शरीरमा पसिना किन आउँछ ? 

डा. ललित कुमार मिश्र

काठमाडौँ — शरीरबाट पसिना निस्किनु एक स्वभाबिक प्रक्रिया हो । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्दछ र स्वच्छ वायु शरीरमा पुर्‍याउँछ । पसिनाको माध्यमबाट शरीरभित्र भएको बिकार बाहिर आउँछ । शरीरबाट पसिना निस्केन या कुनै कारणवस पसिना भित्रै रोकिन गयो भने जसको फलस्वरुप कैयौं प्रकारका शारीरिक रोगहरु उत्पन्न हुनसक्छ । 

अतः शरीरलाई स्वस्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ । यसैले मानिस अचेल पसिना आउनेगरी साईक्लिङ, व्यायाम, जगिङ्, मोर्निङवाक या जिममा गएर पसिना निकाल्ने गर्दछन् । तर कहिलेकाहिँ आवश्यकता भन्दा बढीमात्रामा तथा बिनाकारणबस शरीरबाट पसिना आउनथाल्छ । बढी पसिना आउनलाई चिकित्सा विज्ञानमा हाईपरहाईड्रोसिस अर्थात अत्यधिक पसिना आउनु भनिन्छ । एक तथ्याङअनुसार विश्वको कुल जनसंख्याको करिब दुईप्रतिशत मानिसहरुमा हाईपरहाईड्रोसिस भएकोअनुमान गरिएको छ । सामान्यतः महिलाहरुको तुलनामा पुरुषहरुलाई धैरै मात्रामा पसिना आउने गर्दछ ।

Yamaha


पसिना के हो ?
छालाको भित्री सतहमा अवस्थित स्वेट ग्रन्थिबाट पसिना बन्दछ । यो ग्रन्थिको काम भने शरीरको तापक्रमलाई नियन्त्रणमा राख्नु हो । अत्यधिक गर्मीका कारण छालालाई डढ्नबाट जोगाउनुका लागि स्वेट ग्रन्थिले छालाको माथिल्लो सतहमा नुनयुक्त पानी (पसिना) उत्पन्न गर्दछ। जसलाई पसिना भनिएको हो । पसिना आफैंमा गन्धरहित हुन्छ । शरीरबाट निस्केको पसिनाको स्वाद प्रायः नुनिलो हुन्छ ।

पसिना कसरी आउँछ ?

शरीरमा पसिना आउनका विभिन्नकारणहरु छन् । वंशानुगत कारणले पनि बढी पसिना आउँछ । गर्मीमा धेरै शारीरिक श्रम गर्नु, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्नु, तेलयुक्त मसालादार खाना बराबर खानु, कब्जियत हुँदा पनि पसिना बढी आउँछ । यसबाहेक कुनै शारीरिक रोग भएमा जस्तैः मलेरिया, टाइफाइड, डेंगु, ज्वरो, छातिको टिबी, रगत दुषित हुनु, एनिमिया, मानसिक तनाव, चिन्ता, घबराहट, डर, भय, आघात र कडा ज्वरोको कारण पनि बढी पसिना आउँछ । अन्य कारणहरुमा- तातो पेयपदार्थ पिउनु, खैनी, गुट्खा, काँचो सुपाडी तथा नशालु पदार्थको सेवनगर्नु । यसैप्रकार शरीरिक रुपले अत्याधिक मोटोहुनु तथा थाइराइड ग्रन्थि शरीरको ईम्युनो सिस्टमको कारण बढी सक्रिय भयो भने पनि व्यक्तिलाई धैरै पसिना आउने हुन्छ ।

शरीरमा पसिना आउने स्थानहरु

हुन त पसिना शरीरको जुनसुकै ठाँउमा पनि धेरै-थोरै आउनसक्छ । तरपनि पसिना आउने खास ठाँउहरु हाम्रो शरीरमा यसप्रकार छन् । जस्तैः हत्केला, खुट्टाकापैताला, काखी, फिलाको काप यी भागहरुमा प्रायः पसिना बढी नै आउने गर्छ । यसबाहेक टाउको, निधार, माथिल्लो ओठ, पिठ्यु, पेट तिरपनि पसिना आउँछ । कारण के हो भने स्वेटग्रन्थिहरु शरीरको भित्री भागमा-हत्केला र खुट्टाको पैताला तिर बढी मात्रामा हुन्छन । ति स्वेटग्रन्थिहरु अतिसक्रिय भएपछि बढीपसिना आउँछ ।

पसिनाको गन्धः शरीरबाट निस्केको पसिना यदि वाष्पिकरण (वाफ) भएर जान सकेन भने पसिना गन्हाउन थाल्छ । शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ, धैरेपसिना आउनाले छालाको पत्रलाई ओसिलो बनाउँछ । ओसिलो ठाउँमा ब्याक्टेरियाहरुले हुर्किने अनुकुल वातावरण पाउने हुँदा त्यहाँ चाँडै दुर्गन्ध उत्पन्न हुन्छ । साथै पसिना सुकेपछि व्यक्तिले लगाएको लुगामा विभिन्न प्रकारका सेतो, पहेलो, रातो, कालो, टाटेपाटे पसिनाका दागहरु बस्न थाल्छ । कतिपय व्यक्तिको पसिनामा दुर्गंन्ध पनि धैरै हुन्छ । मुख गन्हाउने व्यक्ति वा शरीर गन्हाउने व्यक्तिलाई आफैंबाट दुर्गन्ध आउँछ भन्ने थाहा हुँदैन । सँगै बस्ने, सँगै हिँडने सहयात्रीलाई त्यो दुर्गन्ध खपिनसक्नु हुन्छ । जसको कारणले गर्दा व्यक्तिले सार्वजनिकस्थल, सभा-गोष्ठि र साथीभाइ माँझमा बस्दापनि लज्जित हुनुपर्ने अवस्था हुन्छ । यस्तै गर्मीमा अत्यधिक पसिना निस्किने कारणले कतिपयलाई दैनिक कामकाज गर्नको लागि समेत अप्ठ्यारो हुन्छ । यसअर्थ बढी पसिना आउनेले नियमित रुपमा आफ्नो शरिरको सरसफाईमा ध्यान दिएन भने किटाणुहरु हुर्किन पाउँछन् र जीऊ चिलाउनुका साथै घाउखटिरा आउने हुन्छ।

विषेशगरी पैताला, काखी, कास र हत्केलामा बढी पसिना आउने भएकाले शरीरका यी अगंहरुको सरसफाईमा बढी ध्यान दिनुपर्छ । सरसफाइको लागि महँगो साबुनको जरुरत पर्दैन । साधारण खालको नुहाउने साबुन र पानी नै प्रर्याप्त हुन्छ ।

बढी पसिना आउन नदिन के गर्ने ?

शरीरमा बढीपसिना आउन न दिनका लागि सबभन्दा राम्रो उपाय हो शरीरलाई शीतल राख्नु हो । यसको लागि घाम चर्किएको बेला घाममा ननिस्किने, दौडधुप र व्यायम कम गर्ने, शीतलमा बस्ने, नियमित नुहाउने, सरसफाइमा विशेष ध्यान दिने, पानी प्रशस्त मात्रामा खाने, आफ्नो खानामा हरियो साग-सब्जीकासाथै दही, मही, तथा मौसमअनुसारको पानीयुक्त फलफूलहरु तरबुजा, खरबुजा, काँक्रो बढीमात्रामा खाने, नरिवल पानी पिउने, चिया, कफि, बरफको सेवन नगर्ने, राति अबेरसम्म नबस्ने, धैरे बेर भोको नरहने, बढी मसालादार खाना नखाने, खानामा लसुन, अदुवा , गोलमरीचको प्रयोग कम गर्ने र प्याजको मात्रा बढाउने गरियो भने अत्याधिक आउने पसिनाको मात्रालाई घटाउन सकिन्छ ।

केही मानिसहरु बढी पसिना आउने डरले पानी कम पिउने गर्दछन् । यो राम्रो होईन, पानीको मात्रा शरीरमा कम भयो भने डिहाईड्रेसन हुनसक्छ । यी सबै उपायहरुलाई मनन गरी अपनाइयो भने केही हदसम्म बढी पसिना आउने समस्यालाई घटाउन सकिन्छ । उपर्युक्त विधिको पालन गर्दा पनि शरीरमा पसिनाको मात्रा सामान्य भएन भने चिकित्सकको सल्लाहमा औषधिको सेवन गर्नुपर्छ ।

उपचार
होमियोप्याथिक चिकित्सा विधिमा आवश्यकता भन्दा बढीमात्रामा तथा कुनै कारण बिना नै शरीरबाट पसिना आउँछ भने यस अवस्थामा रोगीलाई उसको रोग लक्षण अनुसार प्रयोग गरिने केही होमियोप्याथिक औषधिहरु निम्नलिखित छन्ः

(१) यदि आँखा बन्द गर्ने बित्तिकै पसिनआउँछ भने ब्रायोनिया, कोनियमको प्रयोग लाभकारी हुन्छ ।
(२) यदि जाडो भएर शरीरमा पसिना आयो भने नक्सभोमिकाको प्रयोग गर्नुपर्छ ।
(३) टाउको बाहेक शरीरको अन्य खुल्ला भएको भागमा पसिना आउनु यस्तो लक्षणमा रोगीलाई थुजा नामक औषधिको सेवन गराउनु पर्छ ।
(४) यदि कुनै कारणबिना नै अनुहारमा पसिना बढी आउछ भने यस्तो अवस्थामा रस टक्स या सिकेलिकोर औषधिको प्रयोग गर्नु लाभदायक हुन्छ ।
(५) यदि रोगीलाई ब्युँझेको अवस्थामा मात्र पसिना आउँछ भने यस्तो लक्षणमा सेम्बुकस नामक औषधिको सेवन हितकारी हुन्छ ।
(६) यदि शरीरमा लुगाले ढाकेको भागमा मात्र पसिना आउँछ भने बिरामीलाई एकोनाईट, बेलाडोना, चायना आदि औषधिको सेवन गर्नुपर्ने हुन्छ ।
(७) यदि पसिना शरीरको देब्रेभागतिर मात्र बढी आउँछ भने पल्साटिला, पेट्रोलियमको प्रयोग गर्दा लाभदायक हुन्छ ।
(८) शरीरको जुन भागपट्टि फर्केर सुत्दा त्यही भागमा बढी पसिना आउँछ भने यस्तो लक्षणमा ब्रायोनिया, नक्सभोमिका, जिकंम आदि औषधिहरुको प्रयोग बढी फाइदाजनक हुन्छ ।
(९) यस्तै जतापट्टि फर्केर रोगी सुत्छ त्यस भागमा पसिना न आउनु, उसको विपरित भागमा पसिना आउनु यस्तो अवस्थामा बेन्जोईक एसिड, थुजा, सेनिकुल्ला नामक औषधिमध्ये लक्षणअनुसार कुनै एकऔषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।
(१०) यदि निदाएको बेला मात्र पसिना आउनु र ब्युँझिएपछि हराउनु अर्थात नआउनु । यस प्रकारको लक्षणभएका रोगीलाई कोनियम नामक औषधिको प्रयोग हितकारी हुन्छ ।

उपरोक्त होमियोप्याथिक औषधिहरुको प्रयोग आफ्नो नजदिकको कुनै प्रशिक्षित योग्य तथा अनुभवी चिकित्सकसँग परामर्श लिइ गरेमा लाभदायक हुने छ । अस्तु ।

Esewa Pasal

प्रकाशित : जेष्ठ ३१, २०७५ १४:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

 कसरी हटाउने ओछ्यानमा पिसाब फेर्ने बानी ?

डा. ललित कुमार मिश्र

काठमाडौँ — एकदेखि दुई वर्षसम्मका केटाकेटीहरु आफ्नो मुत्राशयमा नियन्त्रण गर्न बिस्तारैविस्तारै सिक्छन् । पिसाब लागेको महसुश हुनेबित्तिकै ठूलामान्छेलाई भन्ने वा घरमा भए शौचालयमा गएर आफैं गर्ने हुन्छन् ।

सुत्दाखेरी राति ओछ्यानमा पिसाब फेर्ने बिरामी बच्चाहरुमा धेरैजसो हुन्छ । युवाहरुमा पनि हुन्छ तर नगन्य मात्रामा । अंग्रेजीमा यसलाई बेड वेटिंग भनिन्छ भने चिकित्सा विज्ञानमा यो रोगलाई एन्युरेसिसको नामले चिनिन्छ । निद्रामा पिसाब गर्ने बानी यदि पाँच देखि सात वर्षको उमेरको हुदाँ सम्म पनि यो रोगकायम नै रहन्छ भने-यसले गर्दा बच्चामा हिन भावना त आउछ नै साथै यो किडनीको रोग को कारण पनि बन्न सक्छ । अत; यसरोगलाई हल्का किसिमले लिनु हुँदैन । यस समस्यालाई बुझेर समयमा नै उपचार गराउनु जरुरी हुन्छ ।

केहो बेड वेटिंग :
साधारण बोलचालको भाषामा यसलाइ ओछ्यान मुत्नु भनिन्छ । साना केटा- केटीहरुमा यो समस्या हुनु सामान्य कुरो हो । आमा बाबुले अलिकगति सावधानी राखि ध्यान दिने हो भने यो समस्या सजिलै सामाधान हुनसक्छ । केटाकेटीहरुमा देखिएको यस समस्यालाई समय मै वास्ता गरिएन भने पछि ठुलो समस्या हुनसक्छ । यस्ता केटाकेटीहरु हिन भावना (ईनफेरेटि कम्पलेक्स) मनोवैज्ञानिक रोगको शिकार हुन सक्छन् । अभिभावकबाट गाली खानु परेमा यीनिहरु यसबारे कसैसँग कुरागर्न पनि चाहँदैनन् ।

सामान्य समस्या हो यो :
८५ प्रतिशत बच्चाहरु पाँच वर्षको उमेर भएपछि ओछ्यानमा पिसाब फेर्ने बानीमा कन्ट्रोल गर्नसक्छन् । हुन त उमेर बढ्दै जाने क्रममा यो रोग कम हुँदैजान्छ । १० वर्षको उमेर पछि यो समस्या पाँच प्रतिशत बच्चाहरु मात्र देखिन्छ । यसैगरी १५ वर्ष उमेर पछि मात्र एकप्रतिशत मानिसहरुमा यो समस्या रहन्छ ।

कारण :
ओछ्यानमा राति पिसाब फेर्ने प्रमुख दुई कारण छन् । पहिलो प्राईमरी र अर्को सेकेन्डरी ।
* प्राईमरी कारणमा- बेड वेटिगं गर्नेको समस्या कहिले कम हुँदैन ।
* अर्को कारण- बेड वेटिंग गर्ने शिलसिला ६ महिनासम्म रोकिन्छ र केही समय पश्चात पुन: सुरु हुन्छ । यसलाइ सेकेन्डरी कारण भनिन्छ ।
* जेनेटिक फ्याक्टर: साना बच्चाहरुको ब्लाडरको नसा म्योच्योर हुँदैन । यस कारण पिसाबलाई कन्ट्रोल गर्न सक्दैन्न ५ वर्षसम्म यस्तै हुन्छ । ६ देखि ८ वर्ष सम्मको उमेरमा मुत्राशयको नसा म्योच्योर भइसक्छ । यदि मातापिता मध्ये कुनै एक जनामा पनि यो समस्या छ भने पचासप्रतिशत केसहरुमा बच्चाहरुमा पनि यो समस्या देखिन्छ । यदि पेरेनट्स द्वयमा यो समस्या छ वा थियो भने त पचहत्तर प्रतिशत केसहरुमा यो समस्या हुन्छ । यस्तै प्रकार यदि आमाबाबुमा यस किसिमको समस्या न भएमा केवल १५ प्रतिशत बच्चाहरुमा यो रोग देखिन्छ ।
* हार्मोनल फ्याक्टर : शरीरमा पिसाब कन्ट्रोलगर्ने हार्मोन हुन्छ, जसलाइ एन्टी युरेटिक हार्मोन्स भनिन्छ । राति सुतेको बेला जब यो हार्मोन्स कमहुन्छ त्यति खेर युरिन कन्ट्रोल हुँदैन । केही केटा-केटीहरुमा मुत्राशयको क्षमताका कारणले पनि यो समस्या हुन्छ । बारह वर्षको उमेर सम्ममा पिसाबको थैलीको क्षमता वयष्कको साईज ४०० देखि ५०० एमएल पिसाब अटने जत्रो हुन्छ ।
* स्लिप डिसअर्डर: धेरैजसो केटाकेटीहरु गहिरो निद्रामा सुत्दछन्, राति उनिहरुको निद्रा खुल्दैन र ओछ्यानमै पिसाब गरिदिन्छन् । यस्तै स्ट्रेस, कब्जियत, दिमागको सुस्तिको कारणले पनि यो समस्या हुन्छ । यसको अलावा पेटमा जुका हुनु, मृगौलाले ठिकसँग काम न गर्नु, मधुमेह, ब्लाडर सानो हुनु, मुत्राशयमा शोथ हुनु, मृगौलामा पथरी हुनु आदि हो भने- मनोवेज्ञानिक समस्या जस्तै- मन्दबुद्धीको हुनु, मानसिकरुपमा अविकशित हुनु, असुरक्षाको भावना, अचानक डरलाग्दो सपना देख्नु, हरेक समय अभिभावकबाट गालीगर्ने, पिटाईखाने, सजाय दिने डर हुनु, मनमा कुनै द्वन्द चल्नु , परीक्षाको डर आदि ।

लक्षण :
बच्चा लजाएर संकोच मानेर वा आफ्नै बिचारमा हराएर बस्ने हुन्छ । शारीरिक रोग भएमा पेट दुख्ने, मलद्वार चिलाउने, पिसाब पोल्ने हुन्छ । प्रायगरी अति संवेदनशील बच्चाहरु राति सुत्दा ओछ्यानमा पिसाब फेर्ने हुन्छन् ।

के गर्ने :
* सुत्नु अगाडि अनिवार्य रुपमा पिसाब गर्ने ।
* कोल्टे परेर सुत्न बानी लगाउने ।
* बच्चाको आत्मविश्वास जगाउने, अरुको भन्दा उसको प्रसंशा गर्ने ।
* जुन दिन बच्चाले राति ओछ्यानमा पिसाब फेर्दैन, त्यो दिन बिहान ऊसलाई स्याबसी दिनुका साथै ईनाम स्वरुप केही गिफ्ट दिएर प्रोत्साहन गर्ने । यसबाट मनोबल बढेर आउँछ ।

के नगर्ने :
* उत्तानो परेर नसुत्ने ।
* सुत्नु भन्दा एकघन्टा अगाडि कुनै पनि पेय पदार्थ वा पानी न पिउने ।
* बच्चालाई परिवारको अगाडि या उसको साथीभाइहरुको अगाडि हास्यको पात्र नबनाउने ।
* डर लाग्ने खालका हिंस्रक फिल्म, टिभीको कार्यक्रम राति नहेर्ने ।
* मारपिट गर्ने, सजाए दिने वा कराएर बच्चाको मनमा डर उत्पन्न नगराउने ।

उपचार :
ओछ्यानमा पिसाब फेर्ने समस्या भएका बच्चाको उमेर तथा पिसाब गर्ने अवस्था लाइ हेरिकन चिकित्कको सल्लाहले केही टेस्टहरु गराइन्छ । जसमा पेटको एक्स-रे, युरिन टेष्ट, यसको अलाबा किल्निकल टेष्ट अर्थात बच्चाले पिसाब फेरेको डायरी चार्ट बनाउनु पर्ने हुन्छ । कहिलेकाहीँ पिसाबको मात्रा ५०० एमएल पनि हुन्छ । तर १५ देखि २० पटकसम्म पिसाब गर्न जान्छन् ।

होमियोप्याथिक औषधि :
सामान्यतया वेड वेटिंगको समस्याबाट ग्रस्त बच्चाहरुको उपचार सफलतापूर्वक लक्षणअनुसार प्रयोग हुने केही औषधिहरु निम्न लिखित छन् । जसको प्रयोग आफ्नो नजदिकको कुनै योग्य तथा अनुभवी चिकित्सकसँगको सल्लाह लिएर प्रयोग गर्न उचित हुने छ ।

औषधि:
एसिड नाईट्रिक, बेलाडोना, फोर्मिकारुफा,कास्टिकम, क्रियोजोटम, सिपिया, प्लान्टेगो, क्लोरालम, थुजा, युरेनियम, भार्वेस्कम, ईक्वीजेटम, क्वाशिया, मेगफाँस, सिना, सेन्टोनाइन, सल्फर, बेन्जोईक एसिड, नक्स भोमिका, पल्साटिला, सोरिनम, मेडोरिनम, ईग्नेशिया, भेलेरियाना आदि । अस्तु


Mishradr.lk@gmail.com

प्रकाशित : जेष्ठ २४, २०७५ १६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT