होमियोप्याथीका जन्मदाता डा. हेनिमेनको

सन्दर्भ : विश्व होमियोप्याथिक दिवस  
डा. ललितकुमार मिश्र

काठमाडौँ — जीवनको उत्पतिसँग-संगै रोगहरुको पनि जन्मभयो । यि दुबै सगैं हुर्के र सगैं खेले, मौका छोपी एकले अर्कालाई पछारने कार्य  गर्दैआए र गर्दैछन । तर मानिस प्रकृतिको सर्वश्रेष्ठ बौद्धिक प्राणी भएकोले–लामो समयसम्म यस संसारिक यात्रामा स्वस्थ्य भई संलग्न रहने उद्देश्यले रोगोपचारका बिधिहरुको खोजीमा लाग्यो ।


जसको फलस्वरुप अहिले विश्वमा रोगोपचारका बिभन्न पद्दतिहरुको विकास र प्रयोग भईरहेको छ। ईतिहासमा केहि चिकित्सा पद्घति सामाजिक स्वीकृतिको अभावमा अस्तित्व गुमाउँदै लोपभए भने केहि उपचार बिधि आफ्नो मौलिक गुण र विशिष्टताका आधारमा लोकप्रिय भए। त्यसमध्ये एक हो - होमियोप्याथी। होमियोप्याथी विश्वमा स्थापित चिकित्सा पद्दतिहरुमा दोश्रो लोकप्रिय एवं जनमानसमा स्वीकार गरी अपनाएको चिकित्सा पद्दति हो। जुन लगभग २०० बर्षभन्दा बढि समय देखि जनस्वास्थको बिषय बनेको छ।

सन् १७५५ अप्रिल १० तारिखमा जर्मनीको माइसेन शहरमा होमियोप्याथिका जन्मदाता क्रिश्चयन फेड्रिकसेमुअल हेनिमेनको जन्म भएको थियो। यिनका पिता बहुतैगरीब थिए। चिनियाँ माटो (सेरामिक) को भाँडामा बुट्टा हाल्ने (चित्रकार) कामगरेर आफ्नो परिवारको पालन पोषण गर्दथ्ये। गरिबीको कारणले गर्दा हेनिमेनको बाल्यावस्था संघर्षमा बित्यो। अध्ययनको लागि साह्रै नै दु:ख गर्नुपर्यो। तर हुने बिरुवाको चिल्लोपात भने झैं कुशाग्र बुद्धिक र तिब्र प्रतिभाका धनी हेनिमेनले २४ वर्षको उमेरमा एलोप्याथिमा (एम.डी.) को उपाधि हाँसिल गरे र ड्रेसडेनको अस्पतालमा सिविलसर्जनको पदमा रही कार्य गर्न थाले।

दश वर्षसम्म यिनले अस्पतालमा सेवा गरे। डा. हेनिमेन आफ्नो समयको चिकित्सा प्रकृयासंग नै सहमत थिएनन्। तितो कष्टकारी एवं विपरित प्रतिक्रिया उत्पन्न गर्ने औषधिहरुबाट एउटा रोगको उपचार हुनुका साथै शरीरमा कैयौं नयाँ-नयाँ रोगहरु उत्पन्न भईरहेका थिए। यसैबीच उनको छोरी बिरामी भईन्, राम्रो भन्दा राम्रो उपचार गरियो। तर, छोरीलाई बचाउन सकेनन्। यस घटनाले गर्दा उनको तत्कालिन चिकित्सा पद्दतिबाट नै मोहभगं हुनगयो।

यि सबै कुराहरुबाट दिक्कदार भएर हेनिमेनले (एलोप्याथि) चिकित्सा कार्य गर्न छाडि दिए। हेनिमेन जीविकोपार्जनको लागि चिकित्सा एवं विज्ञानका पुस्तकहरुको बिभिन्न भाषामा अनुवाद गर्ने कार्य गर्नथाले। उनलाई ग्रिक, ल्याटिन, अग्रेजी, ईटालीयन, अरबी, स्पेनिस, फ्रेन्च, जर्मन, सिरियन, हिब्रुसमेत गरी दश भाषाको ज्ञान थियो। सन् १७९० मा डा. कुलेन द्वारालिखित मेटेरियामेडिका (औषधीय गुण संग्रह) पुस्तकको अग्रेंजीबाट जर्मनभाषामा अनुबाद गर्ने क्रममा हेनिमेनले “सिनकोना” भन्ने औषधिको बारेमा बिशेष जानकारी पाए। एक स्वस्थ शरीरमा सिनकोनाको अर्क (एक्सट्राक्ट) को सेवन गर्नले- मलेरिया ज्वरोको जस्तै लक्षण उत्पन्न भई हुन्छ, जबकि सिनकोना मलेरिया ज्वरोको महत्वपूर्ण औषधि भन्ने कुरा यिनलाई थाहा भयो। आफ्नै शरीरमा सिनकोनाको अर्को प्रयोगले डा. हेनिमेन यस निष्कर्षमा पुगे कि जुन औषधीय गुण युक्त पदार्थ (औषधि) एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नले जुन किसिमको रोगका लक्षणहरु उतप्न्न हुन्छन्, उहि औषधि त्यस्तै लक्षणयुक्त भएको रोगी व्यक्तिलाई (शक्तिकृत) रुपमा सुक्ष्म मात्रामा सेवन गराउनले आरोग्य प्रदान गर्दछ।

यहि कुराको चिन्तन-मनन् गर्दागर्दै उनको मनमा विचार आयो कि सिनकोनाको जस्तै प्रकृतिप्रदत्त अन्य औषधीय पदार्थमा पनि रोगोत्पादन र विनाश शक्ति बिद्यमान रहेछ। यसै आधारमा हेनिमेनले ६ वर्षसम्म अनवरत आफ्नो शरीरमाथि नाना-प्रकारका औषधिहरुको परिक्षण गरे। यसै परीक्षणले हेनिमेनलाई “सम: समं शमयति:” अर्थात जसले रोग उत्पन्न गर्दछ, उसैले रोग निको पार्छ भन्ने जानकारी भयो र उनले “सदृशरोगको सदृश चिकित्सा”भन्ने नयाँ सिद्धान्तको प्रतिपादन गरे। उनले समानताले समानताको उपचारको पद्दतिलाई आफैमाथि प्रयोग गरी ब्यवहारिक एवं स्वभाविक बनाए। यसप्रकार हेनिमेनले व्यापक परीक्षण, अनुभव एवं शोध पश्चात रोगको स्थायी चिकित्सा बिधि खोजे र त्यसलाई होमियोप्याथी नाम राखे।

होमियोप्याथि अर्थात रोगको सदृशचिकित्सा बिज्ञान। १८ औ शताब्दीको अन्ततिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगतको उपलब्धी हो। यसको चिकित्सा दर्शनले विश्वलाई एक नयाँ चिकित्सा दर्शन दिएको छ, जसको कुनै बिकल्प छैन। होमियोप्याथीले विश्व स्वास्थ्य मिसनलाई पुरा गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गरेको छ। जसको परिणाम आज हाम्रो सामु छ। होमियोप्याथी आज विश्वको नब्बेभन्दा बढी मुलुकहरुमा मुख्यरुपले दक्षिण र उत्तर अमेरिका, भेनेजुएला, अर्जेनटिना, जर्मनी, युक्रेन, रुस, क्यानडा, बेलायत, अमेरिका, फ्रान्स, जापान आदि मुलुकहरुमा प्रचलित छ। उल्लेखनीय कुरो के छ भने, भारत, श्रीलंका, पाकिस्तान, ब्रिटेन, नेपाल आदि देशका स्वास्थ्य सेवामा होमियोप्याथीलाई पनि समावेश गरिएको छ।

एक रिपोर्ट अनुसार विश्वमा लगभग १५ प्रतिशत भन्दा बढि मानिसहरु होमियोप्याथी चिकित्सा पद्दतिद्वारा आफ्नो रोगको उपचार गराउनमा बिश्वास राख्दछन्। होमियोप्याथीको लोकप्रियताको अनुमान यस तथ्यबाट पनि लगाउन सकिन्छ कि आफ्नो जन्मको लगभग २२५ वर्ष भित्रनै समुन्द्रको गहिराइलाई पार गर्दै विश्वको महत्वपूर्ण देशहरुमा फैलिएर जनस्वास्थको बिकल्प बन्नेतर्फ अग्रसर छ। ध्यानदिनु पर्ने कुरो के छ भने, विश्वको अन्य कुनैपनि चिकित्सा पद्दति यस्तो छैन जसको औषधि या उपचार बिधि सरल, सौम्य, सुरक्षित, पिडामुक्त एवं दुष्प्रभाव रहित होस्। यसको साथै संसारमा प्रचलित अन्य चिकित्सा पद्दतिहरु मध्ये कसैको दर्शन लिखित या निश्चित छैन।

होमियोप्याथी नै एकमात्र चिकित्सा पद्दति हो, जसको दर्शन एवं सिद्धान्त निश्चित छ। यसमा रोगीको आचार, बिचार, ब्यवहार, शारीरिक बनावटदेखि लिएर उसको मनोभावना एंव व्याक्तित्व समेतलाई मध्येनजर राख्दै रोगोपचार हेतु औषधिको छनोट गरिन्छ। सिमलिमम (समान) औषधिको सेवनले नै बिरामीलाई पूर्णरुपले स्वास्थ बनाउँछ। होमियोप्याथिको खास बिषेशता केहो भने – रोगिको उपचार आरम्भ गर्नको लागि तामझाम तथा धेरै जाँच पडतालको आवश्यकता पर्दैन। आज पुरै विश्वमा एलोप्याथिक उपचार गरीबको पहुचबाट टाडा हुँदै गई रहेको छ। त्यहि अपेक्षाकृत कम खर्चिलो हुने भएको कारण होमियोप्याथिक उपचार आम मानिसहरुको पहुँचमा छ।

केवल होमियोप्याथी औषधि नै यस्तो छ, जसले आम मानिसहरुलाई अत्याधिक महंगो औषधिहरुको जालबाट निकाल्न सक्छ। विश्वमा होमियोप्याथिक चिकित्सा बिना सम्पुर्ण स्वास्थ्यको कल्पना पनि गर्न सम्भव छैन। होमियोप्याथीले आफ्नो अबिष्कारको लगभग २२५ वर्षको अन्तरालमा रोगमुक्त समाजको स्थापनाको लक्ष्यलाई प्राप्त गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गरेको छ। तर पनि होमियोप्याथीको सेवाहरुमा बिस्तारको असिमित संभावनाहरु बिद्यमान छ। बिषेशगरी बिकाशसिल मुलुकहरुमा स्रोत-साधनहरुको पुर्णतय अभाव छ। सर्वसाधारणको आर्थिक अवस्था निम्न छ। त्यहाँ होमियोप्याथिक चिकित्साको महत्व अझ बढ्न जान्छ।

नेपालको स्वास्थ्य क्षेत्रमा होमियोप्याथिक चिकित्साले २००७ साल देखि नै प्रभावकारी भुमिका निर्वाह गर्दै आइरहेको छ। होमियोप्याथिक चिकित्साको क्षेत्रमा डा. हेनिमेनद्वारा प्रतिपादित सार्वभौम दर्शन एवं सिद्धान्तप्रति आम जनमानसमा संचेतना जागृत गर्ने बेला आइ सकेकोछ। किनभने डा. हेनिमेनले विश्वलाई एउटा यस्तो चिकित्सा पद्दति दिएर गएका छन्, जसको हालसम्म कुनै बिकल्प छैन। प्रेरणादायी व्यक्तित्वहरुका उपलब्धीहरु राष्ट्रिय एवं अन्तराष्ट्रिय समस्याहरुको सामाधान, विशिष्ठ बिचार एवं दर्शन तथा सिद्धान्तहरुप्रति जनचेतना बिकसित गर्नको लागि अनेक प्रकारका बिश्व दिवसको आयोजना बेला-बेलामा बिभिन्न सरकारी तथा गैरसरकारी तवरले मनाउने गरिन्छ। होमियोप्याथीका जन्मदाता डा. हेनिमेनको २६४ औं जन्मजयन्ती तथा विश्व होमियोप्याथिक दिवसको बिभिन्न कार्यक्रमको आयोजना गरी विश्वभर मनाईदैछ। नेपालमा पनि यो दिवश मनाउन थालेको धैरै वर्ष भईसकेको छ। जीवनको अन्तिम् क्षणमा पनि मानव सेवामा समर्पित डा. हेनिमेनको सन् १८४३ जुलाई २ मा ८९ वर्षको उमेरमा पेरिसमा निधन भयो। उनी बितेको धेरै वर्ष भईसक्यो, तर उनले बिकास गरेको उपचारपद्दति संसारभर पुगेको छ। यस आधारमा भविष्यमा डा. हेनिमेन ले विकास गरेको होमियोप्याथी संसारकै सबैभन्दा प्रभावकारी उपचार पद्दतिका रुपमा स्थापित हुनेछ।

जय हेनिमेन। जय होमियोप्याथी।

mishradr.lk@gmail.com

प्रकाशित : चैत्र २७, २०७४ १२:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्वेच्छिक अवकाश प्रक्रिया स्थगित : मन्त्री पण्डित

देवनारायण साह

मोरङ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले कर्मचारीकाे स्वेच्छिक अवकाश प्रक्रिया अहिले स्थगित गरेको बताएका छन् । 

विराटनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री पण्डितले संघीयता कार्यान्वयनको घडीमा राष्ट्रसेवक कर्मचारीलाई विदाईकाे सट्टा काममा लगाउन आवश्यक भएको बताए। ‘स्वेच्छिक अवकाश अधिकार नभई सुविधा भएको बुझ्नु आवश्यक छ,’ उनले भने, ‘कर्मचारीहरुलाई खटाएको ठाउँमा जान अल्टिमेटम दिइसकेको छ, काममा नखटिने कर्मचारीलाई कानुन सम्मत ढंगले हटाउनेसम्मको कारवाही हुन्छ।’

कर्मचारीहरु खटिसकेपछि नयाँ संरचना अनुसार कर्मचारी समायोजनको प्रक्रिया सुरु गर्ने मन्त्री पण्डितले बताए।

उनले सचिव सरुवा मन्त्री परिषद्काे निर्णयले भएकाे भन्दै कसैले चित्त दुखाउन अावश्यक नभएकाे बताए।‘मन्त्रालयहरुमा सचिवहरुको सरुवा क्याबिनेटको निर्णयले भएको छ,’ उनले भने, ‘सचिव सरुवाको अधिकार प्रधानमन्त्रीको भएकोले उहाँसँगै सल्लाह गरेर गरिएकोले यसमा कसैले चित दुखाई गर्नु हुँदैन।’

मन्त्रीहरुले आफुले रोजेको, खोजेको र चाहेको सचिव उचित नहुने उनको भनाई थियो। उनले सचिव सरुवा भएर खटिसकेकोले यसमा तत्काल कुनै फेरबदल नहुने बताए।

प्रकाशित : चैत्र २७, २०७४ १२:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT