योग र होमियोप्याथीको सैद्धान्तिक एकरुपता

डा. लालित कुमार मिश्र

काठमाडौँ — हाम्रो हिन्दु संस्कृतिमा प्रकृतिलाई मातृभावले हेर्ने गरिन्छ । किनभने प्रकृतिले आफ्नो विभन्न प्रकारका प्रदत्त उपदानहरुमा समस्त प्राणीहरुको लागि पोषणमय युक्त पोषणतत्वहरुको समावेश गरेको छ ।

आदि-अनादिकालदेखि हाम्रापुर्वज ऋषिमुनीहरु र आजको यस वर्तमान युगमा पनि जो योग, आयुर्बेद र प्राकृतिक चिकित्साको माध्यमबाट सहचर्यमा रहदै आएका छन् ।

Yamaha

आधुनिक जिवनशैली, खानपिन र वातावरणबाट हुने बिभिन्न प्रकारका रोग-ब्याधिबाट हालसम्म उनीहरु मुक्त रहेका छन् भन्दा अत्युक्ती नहोला । भारतीय दर्शन र विज्ञानमा जीवनको बारेमा गरिएका चित्रण एक किसिमले हेर्दा बडो सरल पनि छ र जटिल पनि । पुर्वीय दर्शन र विज्ञान यसको अनुसार शरीर, चेतना र मन आदि यि सबैको मुख्य आधार नै प्राणवायु हो । प्राण भन्नुको अर्थ स्वास हो भने स्वासको तात्पर्य प्राणवायु अर्थात अक्सिजनसगं सम्बन्धित छ । अत : शरीरका प्रत्येक सुक्ष्मतत्व अव यन्त्रताको नियन्त्र हुने कार्यलाई पुर्ण मात्रमा अक्सिजन या प्राणवायु दिएर शरीरको आन्तरिक अवय (अगं-प्रत्यगं) हरुलाई ब्यायम दिने कृयाको पुर्णता नै प्राणायाम हो ।

स्वास्थ्यको लागि पुर्वीय एवं पश्चिमी दृष्टिमा स्पष्ट रुपमा यो अन्तर रहि आएकोछ, कि एलोप्याथिक चिकित्सामा उपचारार्थ जब कुनै रोगी आउँछ भने रोगको निदान पश्चात उसलाई मुटुको रोगी, स्वास-प्रस्वासको रोगी, पेटको रोगी, नशाको रोगी, बातको रोगी, मानसिक रोगी, छालाको रोगी आदिको श्रेणिमा बर्गिकरण गरी छुट्टाईदिने गरिन्छ । तत्पश्चात शरीरको प्रभावित भागको मात्र उपचार गर्ने गरिन्छ किनभने आधुनिक चिकित्सा बिज्ञान (एलोप्याथिक) को आधार (सत्य) भनेको नै किल्निकल परीक्षण र रोगलाई कन्ट्रोल गर्नुमा मात्र आधारित छ । जहाँ सत्यको अन्वेष्ण गर्नुभनेको एक चुनौतिपुर्ण दायित्व हो ।

यस स्थितिमा मात्र योग, आयुर्बेदिक, होमियोप्याथिक, युनानी र तिब्बतीय चिकित्सा बिधिमामा कुनैपनि रोगीको स्वास्थ्य उपचारको विचार गर्ने समय मानिसको शरीरिक अवस्था, उसको उमेर, रोगको कारण, उसको खानपान, आचरण, व्यबहार, पारिवारिक ईतिहास, भावना, बिचार, जलवायु तथा परिवेश आदि कुराहरुलाई महत्वपुर्ण मानिन्छ । यसैलाई समस्टिगत रुपमा बिचार गरी उपचार गर्ने प्रावधान यि चिकित्सा पद्दतिहरुमा रही आएको छ भने एलोप्याथिक चिकित्साको नजरमा रोगी-रोगले ग्रस्त एक भौतिक शरीर मात्र हो ।

यस अर्थमा बिरामीको उपरोक्त उल्लेख गरिएका कुराहरुलाई उपचारको क्रममा कुनै महत्व दिईदैन ।

# केहो स्वास्थ्य भनेको : महर्षिचरकको भनाईअनुसार त्रिदोष अर्थात वात, पित, कफ र समयत मल प्रवृति (समयमा नै दिशा) हुने आदि क्रियाहरु सन्तुलित अवस्थामा छ, साथै आत्मा, ईन्द्रीय र मन सधै प्रशन्न रहन्छ भने उही मानिस पुर्णरुपले स्वस्थ्य कहलाउछ । यसैप्रकार होमियोप्याथिकमा पनि- शरीर, मन (मस्तिष्क) एवं जीवनीशक्ति (पुर्वीय संस्कृति अनुसार) आत्मको सन्तुलन नै स्वास्थ्य हो र यसको असन्तुलन नै रोगको कारण हो भनेर भनिएको छ । जसरी आयुर्बेदमा रोगको कारण बात, पित्त र कफ हो । यसरी नै होमियोप्याथिमा कुनैपनि रोगको कारण सोरा, सिफिलिस, साईकोसिस र टि्युबरक्लोसिस यि चारवटा म्याजम (दोष) नै हुन् । यि छुट्टाछुट्टै चार प्रकारका यस्ता दोष हुन् जो मानव शरीरमा हुने धैरैजसो मानसिक एवं शारीरिक रोगको मुलकारणमा यिनै म्याजम (दोष) हरुको महत्वपुर्ण भुमिका हुन्छ । प्राय: प्रत्येक मानिसको शरीरमा यस मध्ये कुनै एक या दुई, तीन या कसैकसैमा चारै वटा दोष पनि देखिन्छन् ।

जसको शरीरमा यि चार मध्ये कुनै पनि दोष हुँदैन त्यसलाई कुनै रोग पनि लाग्दैन । यदि मन दुषित भएन भने तनपनि दुषित हुँदैन । मनको भित्रि अवस्था नै रोगको रुपमा शरीर (तन) मा प्रकट हुन्छ, अर्थात जो भित्र छ उही बाहिर देखिन्छ । भारतीय दर्शनको एक द्रृष्टान्तका अनुसार योग वशिष्ठ नामक ग्रन्थमा रोगको बिश्लेष्ण गर्दै महर्षी वशिष्ठ भगवान श्री रामलाई रोग दुई प्रकारको हुन्छ भनेर भन्छन् । पहिलो, संसारिक अधिनस्थ हुनु । जसमा संसारीक दैनिक ब्यवहार गर्ने बेला मानिसमा उत्पन्न हुने तनावको फलस्वरुप सामान्य रोग हुन्छ । जसको आरोग्यको साधन प्राकृतिक चिकित्सा अथवा योग नै हो अर्थात जन्म र मृत्यु जसबाट एक न एक दिन सबैले गुज्रिनु पर्छ । दोश्रो, आक्समिक या अन्य कुनै कारण । जस्तै, चोट पटक लाग्नु, घरको छतबाट लडनु, संक्रमण हुनु आदि कारणले उत्पन्न हुन सक्छन् । महर्षि वशिष्ठले आधिनका रोगलाई बदलिने प्रकृया सम्झाउदै भनेका छन्. मानिसको मनमा अनेक प्रकारका चाहना र वासनाहरु हुन्छन् । त्यसको पुर्ति भएन भने मन क्षुब्ध हुन्छ । मन क्षुब्ध हुनले – प्राण क्षुब्ध हुनुका साथै प्राणको नाडीतन्त्र प्रभावित हुनले स्नायु मन्डल अब्यवस्थित हुनजान्छ र शरीरमा कुजिर्णतत्व, अजिर्णतत्व जम्मा हुन्छन् । जसको फलस्वरुप कलान्तरमा गएर शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या उत्पन्न हुन्छन् ।
यसैलाई रोग ब्याधी भनिन्छ । मनको भावना तथा बिचारको शुद्धि वा नियमन हेतु बिषेश रुपले योग चिकित्सा बिज्ञान उपयोगी छ । शरीरको स्तरमा चिकित्सा हेतु आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा, युनानी, तिब्तीय एवं अन्य चिकित्सा पद्दतिहरु उपयोगी हुन सक्छन् । एउटा स्वस्थ शरीरमा कुनैपनि रोगको उत्पति र त्यसको निदानको बिषयमा हेर्दा - योग, आयुर्वेद एवं होमियोप्याथि, प्राकृतिक, युनानी चिकित्सा पद्धतिहरुमा एक प्रकारको सैद्धान्तिक एकरुपता देखिन्छ । जुन कुरा आधुनिक चिकित्सा एलोप्याथीमा देखिंदैन । यस प्रकार मानिस त्यसबेलासम्म स्वस्थ रहन्छ, जबसम्म जीवनीशक्ति भाईटलफोर्स (आत्मा, जैविक, ऊर्जा, प्राण) को नियन्त्रणमा शरीर मन एवं मस्तिष्क तीनै संतुलनको अवस्थामा रहन्छ । अस्तु
mishradr.lk@gmail.com

Esewa Pasal

प्रकाशित : असार १०, २०७५ १४:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जाडोयाममा हुने कोल्ड डाइरियाको सजिलो उपचार

डा. लालित कुमार मिश्र

काठमाडौँ — पौष माहिनामा लगभग सबै जसो प्राईभेट क्लिनिक तथा सरकारी अस्पतालहरुमा विन्टर डाइरिया (झाडापखाला)ले पीडितहरुको संख्या निकै बढेको छ। नवजात शिशु र कम उमेरका केटा-केटीहरुको संख्या  अझ बढी नै छ । गर्मियाममा हुने झडापखाला त्यति खतरनाक हुँदैन जति जाडोमा हुने डाइरियाबाट हुन्छ । 

जाडोमा डाइरिया हुने मुख्यकारण चिसो लाग्नु हो । जाडो मौसम सुरु हुने बित्तिकै 'रोटा भाइरस' अत्यन्त सकृय हुन्छ । जाडोमा हुने डाइरिया रोटा भाइरसको कारणले गर्दा नै हुन्छ । डाइरियामा सामान्य सावधानी राखेमा एक सप्ताहमा आफैं ठिक हुन्छ । कुनै औषधिको आवस्यकता नै पर्दैन । तर डाइरिया हपता दिनभन्दा बढिरह्यो भने यसलाई क्रोनिक डाइरिया भनिन्छ । यसको उपचार समयमा गरिएन भने ज्यानै पनि जाने जेखिम रहन्छ ।

तर अलिकति सावधान भएका यो समस्यालाई निको पार्न साकिन्छ। यदी डाइरियाको समुचित उपचार गरिएन भने शरिरमा पानीको मात्रा अत्यन्त कम भइ जलवियोजन (डिहाइड्रेसन) हुन्छ । शरिरमा पानी तथा अन्य द्रव्यको मात्रा कमी भए बिरामीको मृत्यु पनि हुन सक्छ ।

डाइरियाबाट बच्ने उपाय
  • दिसा गरिसकेपछि साबुन-पानीले हात धुने बानि बसाल्ने।
  • खाना खानुभन्दा अगाडि साबुन-पानीले हात धुने।
  • फलफुल तथा हारियो सागपात राम्रो संग धोइपखाली मात्र खाने।
  • खानेकुरालाई छोपेर राख्ने।

डाइरियालागेमा के गर्ने ?
  • बच्चालाई जिवनजल दिइ रहने।
  • स्तनपान जारि राख्ने।
  • खाना बन्द नगर्ने बरु बच्चालाई नरम खाद्यपदार्थ, जस्तै: केरा, ऊसिनेको आलु मुछेर खान दिने।

याद राख्नुहोस्
डाइरियाको रोगिलाई उपचार गर्दा जलवियोजन (डिहाईडरेसन)को लागि वर्गिकरण गर्नुपर्ने हुन्छ।

यदि दिशामा रगत आइरहेको छ भने- यो रक्तमासी(डिसेन्टरी)हुनसक्छ। जहाँ गम्भिर डिहाइड्रेसनको अवस्था छ भने रोगीलाई आइभी फ्ल्युड अर्थात स्लाइन चढाउनुपर्ने हुन्छ ।यस स्तिथिमा तुरन्तै नजिकको स्वास्थ संस्थामा लानु पर्ने हुन्छ।

डाइरियामा के नगर्ने ?
  • बच्चालाई मात्र ग्लुकोज या चिनीपानीको घोल न दिने ।
  • मात्र ग्लुकोजको झोल दिँदा शिशुको पेटमा ग्यास उत्पन्न गर्दछ । जसले गर्दा ब्याक्टेरिया संक्रमणको संभावना बढेर जान्छ ।
  • यस्ता तरल पदार्थ पनि नदिने जसमा केफिनको अंश होस् । जस्तै-कोकाकोला, कफिआदि।
  • डाइरियाकोरोगिलाई आमाको दूधबाहेक बहिरी दूध तथा दूधबाट बनेका परिकार पनि दिनु हुँदैन।

नुन–चिनीको घोल बनाउने विधि
एकलिटर उमालेर सेलाएको पानीमा एक सानो चम्चाले १ चम्चा नुन ८ चम्चा चिनी मिलाएर राम्रोसंग मिश्रण गरी घोल बनाउने। यसघोललाई २४ घन्टाभित्र प्रयोग गर्ने । बाँकिरहेको घोल फ्याँकि दिने। आवस्यकता अनुसार पुन: बनाउने र प्रयोग गर्ने।

उपचार
जलवियोजन हुन नदिन बच्चालाई सधैंकोभन्दा बढीमात्रामा झोलपदार्थ ख्वाउनुस्। झाडापखाला नथामिएसम्म झोलपदार्थ दिन जरुरी छ। प्रत्येक पटक पातलो दिशा गरेपछि, जीवनजल दिनुस् । जीवनजलको मात्रा २-१० वर्षसम्मका लागि १००-२००मिलि, १० वर्षमाथिकालाई बिरामिले चाहे जति।

डाइरिया लागेको बिरामीको उपचारको मुख्य उदेश्य जलवियोजन हुन नदिइ रोगिको प्राण बचाउनु हो। पुनर्जलिय प्रकृयाबाट जलवियोजनको उपचार भएमा झाडापखालाका बिरामीहरु आफैं ठिक हुन्छन् । त्यसकारण डाइरिया लागेको बिरामीको लागि पुनर्जलिय नै सबैभन्दा महत्वपूर्ण उपचार हो ।

बिरामीलाई कसरी र कति पुनर्जलिय उपचार गर्ने भन्ने कुरा बिरामीको अवस्था र जलवियोजनको स्थितिमा भर पर्छ । त्यसैले पहिले बिरामीको स्थिति लेखाजोखा गर्नुपर्दछ र सोहि अनुसारको ऊपचार गर्नुपर्ने हुन्छ।

स्वास्थ्य संस्थामा लानुपर्ने अवस्था
  • धैरैपटक पातलो दिशा गरेमा।
  • राम्ररी खाना वा पिउने नगरेमा।
  • तारन्तार बान्ता गरेमा।
  • ज्वरो आएमा ।
  • ज्यादै तिर्खाएको भएमा।
  • दिसामा रगत देखिएमा।

होमियोप्याथिक उपचार
कोल्ड डाइरियामा शिशुहरुमा प्रयोग हुने होमियोप्याथिक औषधिहरु निम्न लिखित छन्: एकोनाइट, डल्कामारा, नक्समस्केटा, नेटृम-सल्फ, नाइट्रिक-एसिड, पोडोफाईलम, पल्साटिला, सल्फर, रसटक्स, नक्सवोम, एलोज आदी।

औषधिहरु रोगीको मानसिक एवं शारिरिक लक्षणको आधारमा प्रयोग गर्न साकिन्छ। उपरोक्त औषधिहरु कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकको परामर्श लिई मात्र प्रयोग गर्नुपर्छ।

लेखक होमियोप्याथिक फिजिशियन हुन् ।
email- mishrahomoeopath@yahoo.com

प्रकाशित : पुस ७, २०७४ १०:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT