१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बेल

काठमाडौँ — यो मौसममा बेल पाइन्छ । गर्मीयामको मौसमी फल बेललाई अनेक रोगको उपचारमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा बेललाई स्वास्थ्यप्रद फल मानिएको छ । पाकेको बेल रुचिकर, मधुर, पाचक तथा शीतल फल हो ।

बेल

पेटसम्बन्धी विकारमा बेल खानु निकै लाभदायक मानिन्छ । यसमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण हुन्छ, जो पाचनका लागि धेरै लाभदायी हुन्छ । यति मात्र नभई, बेलमा रेचक (ल्याक्जेटिभ) गुणसमेत हुन्छ । यसको नियमित सेवनले कब्जियत जरोदेखि नै समाप्त हुने मान्यता छ ।


यो मधुमेह रोगीका लागि समेत फाइदाजनक मानिन्छ । यो फलको पातलाई पिसेर रस खानाले मधुमेहमा राहत मिल्ने मान्यता छ । बेलमा धेरै प्रकारका पोषक तत्त्व हुन्छन् । यी पोषक तत्त्वको सहयोगले मृगौलाको विषनाश (डिटक्सिफाई) गरेर शरीरको फोहोर बाहिर निकालिन्छ ।


यसमा बिटा क्यारोटिन पाइन्छ । यसले कलेजोलाई स्वस्थ राख्न सघाउँछ । यति मात्र नभई, बेलमा राइबोफ्लेभिन र थाइमिनजस्तो भिटामिनसमेत पाइन्छ । यो भिटामिन कलेजोका लागि फाइदाजनक हुन्छ ।


एक सय ग्राम बेलमा नमी ६१.५ प्रतिशत, कार्बोहाइड्रेट ३१.८ प्रतिशत, फाइबर २.९ प्रतिशत, प्रोटिन १.८ प्रतिशत, बोसो ३ प्रतिशत, फोस्फोरस ५० मिलिग्राम, भिटामिन ‘सी’ २ मिलिग्राम, क्याल्सियम ८५ मिलिग्राम, आयरन २.६ मिलिग्राम हुन्छ । यस्तै सय ग्राम बेलमा १ सय ३७ क्यालोरी ऊर्जाका साथै केही मात्रामा भिटामिन ‘बी’ समेत पाइन्छ ।

प्रकाशित : वैशाख १५, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?