कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लेख्ने बेला तपाईको हात काम्छ भने यी कुराहरुमा ध्यान दिनुस्

डा. ललित कुमार मिश्र

काठमाडौँ — राईटर्स क्राम्प व्यक्तिको कार्य या व्यवसायसँग सम्बन्धित रोग हो । यसबाट प्रभावित व्यक्ति जब लेखन कार्य प्रारम्भ गर्दछ । त्यसबेला उसलाई यस्तो प्रतित हुन्छ, जस्तै बुढी औंला या औलाहरुमा शक्ति नै छैन । रोगको प्रारम्भमा हातका औलाहरुमा एक प्रकारको कडापन महशुस हुन्छ । 

लेख्ने बेला तपाईको हात काम्छ भने यी कुराहरुमा ध्यान दिनुस्

उसलाई लाग्छ कि उसको हात जाम भईसकेको छ । यसको अतिरिक्त उसको हातमा कम्पन पनि हुनसक्छ । यसकारण रोगी लेख्ने बेलामा बढो मजबुतिसंग कलम या पेन्सिल समाउने चेष्टा गर्दछ । जति साबधानीले कलम समाउने या लेख्ने प्रयास गर्दछ, औंलाहरु त्यति नै बढि काम्ने हुन्छन् । क्रमश: यो कम्पन बिस्तारै –बिस्तारै हातबाट शुरु भई वा रोग पुरानो हुँदै गएपछि पुरै शरीरमा पनि कम्पन हुन सक्छ । यस कारणले गर्दा लेख्ने बेलामा कलम यताउता हल्लि रहन्छ र लेखाई पनि राम्रो हुँदैन, छिरबिरे सानो-ठुलो या बाङ्गो–टिङ्गो हुन जान्छ । कहिलेकहि औंला, हात र रिष्ट सामान्य काम न गरी असमान्य व्यबहार गर्न थाल्छन् । जस्तै, लेख्ने बेला बुढिऔंला भित्रपट्टी जान थाल्छ, रिष्ट (कलाई) बाहिर तिर जानु, औंलाहरु माथीतिर फर्किनु आदि । यो समस्याले गर्दा उसको सम्पूर्ण जीवन अस्तब्यस्त हुन जान्छ । उसको मन मस्तिष्कमा गहन बेचैनी र तनाव पैदा हुन्छ । यो बेचैनी अझै बढ्दै गएर चिकित्सक कहाँ पुग्दा पनि चिकित्सकले उसको रोग ठम्याउन सक्दैन ।


भौतिक दृष्टिले हेर्दा उसको हातका मान्सपेशीहरुमा कुनै प्रकारको खराबी देखिंदैन । रोगी यसको लागि जति बढि चिन्तित् हुन्छ त्यति नै मानसिक तथा स्नायु सम्बन्धि अवसाद बढ्दछ । साथै हातको अन्य मांशपेशीहरु पनि तनावग्रस्त हुन्छन् । बैंकमा हस्ताक्षर गर्दा, रिस उठेको बेला, तनावको अवस्थामा कुनै कार्यलाई चाँडै गर्नुछ अथवा अपरचित व्यक्तिको सम्मुख लेख्ने कार्य लगभग असंभव हुन्छ । फलस्वरुप धेरै दिनसम्म यस्तै हालतमा रहियो भने टाउको दुख्ने, चक्कर लाग्ने, स्नायु दुर्बलता जस्ता समस्याहरु हुन सक्छन् ।


बिरामीले लेख्ने कार्य बन्द गर्ने बितिक्कै उसको सबै समस्याहरु समाप्त भएर जान्छ । यस प्रकारको रोगी या त लेख्न कार्य नै बन्द गरि दिन्छन् या अर्को हातबाट लेख्ने कार्य शुरु गर्दछ अर्थात दाहिने हातले लेखन कार्य गर्ने रोगी त्यसै कार्यलाई देब्रे हातले गर्ने प्रयास गर्न थाल्छ । तर यस्तो पनि देखिएको छ कि कलान्तरमा पछि गएर त्यस हातमा पनि यहि दोष उत्पन्न हुन थाल्दछ । यस प्रकारको रोगीलाई लेख्ने कार्यको अलावा आफ्नो दाह्री बनाउदा, आफ्नो सर्टको टाँक लगाउन, कस्मेटिक सौन्दर्य प्रसाधनको प्रयोगमा तथा खाना खानमा पनि अप्ठ्यारो हुन सक्छ । यसप्रकारको तनाव या कम्पन अनुहार या शरीरको अन्य भागमा, जिब्रो वा गर्धनमा पनि हुन सक्छ । यसलाई चिकित्सिय भाषामा फोकलडिस्टोनिया या आक्युपेशनल डिसटोनिया भनिन्छ ।


राईटर्स क्राम्प/कम्पन्न रोगको लक्षण : लेख्ने बेला हातमा या हातको कुनै भागमा कम्पन, कडापन, सुन्नपन, दर्द, तनाव हुनु । जसले गर्दा हस्ताक्षर गर्न असमर्थ हुनु । केहि बाक्य लेखि सकेपछि शब्दहरु बांड्गो–टेड्गो हुनु र लेखाई खराव हुनु । लेख्न कार्य को गतिमा कमि हुनु र बढि लेख्न नसक्नु । लेख्ने समयमा हात या हातको कुनै भाग भित्र–बहिर पट्टि स्वत मोडिनु । लेख्ने बेला पेन या पेन्सिललाई मजबुत किसिमले समाउनु, लेख्ने समय कलम स्वत, हातबाट झर्नु । लेखन कार्य गर्दा हात व्यक्तिको नियन्त्रमा नहुनु । यसका प्रमुख लक्षणहरु हुन् ।


यसमा दिईएका लक्षणहरु मध्ये यदि कुनै पनि लक्षण तपाईमा छ भने बेलामै सावधान हुनुहोस् । यस रोगको शुरुवात भएको जस्तो छ । यो रोग कुनै पनि उमेरमा लेखन कार्य गर्ने, स्टोनो-टाईपिष्ट, प्रशासनिक कार्यमा लागेको व्यक्ति, लेखक वा लेखाका कर्मचारी, ड्राफ्ट्सम्यान, चिकित्सक (सर्जन) ईन्जिनियर, केमिष्ट,पियानो बजाउने, कार्पेन्टरको काम गर्ने व्यक्तिलाई हुन सक्छ । साधारणतया १७ देखि १८ वर्षका उमेरका व्यक्तिहरुमा शुरु हुन सक्छ । तर, रोगीलाई मेरो रोग यहि नै हो भनेर सम्झन-बुझ्न वर्षौ लाग्न सक्छ । यसो हुनुको कारण भनेको लक्षणहरुलाई रोगी अथवा उसका आफ्न्तहरु शुरुमा शारीरिक कमजोरी, रोगीको लापरवाही या मनोवैज्ञानिक समस्या हो भनेर सम्झिन्छन् ।


कारण: यस सम्बन्धमा मनोबैज्ञानिकहरु एकमत देखिंदैनन् । केहिको भनाइअनुसार यो एक प्रकारको स्नायुमण्डलीय बिकार हो । केहि मनोबैज्ञानिकहरुका अनुसार यो एक प्रकार मानसिक रुप (मन) ले उत्पन्न भएको शारीरिक (तन) को रोग हो । केहि चिकित्साहरुका अनुसार मस्तिष्कमा अवस्थित 'उपांग वेसल गैंगलियान'ले ठिकसँग काम नगर्नु हो । यस उपांगको कार्य शरीरका बिभिन्न अगंहरुमा समन्वय बनाएर राख्नु हो । वेसल गैंगलियान उपांगको गडबडिको कारण यस रोगबाट प्रभाबित अगंले - मस्तिष्कले पठाएको निर्देशन अनुसार कार्य या व्यवहार गर्दैन । जसको फलस्वरुप रोगीलाई, यस रोगबाट प्रभाबित अंगमा कडापन, कम्पन आदि जस्तो समस्या हुन्छ ।


यसको कारण जे जस्तो भएपनि यस रोगबाट पीडित रोगीको सम्बन्ध अचेतन वा सुसुप्त मनसँग कुनै न कुनै स्तरबाट जोडिएको हुन्छ । राईटर्स क्राम्पका प्राय जसो रोगी अतिरिक्त तनावले ग्रस्त भएका हुन्छन् ।


रोगको निदान: यस रोगको निदान मुख्य रुपमा रोगीको व्यक्तित्वलाई अध्ययन गर्नुका साथै लेखाइको जाँच गरिन्छ । रोगीले दिनभरिमा कति लेख्द छ? कस्तो लेख्द छ? लेखाईको गति कस्तो छ? आदि कुराको परख गरिन्छ । यसबाहेक आवश्यकता अनुसार उसको मांपेशीहरुको बिद्युतीय गतिबिधिको जाँच (ईएमजी) र घाँटीको एक्स-रे पनि गरिन्छ । जसद्वारा यी लक्षणहरु यसै रोगको हो वा अन्य कुनै रोग को हो भन्ने कुरा स्पष्ट हुन्छ ।


हीमियोप्याथिक उपचार: होमियोप्याथिक उपचारमा रोगीको मानसिक एवं शारीरिक तथा पारिवारिक, आर्थिक ,सामाजिक अवस्था समेतलाई ध्यानमा राखेर यदि उपयुक्त औषधिको चयन गर्न सकियो भने यस रोगमा स्थाई एवं अप्रत्याशित फाईदा हुन्छ । जसलाई यो समस्या भएको धैरै समय भएको छैन त्यस्ता रोगीले उपचार गर्दा ३/४ महिना भित्र फाईदा भएको देखिन्छ भने रोग पुरानो भएमा बढि समय लाग्न सक्छ । धेरै जसो रोगीहरुमा राईटर्स क्राम्प रोगका लक्षणहरुको मुक्ति पछि पनि रोग पुन: देखा पर्दछ । त्यसैले फाईदा भए पछि पनि बिरामीले औषधिको सेवन चिकित्कको सल्लाह बिना बन्द गर्नु हुँदैन । पुरा कोर्ष गर्नु पर्दछ ताकि रोगको पुनरावृतिको संभावना नरहोस । यस रोगमा प्रयोग हुने केहि औषधिहरु निम्न लिखित छन ।


औषधिहरु: मेगफाँस, कलकेरियाफाँस, नेट्रमफाँस, नेट्मम्युर, कालिम्युर, साईलिशिया, कल्केरिया कार्ब, जिकंममेटालिकम, मर्कसल, कुप्रम मेटालिकम, साईक्लामेन, एनाकर्डियम, चेलिडोनियम, स्टेनम, सलफर आदी ।

अस्तु !


[email protected]


प्रकाशित : जेष्ठ १८, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?