कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बाँझोपन, यसका कारण र होमियोप्याथिक उपचार 

डा. ललित कुमार मिश्र

काठमाडौँ — हुन त ईनफर्टीलिटी अर्थात बांझोपना हुनुका धेरै कारणहरु हुन सक्छन् । कुनै एक कारणले मात्र बांझोपन हुँदैन । महिला र पुरुष दुबैमा हुने जानेन्द्रिय सम्बन्धि समस्याका कारण बाँझोपन हुनसक्छ ।

बाँझोपन, यसका कारण र होमियोप्याथिक उपचार 

गर्भधारण गरि सन्तान जन्माउन नसक्नुमा महिलालाई मात्र दोष दिनु उचित हुँदैन । पुरुष पनि यसको लागि जिम्मेवार हुन्छन् । यस अर्थमा दुबैजनाले आ-आफ्नो स्वास्थ्य बेलैमा जाँच गराई कारण पहिल्याउनु पर्दछ ।


के हो बाँझोपन : महिलामा मासिकधर्म ( रजश्वला) को शुरुवात भएपछि र पुरुषमा विर्य उत्पादन हुन थालेपछि, यि दुवैको संयुक्त मेलबाट सन्तान जन्मिन सक्छ । तर बैवाहिक जीवन पश्चात एकवर्षसम्म नियमित रुपले यौन सम्पर्क गर्दा पनि बच्चा भएन भने बाँझोपनको शंका रहन्छ । महिलाको यस अवस्थालाई बाँझोपन भनिन्छ ।


कारण : बाँझोपन पुरुष वा महिला दुबैको कारणले हुने संभावना रहन्छ । जस्तै, पुरुषमा विर्य उत्पादन कम हुनु वा नहुनु । लागु पदार्थको अत्याधिक सेवन गर्नु । यौन सम्पर्क गर्दा एकपटकमा करिब दुई एमएल जति पुरुषको विर्य स्खलन हुन्छ । त्यो भन्दा विर्यको मात्रा कम निस्काशन भएमा । एउटा स्वस्थ्य ब्यक्तिको बिर्यमा शुक्राणुको सख्या सामान्यत चार करोड देखि दश करोड हुन्छ । सो संख्यामा कमि देखिएमा । यस्तै कुल शुक्राणु मध्ये ३५% प्रतिशत जति शुक्राणुको बनावट गर्भाधान हुने योग्य हुन्छन् । यदि सो भन्दा शुक्राणुको पर्सेन्टेज कम देखिएमा समस्या देखिन्छ । महिलाको कारणले यदि यो समस्या आएको रहेछ भने । महिलाको परीक्षण गर्दा देखिने अवस्था यस्तो हुन सक्छ, महिलाको प्रजनन् अंग पुर्णरुपले बिकशित नहुनु । फोलिपियन ट्युब (डिम्बबाहिनी नली) मा अबरोध हुनु । पाठे घरमा घाउ हुनु । श्वेतप्रदर (ल्युकोरिया), गर्भाशय ग्रिवा शोथ, डिम्बाशयमा सिष्ट हुनु । डिम्ब निस्काशन नहुनु । थायरायड ग्रन्थिको हार्मोन्समा गडबडि देखिनु । शारीरिक एवं मानसिक तनाव हुनु । आदि कुराहरुलाई कारण को रुपमा लिनसकिन्छ ।


लक्षण : अनियमित रुपले महिनाबारी हुनु । महिनावारी हुने बेलामा तल्लोपेट तथा कम्मर धेरै दुख्नु । रगत कालो ढिक्का – ढिक्का जम्मेको आउनु । कपडामा दाग लाग्नु, धुँदापनि दाग नजानु । श्वेतप्रदर (यौनिबाट सेतोपानी) बराबर बगिरहनु । यौन सम्पर्क गर्दा अत्यधिक पिडा हुनु । यौन क्रियाकलापमा रुची नहुनु वा घटेर जानु । लामो समयदेखि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु । पटक-पटक क्युरेट गराई गर्भपात गराउनु । महिनावारी रोकने खालको औषधिको प्रयोग बढिमात्रामा गर्नु । शरीरको तौल आवश्यकता भन्दा बढि हुनु ।


बाँझोपनको प्रकार : महिलाहरुमा देखिने बाझोपन प्राय गरी तीन प्रकारका हुन्छन् । पहिलो, आदि बन्ध्यत्व अर्थात त्यो महिला जो आफ्नो पुरै जीवनमा कहिले पनि गर्भधारण गर्न सकिनन् । यसलाइ प्राईमरी स्टेरेलिटी भनिन्छ । दोश्रो, एउटा सन्तानलाई जन्म दिएपछि कुनैपनि कारणवशले गर्दा फेरी गर्भधारण गर्न नसक्नु । एउटा सन्तान जन्मिसकेपछि त्यस महिलालाई बाँझोपन भन्न मिल्दैन । तर यस्ता महिलालाई वन चाईल्ड स्टेरेलिटी भनिन्छ । तेश्रो, यसमा महिलामा गर्भधारण त हुन्छ तर गर्भकालको समय पुरा हुनु भन्दा अगाडि नै गर्भस्राव या गर्भपात भईहाल्छ । यसलाई रिलेटिक स्टेरेलिटि भनिन्छ । यसप्रकारको बाझोपनलाई दुईभागमा बाँडन सकिन्छ । एक त पुर्णरुपले नै बाँझोपन हुन जसको कुनै उपचार नै छैन । अर्को हुन्छ अपुर्ण बाझोपन, जसलाई उचित औषधोपचारद्वारा समस्यालाई निको पार्न सकियोस ।


होमियोप्याथिक उपचार : हुन त बाझोपनको उपचार हेतु बिभिन्न बिधिहरु छन् । यहाँ होमियोप्याथिक औषधोपचार बारे मात्र संक्षिप्तमा उल्लेख गरिएको छ । बाँझोपनका उपचारमा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुको आधारमा सफलतापुर्वक प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छन । (१) सिपिया – ३०/ शक्ति–गर्भाशयसंग सम्बन्धित रोग एवं बाँझोपनको लागि यो मुख्य औषधि हो । बिहान र बेलुकी दुईपटक यसको सेवन गर्दा लाभदायक हुन्छ । (२) प्लेटिना – ३०/ शक्ति – महिनावारी अनियमित हुनु, तिब्र कामवासनाको प्रवृति हुनु, अत्यन्त संवेदनशिल र भावुक स्वभावको हुनु, हिस्टिया रोगको लक्षण हुनु । यस किसिमको लक्षणमा यसको प्रयोग उपयोगो हुन्छ । (३) थ्लेपसि वर्सा पेस्टोरिस –क्यू (मदर टिन्चर) महिनावारी को अलावा अरु समयमा पनि रक्तस्राव हुनु, बढि मात्रामा हुनु, रगतको दाग धुँदापनि नजानु , स्राव हुने समय दर्द हुनु आदि लक्षण भएको महिलालाई यस औषधिको मुलअर्क बिहान–बेलुकि दुई चम्चा पानीमा चार/पाँच थोपा हालेर सेवन गर्दा फाईदा हुनुका साथै यसबाट गर्भाधान हुने संभावना बढिरहन्छ । यस बाहेक प्रयोग हुने औषधिहरुमा पल्सेटिला , कल्केरिया कार्ब, कोनियम, नेट्रम म्युर, बोरेक्स, मेडोरिनम, कालिफोस, कल्करिया फ्लोर, लकेसिस, आरम मेट, नेटृम कार्ब, औभाटोस्टा, थायरायडिनम, फासफोरस, फेम मेटालिकम आदि छन् ।

उपरोक्त औषधिहरुको प्रयोग आफ्नो नजिक रहेको चिकित्सकस‌ंग सल्लाह लिई प्रयोग गर्दा उपतुक्त हुन्छ ।

अस्तु

[email protected]

प्रकाशित : चैत्र १९, २०७४ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?