मधुमेह रोगीलाई अन्डा

काठमाडौँ — मधुमेहका बिरामीहरूले अन्डा दिनहुँ खाँदा हुने रहेछ । यस्तो गर्दा उनीहरूलाई कुनै नोक्सान हुँदैन भनेर एउटा पछिल्लो अध्ययनमा दाबी गरिएको छ ।

मधुमेह रोगीलाई अन्डा

अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित उक्त अध्ययनअनुसार, सातामा १२ वटासम्म अन्डा खानाले टाइप–२ डाइबिटिजका बिरामीलाई मुटुको रोगको कुनै जोखिम हुँदैन ।


अन्डामा कोलेस्ट्रोलको स्तर बढी हुन्छ जसले गर्दा मधुमेहका बिरामीलाई सामान्यत: अन्डा नखाने सल्लाह दिइन्छ । तर अध्ययन अनुसार अन्डाले रगतको कोलेस्ट्रोलको स्तरमा असर गर्दैन ।
मधुमेहको पूर्वअवस्थामा र टाइप–२ मधुमेहका बिरामीका लागि अन्डा खाने सुरक्षित स्तर के होभन्ने विषयमा वैज्ञानिकहरूबीच मतभेद छ, तैपनि अध्ययनले औँल्याएको छ— यदि अन्डा तपाईंको नियमित खानपानको अंग बनिसकेको भए खान नरोक्दा हुन्छ ।


अन्डा प्रोटिन र सूक्ष्म पोषक तत्त्वको राम्रो स्रोत हो । यो खाँदा थुप्रै फाइदा हुन्छ । यो आँखा र मुटुक स्वास्थ्यका लागि राम्रो छ नै, रक्तवाहिनीलाई स्वस्थ राख्नसमेत सघाउँछ । गर्भावस्थामा चिकित्सकहरू अन्डा खान सल्लाह दिन्छन् ।यसको सेवनको सल्लाह दिइन्छ ।

प्रकाशित : जेष्ठ २६, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?