कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मुसाको होमियोप्याथिक उपचार

डा.ललितकुमार मिश्र

काठमाडौँ — मुसा यदि गर्धनको पछाडि छ या शरीरको यस्तो ठाउँमा छ जहाँ झट्ट सबैको नजरपनि पर्दैन भने मानिसको लागि कुनै चिन्ताको विषय हुँदैन । तर कहिले काँही मुसा अनुहारमा यस्तो ठाउँमा आइदिन्छ, जहाँ सबैको नजर सोझै त्यहि पर्दछ ।

मुसाको होमियोप्याथिक उपचार

अनुहारमा यसरी आएको मुसा हेर्दा राम्रो देखिँदैन । यसले तपाईंको सौन्दर्यमा समेत प्रभावित पार्दछ । चिकित्सा विज्ञान मुसा एकप्रकारको छालाको रोग हो । यसलाई अंग्रेजीमा ९वार्टस० भनिन्छ ।

कारण:

मुसाहरु शरीरमा मुख्य गरी ह्युमन पापिलोमा नामक भाईरसको कारणले आउँछ । पापिलोमा भाईरसको कारण सा(साना, खस्रो, कडा खालको नदुख्ने दाना जस्तो मुसाहरु पलाउँछ । केहि मुसाहरु शारीरिक सम्पर्कको माध्यमले पनि फेलिन्छ । मुसा तोरीको दानादेखि अंगूरकोको आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक भागबाट अर्को भागमा सर्न पनि सक्छ । सामन्यतया शरीरमा देखिने मुसाहरु कालो, खैरो, सेतो, रातो किसिमको देखिन्छ भने कहिले काहि छालाको रगं जस्तो पनि हुन्छ । जसले गर्दा मानिसलाई मुसा आएको थाहा नै हुँदैन । त्यसैले पनि केही मानिसले यसलाई खासै महत्व पनि दिँदैनन् ।

लक्षण:

धेरैजसो मुसा छालाको सतहभन्दा आलिक माथि उठेको खस्रो सतह भएको हुन्छ । आकारमा यो गोलो, अन्डाकार, च्याप्टो, किसिमको हुन्छ, भने केहि चिल्लो मुलायम र च्याप्टो सतह भएको हुन्छ । कुनै मुसा यताउति हल्लिने खाल को पनि हुन्छ । केहि मुसा भने छुदाँ दुख्ने, रगत अउने खालको पनि हुन्छ ।

प्रकार:

१) साधारण देखिने मुसाहरुलाई कमन वार्टस भनिन्छ । यस्ता मुसा हात, खुट्टा, मुख वा कपडाले नढाकिने शरीरका अन्य स्थानमा बढी देखिन्छ । यी मुसा साना देखि अत्यन्त ठुला पनि हुनसक्छन् । यो मुसा हेर्दा खस्रो देखिने, साह्रो र पानी पर्दा फुल्ने खालको हुन्छ । बच्चा र बुढा सबैलाई यसप्रकारको मुसा आउँछ ।

२) च्याप्टो खालको मुसा ९फ्लयाट वार्टस० बच्चा र वयस्क व्याक्तिमा बढी देखिन्छ । विशेष गरेर केटा( केटीहरुको अनुहार, निधार, हात र खुट्टामा देखिन्छ । यो अन्य मुसा जस्तो सजिलै थाहा पाउन सकिन्नँ । यस्ता मुसा स(साना थोप्ला जस्ता देखिन्छन् र यसको टुप्पो पनि समतल हुन्छ । यो दाह्रि जुगाँ भएको ठाउँमा बढी आउछ । यस प्रकारको मुसा बच्चाको हात मा पनि देखिन्छ ।

३) जेनिटल वार्टस९ कन्डिलोमा० अर्थात प्राईवेट पार्टसमा देखिने यो मुसा सामान्यतया गुप्तागं क्षेत्र विरपरि र तिघ्रा को बिचमा, तथा महिलाको योनीका साथै मलद्वारमा पनि देखिन्छ । यी मुसा यौन सम्पर्कबाट सर्दछ । यी मुसाहरु आकारमा अंगुरका झुप्पा जस्ता स(साना दाना देखि ठुला(ठुला झुप्पा जस्ता पनि हुनसक्छन् ।

४) हत्केला र खुट्टामा देखिने मुसालाई(प्लान्टर वार्टस भनिन्छ । हत्केला र खुट्टाको पैतालामा हुने यस प्रकारका मुसाहरु दुख्ने र साह्रो हुनुको साथै बीचभागमा केहि खाल्डो युक्त हुन्छ । यसले गर्दा व्यक्तिलाई हिँडडुल गर्नपनि अफ्ठ्यारो हुन्छ । नङ्को जरा वा वरिपरि यस्तो मुसा आउँदा अत्यन्तै दुख्ने हुन्छ ।

५) यस्तै अर्को प्रकारको मुसा जुन प्रायस् गरी ९बुचर० कसाइ,मासु काटी रहने मान्छेको हातमा देखिन्छ । यसप्रकार को मुसालाइ बुचर वार्टस भनिन्छ । यो साह्रै कडा हुन्छ र हेर्दा काउली जस्तो देखिन्छ ।

यी अवस्थाका मुसा खतरानाक हुन्छन्:

यदि शरीरमा भएको कुनै मुसाबाट रगत आएमा , यसलाई नजर अन्दाज गर्नु हुँदैन । यदि मुसा भएको ठाउँ चिल्लाउछ भने पनि यसलाइ हलुका किसिमले लिनु हुँदैन ।

सल्लाह:

केहि व्याक्तिहरु मुसालाइ हटाउन, डाम्ने वा काटने गर्छन् भने कसैले चुन र सोडाको मिश्रणको लेदो बनाएर लगाउने गर्दछन् । यसो कहिले गर्नु हुँदैन , यसो गर्नाले वायरस शरीरको अन्य भागमा पनि जाने खतरा हुन्छ । जसले गर्दा शरीरको विभिन्न भागमा अझबढि मुसाहरु पलाएर आउँछ ।

उपचार:

हुन त मुसा ६ महिना देखि वर्ष दिनभित्र आफै हराएर जान थाल्छ । त्यसको लागि कुनै विशेष उपचार गरिहाल्नु पर्दैन । शरीरका विभिन्न भागमा रहेका मुसाहरु को उपचार विभिन्न प्रकारको विधिबाट गरिन्छ । जस्तै( भौतिक रुपले नष्ट गर्ने, करेन्टले डामेर वा लेजर प्रविधिबाट मुसालाई हटाउने गरिन्छ । यी विधिका आफ्नै जटिलता र धेरै साईड ईफेक्टहरु पनि छन ।

होमियोप्याथिक औषधि:

रोगीको मानसिक एवं शारीरिक लक्षणको साथै मुसा शरीरको कुन अगंमा छ , त्यसको आकार, प्रकार, रङ् , आकार ईत्यादि । यी सबै कुराहरुलाई मध्ये नजर राखेर रोगीको उपचार गरिन्छ । मुसाको उपचारका लागि प्रयोग गरिने केहि औषधीहरु निम्न लिखित छन्स्

* खैरो(ब्राउन) किसिम को मुसा को लागी – थुजा ।

* सुख्खा किसिमको मुसा भएमा, स्टेफिसिग्रिया ।

* फल्याट (चेप्टो) प्रकारको मुसामा – डल्कामारा ।

* झुन्डिएको (पेन्डुलम) जस्तो मुसा छ भने –एसिड नाईट्रिक ।

* यदि पिबयुक्त मुसा छ भने – हिपर सल्फर ।

* औँलाको पछाडिपट्टि मुसा देखिएमा,डल्कामारा , थुजा ।

*यदि मुसा खस्रो, कडा र तिखो चुच्चो निस्केको छ भने – कस्टिकम ।

* हतकेला मा मुसा आएको छ भने – नेट्रम-म्युर , रुटा , नेट्रम-कार्व ,एनाकर्डियम ।

*कम्मर पछाडिपट्टिको भागमा मुसा भएमा- डल्कामारा ।

*पैताला मा भएको मुसाको लागि भने – एन्टीम क्रुड । आदि

[email protected]

प्रकाशित : वैशाख १६, २०७५ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?