२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

स्तन क्यान्सर रोक्छ आँपले

पाकेको आँप गुलियो, वीर्य बढाउने, पौष्टिक, वायुनाशक, शरीरको कान्ति बढाउने, शीतल, पित्तनाशी, भोक बढाउने मानिन्छ ।

काठमाडौँ — यति बेला आँपको सिजन छ । फलको राजा मानिने आँप विश्वभरिमा सबैभन्दा रुचाइएको फल पनि हो । गर्मी याममा पाइने आँपलाई शास्त्रमा अमृत फलसमेत भनिएको छ । यो काँचो वा पाकेको दुवैमा औषधीय गुण हुन्छ ।

स्तन क्यान्सर रोक्छ आँपले

आयुर्वेदका अनुसार आँपका पाँचै भाग अर्थात् बोक्रा, जरा, पात, फल र फूल सबै उपयोगी छन् । पाकेको आँप गुलियो, वीर्य बढाउने, पौष्टिक, वायुनाशक, शरीरको कान्ति बढाउने, शीतल, पित्तनाशी, भोक बढाउने मानिन्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउनेसमेत मानिन्छ । आँपको रस भने बल दिने, वायुनाशक, मुटुलाई तृप्त गर्ने र कफवद्र्धक मानिन्छ ।

पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेड, क्याल्सियम, फस्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’ लगायत हुन्छ । पाकेको आँप पोषक, शक्तिवद्र्धक र बोसो बढाउने खालको मानिन्छ । आँपको मुख्य घटक सर्करा हो, जो विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म विद्यमान रहन्छ । यसमा पाइने मुख्यत: चिनी आँपको खान योग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ । ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म हुन्छ ।

यसमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । साइट्रिक अम्ल भने अल्प मात्रामा रहन्छ । यो अम्लको शरीरद्वारा उपयोग गरिन्छ र शरीरमा क्षारीय सञ्चय कायम राख्नमा सहयोगी हुन्छन् ।

आँपको अन्य घटकमा प्रोटिन ९.६, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फस्फोरस ०.०२, र फालम ०.३ प्रतिशत रहन्छ । आँपको १ सय ग्राममा औसत ऊर्जा करिब ९० क्यालोरीसम्म हुन्छ । वैज्ञानिकहरूले आँप खानाले स्तन क्यान्सरबाट बचाउ हुनेसमेत जनाएका छन् । टेक्सास एग्रिलाइफ रिसर्च फुडका वैज्ञानिकले अनुसन्धानमा यसलाई अन्य फलहरूको दाँजोमा स्तन क्यान्सरबाट बचाउ गर्नमा बढी फाइदाकारी मानेका छन् । यस्तै आँप छाला च्याउरी पर्नबाट रोक्नसमेत प्रभावकारी मानिन्छ ।

प्रकाशित : असार ९, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?