कसरी हटाउने ओछ्यानमा पिसाब फेर्ने बानी ?

डा. ललित कुमार मिश्र

काठमाडौँ — एकदेखि दुई वर्षसम्मका केटाकेटीहरु आफ्नो मुत्राशयमा नियन्त्रण गर्न बिस्तारैविस्तारै सिक्छन् । पिसाब लागेको महसुश हुनेबित्तिकै ठूलामान्छेलाई भन्ने वा घरमा भए शौचालयमा गएर आफैं गर्ने हुन्छन् ।

सुत्दाखेरी राति ओछ्यानमा पिसाब फेर्ने बिरामी बच्चाहरुमा धेरैजसो हुन्छ । युवाहरुमा पनि हुन्छ तर नगन्य मात्रामा । अंग्रेजीमा यसलाई बेड वेटिंग भनिन्छ भने चिकित्सा विज्ञानमा यो रोगलाई एन्युरेसिसको नामले चिनिन्छ । निद्रामा पिसाब गर्ने बानी यदि पाँच देखि सात वर्षको उमेरको हुदाँ सम्म पनि यो रोगकायम नै रहन्छ भने-यसले गर्दा बच्चामा हिन भावना त आउछ नै साथै यो किडनीको रोग को कारण पनि बन्न सक्छ । अत; यसरोगलाई हल्का किसिमले लिनु हुँदैन । यस समस्यालाई बुझेर समयमा नै उपचार गराउनु जरुरी हुन्छ ।

Yamaha

केहो बेड वेटिंग :
साधारण बोलचालको भाषामा यसलाइ ओछ्यान मुत्नु भनिन्छ । साना केटा- केटीहरुमा यो समस्या हुनु सामान्य कुरो हो । आमा बाबुले अलिकगति सावधानी राखि ध्यान दिने हो भने यो समस्या सजिलै सामाधान हुनसक्छ । केटाकेटीहरुमा देखिएको यस समस्यालाई समय मै वास्ता गरिएन भने पछि ठुलो समस्या हुनसक्छ । यस्ता केटाकेटीहरु हिन भावना (ईनफेरेटि कम्पलेक्स) मनोवैज्ञानिक रोगको शिकार हुन सक्छन् । अभिभावकबाट गाली खानु परेमा यीनिहरु यसबारे कसैसँग कुरागर्न पनि चाहँदैनन् ।

सामान्य समस्या हो यो :
८५ प्रतिशत बच्चाहरु पाँच वर्षको उमेर भएपछि ओछ्यानमा पिसाब फेर्ने बानीमा कन्ट्रोल गर्नसक्छन् । हुन त उमेर बढ्दै जाने क्रममा यो रोग कम हुँदैजान्छ । १० वर्षको उमेर पछि यो समस्या पाँच प्रतिशत बच्चाहरु मात्र देखिन्छ । यसैगरी १५ वर्ष उमेर पछि मात्र एकप्रतिशत मानिसहरुमा यो समस्या रहन्छ ।

कारण :
ओछ्यानमा राति पिसाब फेर्ने प्रमुख दुई कारण छन् । पहिलो प्राईमरी र अर्को सेकेन्डरी ।
* प्राईमरी कारणमा- बेड वेटिगं गर्नेको समस्या कहिले कम हुँदैन ।
* अर्को कारण- बेड वेटिंग गर्ने शिलसिला ६ महिनासम्म रोकिन्छ र केही समय पश्चात पुन: सुरु हुन्छ । यसलाइ सेकेन्डरी कारण भनिन्छ ।
* जेनेटिक फ्याक्टर: साना बच्चाहरुको ब्लाडरको नसा म्योच्योर हुँदैन । यस कारण पिसाबलाई कन्ट्रोल गर्न सक्दैन्न ५ वर्षसम्म यस्तै हुन्छ । ६ देखि ८ वर्ष सम्मको उमेरमा मुत्राशयको नसा म्योच्योर भइसक्छ । यदि मातापिता मध्ये कुनै एक जनामा पनि यो समस्या छ भने पचासप्रतिशत केसहरुमा बच्चाहरुमा पनि यो समस्या देखिन्छ । यदि पेरेनट्स द्वयमा यो समस्या छ वा थियो भने त पचहत्तर प्रतिशत केसहरुमा यो समस्या हुन्छ । यस्तै प्रकार यदि आमाबाबुमा यस किसिमको समस्या न भएमा केवल १५ प्रतिशत बच्चाहरुमा यो रोग देखिन्छ ।
* हार्मोनल फ्याक्टर : शरीरमा पिसाब कन्ट्रोलगर्ने हार्मोन हुन्छ, जसलाइ एन्टी युरेटिक हार्मोन्स भनिन्छ । राति सुतेको बेला जब यो हार्मोन्स कमहुन्छ त्यति खेर युरिन कन्ट्रोल हुँदैन । केही केटा-केटीहरुमा मुत्राशयको क्षमताका कारणले पनि यो समस्या हुन्छ । बारह वर्षको उमेर सम्ममा पिसाबको थैलीको क्षमता वयष्कको साईज ४०० देखि ५०० एमएल पिसाब अटने जत्रो हुन्छ ।
* स्लिप डिसअर्डर: धेरैजसो केटाकेटीहरु गहिरो निद्रामा सुत्दछन्, राति उनिहरुको निद्रा खुल्दैन र ओछ्यानमै पिसाब गरिदिन्छन् । यस्तै स्ट्रेस, कब्जियत, दिमागको सुस्तिको कारणले पनि यो समस्या हुन्छ । यसको अलावा पेटमा जुका हुनु, मृगौलाले ठिकसँग काम न गर्नु, मधुमेह, ब्लाडर सानो हुनु, मुत्राशयमा शोथ हुनु, मृगौलामा पथरी हुनु आदि हो भने- मनोवेज्ञानिक समस्या जस्तै- मन्दबुद्धीको हुनु, मानसिकरुपमा अविकशित हुनु, असुरक्षाको भावना, अचानक डरलाग्दो सपना देख्नु, हरेक समय अभिभावकबाट गालीगर्ने, पिटाईखाने, सजाय दिने डर हुनु, मनमा कुनै द्वन्द चल्नु , परीक्षाको डर आदि ।

लक्षण :
बच्चा लजाएर संकोच मानेर वा आफ्नै बिचारमा हराएर बस्ने हुन्छ । शारीरिक रोग भएमा पेट दुख्ने, मलद्वार चिलाउने, पिसाब पोल्ने हुन्छ । प्रायगरी अति संवेदनशील बच्चाहरु राति सुत्दा ओछ्यानमा पिसाब फेर्ने हुन्छन् ।

के गर्ने :
* सुत्नु अगाडि अनिवार्य रुपमा पिसाब गर्ने ।
* कोल्टे परेर सुत्न बानी लगाउने ।
* बच्चाको आत्मविश्वास जगाउने, अरुको भन्दा उसको प्रसंशा गर्ने ।
* जुन दिन बच्चाले राति ओछ्यानमा पिसाब फेर्दैन, त्यो दिन बिहान ऊसलाई स्याबसी दिनुका साथै ईनाम स्वरुप केही गिफ्ट दिएर प्रोत्साहन गर्ने । यसबाट मनोबल बढेर आउँछ ।

के नगर्ने :
* उत्तानो परेर नसुत्ने ।
* सुत्नु भन्दा एकघन्टा अगाडि कुनै पनि पेय पदार्थ वा पानी न पिउने ।
* बच्चालाई परिवारको अगाडि या उसको साथीभाइहरुको अगाडि हास्यको पात्र नबनाउने ।
* डर लाग्ने खालका हिंस्रक फिल्म, टिभीको कार्यक्रम राति नहेर्ने ।
* मारपिट गर्ने, सजाए दिने वा कराएर बच्चाको मनमा डर उत्पन्न नगराउने ।

उपचार :
ओछ्यानमा पिसाब फेर्ने समस्या भएका बच्चाको उमेर तथा पिसाब गर्ने अवस्था लाइ हेरिकन चिकित्कको सल्लाहले केही टेस्टहरु गराइन्छ । जसमा पेटको एक्स-रे, युरिन टेष्ट, यसको अलाबा किल्निकल टेष्ट अर्थात बच्चाले पिसाब फेरेको डायरी चार्ट बनाउनु पर्ने हुन्छ । कहिलेकाहीँ पिसाबको मात्रा ५०० एमएल पनि हुन्छ । तर १५ देखि २० पटकसम्म पिसाब गर्न जान्छन् ।

होमियोप्याथिक औषधि :
सामान्यतया वेड वेटिंगको समस्याबाट ग्रस्त बच्चाहरुको उपचार सफलतापूर्वक लक्षणअनुसार प्रयोग हुने केही औषधिहरु निम्न लिखित छन् । जसको प्रयोग आफ्नो नजदिकको कुनै योग्य तथा अनुभवी चिकित्सकसँगको सल्लाह लिएर प्रयोग गर्न उचित हुने छ ।

औषधि:
एसिड नाईट्रिक, बेलाडोना, फोर्मिकारुफा,कास्टिकम, क्रियोजोटम, सिपिया, प्लान्टेगो, क्लोरालम, थुजा, युरेनियम, भार्वेस्कम, ईक्वीजेटम, क्वाशिया, मेगफाँस, सिना, सेन्टोनाइन, सल्फर, बेन्जोईक एसिड, नक्स भोमिका, पल्साटिला, सोरिनम, मेडोरिनम, ईग्नेशिया, भेलेरियाना आदि । अस्तु


Mishradr.lk@gmail.com

Esewa Pasal

प्रकाशित : जेष्ठ २४, २०७५ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लेख्ने बेला तपाईको हात काम्छ भने यी कुराहरुमा ध्यान दिनुस्

डा. ललित कुमार मिश्र

काठमाडौँ — राईटर्स क्राम्प व्यक्तिको कार्य या व्यवसायसँग सम्बन्धित रोग हो । यसबाट प्रभावित व्यक्ति जब लेखन कार्य प्रारम्भ गर्दछ । त्यसबेला उसलाई यस्तो प्रतित हुन्छ, जस्तै बुढी औंला या औलाहरुमा शक्ति नै छैन । रोगको प्रारम्भमा हातका औलाहरुमा एक प्रकारको कडापन महशुस हुन्छ । 

उसलाई लाग्छ कि उसको हात जाम भईसकेको छ। यसको अतिरिक्त उसको हातमा कम्पन पनि हुनसक्छ। यसकारण रोगी लेख्ने बेलामा बढो मजबुतिसंग कलम या पेन्सिल समाउने चेष्टा गर्दछ। जति साबधानीले कलम समाउने या लेख्ने प्रयास गर्दछ, औंलाहरु त्यति नै बढि काम्ने हुन्छन्। क्रमश: यो कम्पन बिस्तारै –बिस्तारै हातबाट शुरु भई वा रोग पुरानो हुँदै गएपछि पुरै शरीरमा पनि कम्पन हुन सक्छ। यस कारणले गर्दा लेख्ने बेलामा कलम यताउता हल्लि रहन्छ र लेखाई पनि राम्रो हुँदैन, छिरबिरे सानो-ठुलो या बाङ्गो–टिङ्गो हुन जान्छ। कहिलेकहि औंला, हात र रिष्ट सामान्य काम न गरी असमान्य व्यबहार गर्न थाल्छन्। जस्तै, लेख्ने बेला बुढिऔंला भित्रपट्टी जान थाल्छ, रिष्ट (कलाई) बाहिर तिर जानु, औंलाहरु माथीतिर फर्किनु आदि। यो समस्याले गर्दा उसको सम्पूर्ण जीवन अस्तब्यस्त हुन जान्छ। उसको मन मस्तिष्कमा गहन बेचैनी र तनाव पैदा हुन्छ। यो बेचैनी अझै बढ्दै गएर चिकित्सक कहाँ पुग्दा पनि चिकित्सकले उसको रोग ठम्याउन सक्दैन।

भौतिक दृष्टिले हेर्दा उसको हातका मान्सपेशीहरुमा कुनै प्रकारको खराबी देखिंदैन। रोगी यसको लागि जति बढि चिन्तित् हुन्छ त्यति नै मानसिक तथा स्नायु सम्बन्धि अवसाद बढ्दछ। साथै हातको अन्य मांशपेशीहरु पनि तनावग्रस्त हुन्छन्। बैंकमा हस्ताक्षर गर्दा, रिस उठेको बेला, तनावको अवस्थामा कुनै कार्यलाई चाँडै गर्नुछ अथवा अपरचित व्यक्तिको सम्मुख लेख्ने कार्य लगभग असंभव हुन्छ। फलस्वरुप धेरै दिनसम्म यस्तै हालतमा रहियो भने टाउको दुख्ने, चक्कर लाग्ने, स्नायु दुर्बलता जस्ता समस्याहरु हुन सक्छन्।

बिरामीले लेख्ने कार्य बन्द गर्ने बितिक्कै उसको सबै समस्याहरु समाप्त भएर जान्छ। यस प्रकारको रोगी या त लेख्न कार्य नै बन्द गरि दिन्छन् या अर्को हातबाट लेख्ने कार्य शुरु गर्दछ अर्थात दाहिने हातले लेखन कार्य गर्ने रोगी त्यसै कार्यलाई देब्रे हातले गर्ने प्रयास गर्न थाल्छ। तर यस्तो पनि देखिएको छ कि कलान्तरमा पछि गएर त्यस हातमा पनि यहि दोष उत्पन्न हुन थाल्दछ। यस प्रकारको रोगीलाई लेख्ने कार्यको अलावा आफ्नो दाह्री बनाउदा, आफ्नो सर्टको टाँक लगाउन, कस्मेटिक सौन्दर्य प्रसाधनको प्रयोगमा तथा खाना खानमा पनि अप्ठ्यारो हुन सक्छ। यसप्रकारको तनाव या कम्पन अनुहार या शरीरको अन्य भागमा, जिब्रो वा गर्धनमा पनि हुन सक्छ। यसलाई चिकित्सिय भाषामा फोकलडिस्टोनिया या आक्युपेशनल डिसटोनिया भनिन्छ।

राईटर्स क्राम्प/कम्पन्न रोगको लक्षण : लेख्ने बेला हातमा या हातको कुनै भागमा कम्पन, कडापन, सुन्नपन, दर्द, तनाव हुनु। जसले गर्दा हस्ताक्षर गर्न असमर्थ हुनु। केहि बाक्य लेखि सकेपछि शब्दहरु बांड्गो–टेड्गो हुनु र लेखाई खराव हुनु। लेख्न कार्य को गतिमा कमि हुनु र बढि लेख्न नसक्नु। लेख्ने समयमा हात या हातको कुनै भाग भित्र–बहिर पट्टि स्वत मोडिनु। लेख्ने बेला पेन या पेन्सिललाई मजबुत किसिमले समाउनु, लेख्ने समय कलम स्वत, हातबाट झर्नु। लेखन कार्य गर्दा हात व्यक्तिको नियन्त्रमा नहुनु। यसका प्रमुख लक्षणहरु हुन्।

यसमा दिईएका लक्षणहरु मध्ये यदि कुनै पनि लक्षण तपाईमा छ भने बेलामै सावधान हुनुहोस्। यस रोगको शुरुवात भएको जस्तो छ। यो रोग कुनै पनि उमेरमा लेखन कार्य गर्ने, स्टोनो-टाईपिष्ट, प्रशासनिक कार्यमा लागेको व्यक्ति, लेखक वा लेखाका कर्मचारी, ड्राफ्ट्सम्यान, चिकित्सक (सर्जन) ईन्जिनियर, केमिष्ट,पियानो बजाउने, कार्पेन्टरको काम गर्ने व्यक्तिलाई हुन सक्छ। साधारणतया १७ देखि १८ वर्षका उमेरका व्यक्तिहरुमा शुरु हुन सक्छ। तर, रोगीलाई मेरो रोग यहि नै हो भनेर सम्झन-बुझ्न वर्षौ लाग्न सक्छ। यसो हुनुको कारण भनेको लक्षणहरुलाई रोगी अथवा उसका आफ्न्तहरु शुरुमा शारीरिक कमजोरी, रोगीको लापरवाही या मनोवैज्ञानिक समस्या हो भनेर सम्झिन्छन्।

कारण: यस सम्बन्धमा मनोबैज्ञानिकहरु एकमत देखिंदैनन्। केहिको भनाइअनुसार यो एक प्रकारको स्नायुमण्डलीय बिकार हो। केहि मनोबैज्ञानिकहरुका अनुसार यो एक प्रकार मानसिक रुप (मन) ले उत्पन्न भएको शारीरिक (तन) को रोग हो। केहि चिकित्साहरुका अनुसार मस्तिष्कमा अवस्थित 'उपांग वेसल गैंगलियान'ले ठिकसँग काम नगर्नु हो। यस उपांगको कार्य शरीरका बिभिन्न अगंहरुमा समन्वय बनाएर राख्नु हो। वेसल गैंगलियान उपांगको गडबडिको कारण यस रोगबाट प्रभाबित अगंले - मस्तिष्कले पठाएको निर्देशन अनुसार कार्य या व्यवहार गर्दैन। जसको फलस्वरुप रोगीलाई, यस रोगबाट प्रभाबित अंगमा कडापन, कम्पन आदि जस्तो समस्या हुन्छ।

यसको कारण जे जस्तो भएपनि यस रोगबाट पीडित रोगीको सम्बन्ध अचेतन वा सुसुप्त मनसँग कुनै न कुनै स्तरबाट जोडिएको हुन्छ। राईटर्स क्राम्पका प्राय जसो रोगी अतिरिक्त तनावले ग्रस्त भएका हुन्छन्।

रोगको निदान: यस रोगको निदान मुख्य रुपमा रोगीको व्यक्तित्वलाई अध्ययन गर्नुका साथै लेखाइको जाँच गरिन्छ। रोगीले दिनभरिमा कति लेख्द छ? कस्तो लेख्द छ? लेखाईको गति कस्तो छ? आदि कुराको परख गरिन्छ। यसबाहेक आवश्यकता अनुसार उसको मांपेशीहरुको बिद्युतीय गतिबिधिको जाँच (ईएमजी) र घाँटीको एक्स-रे पनि गरिन्छ। जसद्वारा यी लक्षणहरु यसै रोगको हो वा अन्य कुनै रोग को हो भन्ने कुरा स्पष्ट हुन्छ।

हीमियोप्याथिक उपचार: होमियोप्याथिक उपचारमा रोगीको मानसिक एवं शारीरिक तथा पारिवारिक, आर्थिक ,सामाजिक अवस्था समेतलाई ध्यानमा राखेर यदि उपयुक्त औषधिको चयन गर्न सकियो भने यस रोगमा स्थाई एवं अप्रत्याशित फाईदा हुन्छ। जसलाई यो समस्या भएको धैरै समय भएको छैन त्यस्ता रोगीले उपचार गर्दा ३/४ महिना भित्र फाईदा भएको देखिन्छ भने रोग पुरानो भएमा बढि समय लाग्न सक्छ। धेरै जसो रोगीहरुमा राईटर्स क्राम्प रोगका लक्षणहरुको मुक्ति पछि पनि रोग पुन: देखा पर्दछ। त्यसैले फाईदा भए पछि पनि बिरामीले औषधिको सेवन चिकित्कको सल्लाह बिना बन्द गर्नु हुँदैन। पुरा कोर्ष गर्नु पर्दछ ताकि रोगको पुनरावृतिको संभावना नरहोस। यस रोगमा प्रयोग हुने केहि औषधिहरु निम्न लिखित छन।

औषधिहरु: मेगफाँस, कलकेरियाफाँस, नेट्रमफाँस, नेट्मम्युर, कालिम्युर, साईलिशिया, कल्केरिया कार्ब, जिकंममेटालिकम, मर्कसल, कुप्रम मेटालिकम, साईक्लामेन, एनाकर्डियम, चेलिडोनियम, स्टेनम, सलफर आदी।
अस्तु !

Mishradr.lk@gmail.com

प्रकाशित : जेष्ठ १८, २०७५ १७:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT