१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

राष्ट्रिय आयुर्वेद गोष्ठी सम्पन्न

कीर्तिपुर — आयुर्वेदमा पछिल्लो समय भएका खोज, अनुसन्धान, उपलब्धिबारे जानकारी सार्वजनिक गर्न आयोजित राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी सकिएको छ ।

राष्ट्रिय आयुर्वेद गोष्ठी सम्पन्न

कार्यक्रममा आयुर्वेदका विज्ञ, अभ्यासकर्ता, परम्परागत चिकित्सक, शिक्षक तथा विद्यार्थीलगायत गरी करिब तीन सय जनाको सहभागिता थियो । नेपाल आयुर्वेद विद्यार्थी समाजले गरेको उक्त गोष्ठीमा मुलुकसँगै विदेशबाट आएका विशेषज्ञले आयुर्वेदको विकास र पछिल्ला उपलब्धिबारे जानकारी दिए । समाजका अध्यक्ष डा. सुमन खनालले आयुर्वेदमा यस प्रकारको कार्यक्रम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गरे ।


मुलुकमा आयुर्वेदको मौलिक सिद्धान्तलाई उपेक्षा गरेर आयुर्वेदको विकास हुन नसक्ने औंल्याउँदै नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्ष डा. ऋषिराम कोइरालाले आयुर्वेदलाई भारतीय चिकित्सा मात्र भनेर प्रचार नगर्नसमेत सुझाव दिए ।


गोष्ठीका प्रमुख वक्ता भारतका डा. विक्रान्त पाटिलले श्वेत कुष्ठ, मोटोपना, थाइराइड, मधुमेहलगायत रोगमा आयुर्वेदबाट सफल चिकित्साबारे प्रस्तुति दिएका थिए । यस्तै भारतकै डा. पूजा कोहोली, डा. भूपेन्द्रमणि त्रिपाठी तथा डा. प्रदिप कुमारले समेत आयुर्वेदका विभिन्न पक्षमा प्रस्तुति दिएका थिए ।

प्रकाशित : चैत्र २७, २०७४ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?