । तल उल्लेख गरिएका बुँदाहरुले रोगको सहि औषधि चयन गर्नमा चिकित्सकलाई सहयोग पुर्‍याउँछ ।


अत: चिकित्सकले सोधेअनुसार बिरामीले आफ्नो समस्याहरु खुलस्तरुपमा बताउनु पर्छ । बिरामीले भोगिरहेको शारीरिक, मानसिक एवं भावनात्मक अवस्थाहरु पनि खुलेर भन्नु पर्छ । विगतमा आफुलाई भएका रोगहरुको बारेमा पनि बताउनु पर्छ । होमियोप्याथीमा रोगलाई मात्र हैन रोगीलाई नै पुर्णतय उपचार गर्ने गरिन्छ ।


मुख्य रोगको लक्षण:

* रोग कहिलेबाट छ ? कसरी शुरु भयो ।

* रोगमा आराम कसरी हुन्छ ? जस्तै कम्मरको दर्दमा कसैलाइ पिठ्यु (उतानो) सुत्दा आराम मिल्दछ भने कसैलाई खुट्टा सिरानी माथि राख्दा आराम हुन्छ ।

* रोग कुन अवस्थामा / परिस्थितिमा घटद्छ / बढद्छ ? जस्तै: कसैलाई गुलियो खाने बित्तिकै पातलो दिसा सुरु हुन्छ ।

* रोग कुन मौसममा बढ्छ / घट्छ ? आदि अनेक लक्षणहरु ।


रोगीको मेडिकल हिस्ट्री:

* बाल्यावस्था देखि हालसम्मको रोग जसको औषधि उपचार लामो समयसम्म गर्नु परेको थियो, चिकित्सा पद्धति चाहे जुनसुकै होस् ।

* यस सेक्सनबाट यो कुरा पत्ता लगाउने प्रयास गरिन्छ कि रोगको कारण के हो ? वा कुनै रोगको उपचारको क्रममा गलत औषधिको प्रयोगले रोगलाई दबाईएको (सप्रेस) गरिएको त छैन ।

* यसबाट हामीलाई यो पनि थाहा हुन्छ, रोगी आउँदा दिनहरु (भविष्य) मा कुनै गम्भिर प्रकृतिको रोगतर्फ बढिरहेको त छैन । ताकि शुरु मै उसलाई सचेत गर्न सकियोस् र मुख्य रोगलाई पुर्णरुपले निर्मुल गर्नूका साथै रोगीलाई पुर्णतय स्वस्थ बनाउन सकियोस् ।


हालसम्मको गरिएको उपचारको मेडिकल हिस्ट्री:

* बिरामीले कुन–कुन रोगको लागि के कस्ता उपचार गराएको हो ?

* यसबाट यो कुरा पत्ता लगाउन सजिलो हुन्छ कि जुन मुख्य रोग हो त्यो कुनै गलत औषधिको प्रयोग वा साईड ईफेक्टबाट त भएको होईन ?


परिवारका सदस्यहरुमा भएका रोगहरुको बारेमा पनि भन्नु पर्दछ:


* यस सेक्सनमा रोगीले आफ्नो परिवारमा भएका रोगहरुको बारेमा बताउनु पर्ने हुन्छ । यसबाट कतै रोग वंशाणुगत कारणबाट त भईरहेको छैन ।


शारीरिक लक्षण:

* भोक / रुचि / अरुचि

* प्यास / लाग्छ / लाग्दैन / धेरै / थोरै / चिसो / तातो

* खानेकुरा मनपर्ने / नपर्ने

* पिसाब

* दिसा

* पसिना

* मुखको स्वाद

* निद्रा र सपना

* कुन ठाउँ र स्थानमा रोग छ

* विभिन्न मौसमहरु - शरद, बसन्त र ग्रिष्म ऋतुमा शरीरमा पर्ने असरहरु

* धुलो, धुवाँ र माटो आदिबाट हुने असर


मानसिक लक्षण :

* यस सेक्सनमा रोगीको बानी, व्यवहार, सामाजिक तथा पारिवारिक अवस्था, रीस, राग, द्वेष, रुनु, हाँस्नु, डर, त्रास, भय, निन्द्रा, सपना, आदि अनेक व्यक्तिगत लक्षणहरु चिकित्सकले जान्नु पर्ने हुन्छ ।


* विभिन्न परिस्थितिहरुमा रोगीको प्रतिकृयाको बारे बिस्तारले सोधपुछ गरिन्छ ।


बाल्यकालमा रोगीको स्वभाव:


* कुन कुन भौतिक परिस्थितिको प्रभाव रोगीमा के कस्तो पर्दछ । जुन मुख्य रोगसँग जोडिएको कारण हुनसक्छ ।


* लामोसमयदेखि भोगिरहेको रोगहरुको लागि यो कुरा अत्यन्त जरुरी हुन्छ । रोगीको आमा बुवा वा निकटतम् व्यक्तिले यसबारे विस्तृत जानकारी दिन सक्छन् ।

* यसबाट रोगीको वर्तमान र बचपनको स्वभाव तुलना गरिन्छ । यी सबै कुराले बिरामीको लागि उचित औषधि छनौटमा भुमिका निर्वाह गर्दछ ।


औषधिको चयन:

* रोगीको मानसिक, शारीरिक एवं परिस्थितिजन्य भौतिक लक्षणहरु टिपोट गरेपछि, मुख्यतय कुन कुन लक्षणहरुलाई आधार मानेर रिपार्टाइजेसन गरेर रोगीलाई कुन औषधि दिने हो भन्ने कुराको निर्णय गर्न चिकित्सकको योग्यतामा भर पर्दछ ।


औषधिको शक्ति (पोटेन्सी) को चयन:


* रोगीको शारीरिक एवं मानसिक लक्षणहरुको आधारमा उपयुक्त एउटा औषधि छनोट पश्चात, बिरामीको अवस्था, उसको उमेर, रोगको गम्भिरता, निको हुने वा नहुने अवस्थाको यकिन गर्न सकिन्छ । यि सबै कुराहरुको मध्ये नजर राखेर मात्र औषधिको शक्ति (पोटेन्सी) को निर्धारण गरिन्छ । अस्तु ।

[email protected]


प्रकाशित : चैत्र ५, २०७४ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?