शुद्दिकरण गरेकाे खानेपानी प्रयाेग गर्न महाशाखाकाे आग्रह

अतुल मिश्र

काठमाडौँ — इपिडिमियोलाेजी तथा रोग नियन्त्रण महाशाखाले दाङ्गको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको मुख्य कारण प्रदुषित पानी रहेको जनाउदै हाल शुद्घिकरण गरिएपछि मात्र पानी सेवन गर्न आव्हान गरेको छ ।

इपिडिमियोलाेजीले पखाला नियन्त्रण गर्न आम जनसमुदायलाई उमालेको, क्लोरिन चङ्की वा थोपा द्वारा शुद्घ पारिएको पानी सेवन गर्नुको साथै साबुनपानीले राम्ररी हात धुन समेत आग्रह गरेको हाे ।

‘त्यहाँ खानेपानीको रिजर्भायर(जलाशय) भलको पानी मिसिएर प्रदुषित भयो’, इपिडिमियोलाेजीका निर्देशक डाक्टर केदारप्रसाद सेन्चुरीले बताए । प्रदुषित पानी सेवन नै झाडापखालाको मुख्य कारण भएकाे उनकाे भनाइ छ ।इपिडिमियोलाेजीबाट प्रयोगशाला प्राविधिक, जनस्वास्थ्य अधिकृत लगायतका स्वास्थ्यकर्मीहरुको टोली शान्तिनगर पुगीसकेको छ ।

पखाला लागेकाहरुको दिसाको नमुनालाइ स्थानीय स्वास्थ्य केन्द्रकाे प्रयोगशाला परिक्षण गर्दा पखालाको कारण ‘व्याक्टेरिया’, देखिएको थियाे । कल्चर सुविधाकाे अभावले त्यो कुन व्याक्टेरिया हो भन्ने पत्ता लागेकाे छैन ।केहि नमुनालाई केन्द्रमा परिक्षण गर्न ल्याउने तयारी भैरहेकाे जनाइएकाे छ ।

प्रकाशित : जेष्ठ १४, २०७५ १९:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कांग्रेसले संसदमा प्रतिपक्षको भूमिका निभाउन सकेनः शेखर काेइराला

देवनारायण साह

मोरङ — कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कांग्रेसले संघीय र प्रदेश संसदहरुमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । 



गुराँस पुस्तकालय बरगाछी, विराटनगरको स्थापना दिवसमा कोइरालाले सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा प्रतिपक्षले मौन समर्थन जनाउनु गलत भएको बताएका हुन्।

‘कांग्रेसले न त हुन्छ बोल्छ न त हुँदैन भन्छ,’ उनले भने, ‘यसरी मुलुकमा लोकतन्त्र कमजोर हुँदै गएर खतरामा पर्ने भएकोले सबैलाई सचेत हुनु आवश्यक छ।’

सर्वोच्च अदालतलाई नेतृत्व विहीन राखेर न्यायालयलाई कमजोर पार्नु र प्रधानमन्त्री कार्यलयमा अधिकार केन्द्रित गर्दै गएको लगायत परिदृष्यले लोकतन्त्र खतरामा रहेको उनले आशंका व्यक्त गरे।

गणतन्त्र दिवसको अवसरमा सरकारले बालकृष्ण ढुंगेललाई रिहाइ गर्ने योजनाले पनि सरकारको अधिनायकवादी चरित्र उदांगिदै गएको उनले बताए।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अनिर्णयको बन्दी बनाएर पार्टी समाप्त गर्दै गएको कोइरालाले गुनासो पोखे।

‘सभापति देउवाको कार्यकाल अब १ बर्ष ९ महिना बाँकी रहेको अवस्था छ,’ उनले भने, ‘त्यसैले पार्टी सभापति देउवाले अर्ली अधिवेशनमा जानेकी पूर्ण कार्यकाल बिताउने भन्ने बारे निर्णय गर्नुपर्छ।’

प्रकाशित : जेष्ठ १४, २०७५ १९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT