१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

केटा-केटीहरुमा टाउको दुख्ने समस्या

काठमाडौँ — सायदै यस्तो कुनै व्यक्ति होला जसलाई जीवनमा कहिलै टाउको नदुखेको होस् । प्रत्येक व्यक्ति आफ्नो जीवनमा एक न एक पटक टाउको दुख्ने समस्याबाट अवश्य पनि गुज्रिएको हुन्छ । वास्तवमा टाउको अरु कुनै रोगको कारणले दुख्ने गर्दछ । जसलाई अग्रेजीमा 'हेड्एक' भनिन्छ । 

केटा-केटीहरुमा टाउको दुख्ने समस्या

यो आफैमा कुनै छुट्टै रोग होईन । अत्यधिक व्यस्त दिन चर्या, तनावयुक्त जीवन, भाग दौड, गलत आहार-विहारको कारण टाउको दुख्नु अचेल साधारण कुरा भएको छ। उहिंले बयस्कहरुमा टाउको दुख्ने समस्या देखिन्थ्यो भने अहिले युवा पिंढीमा पनि टाउको दुख्ने समस्या देखिने गरेको छ ।


अब यस रोगको उमेरसँग कुनै सम्बन्ध नै रहेन । टाउको दुख्ने समस्या जहाँपनि, जहिलेपनि र जोसुकैलाई पनि हुन सक्छ । प्राय: जसो अचेल ९ वर्ष देखि १३ वर्ष उमेर भएका स्कुलमा पढ्ने केटा-केटीहरुमा यस किसिमको टाउको दुख्ने समस्या देखिन्छ । आमाबुबालाई टाउको दुख्यो भन्छन् । जसलाई अभिभावकहरुले पढ्न अल्छि लागेर या स्कुल जान मन नलागेर बहाना गरेको होला, केको टाउको दुख्नु यसको भनेर उनीहरुको भनाईलाई गार्जियनहरुले गम्भिरतापुर्वक लिंदैनन् । केटा-केटीहरुको हकमा भने यस किसिमको सोचाई राख्नु ठिक होईन । यो कुरालाई अभिभावकहरुले बुझ्नु पर्छ ।


कारण : विभिन्न कारणले गर्दा टाउको दुख्छ । यहि नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन । भौतिक कारणहरुमा, दृष्टीदोषको समस्या । जस्तै, (मायोपिया) टाडाको बस्तु देख्न नसक्नु । यो प्रायगरी धेरैजसो केटा-केटीहरुमा पाईन्छ । चहकिलो प्रकाश या तेजिलो सुर्यको प्रकाश, ठुलो आवाज, होहल्ला आदिप्रति समंवेदनशिलता । पिनास, कानमा संक्रमण हुनु, हेमोग्लोबिनको स्तर सामन्यभन्दा कम हुनु या कमजोरी हुनु, अनियमित निन्द्रा, अनियमित जिवनशैली (जस्तै, समयमा खाना नखानु या भोकै बस्नु), परीक्षा या साथीहरुको दबाव अथवा क्लासटिचरसँगको डिस्कशनको कारण तनाव हुनु यसका कारणहरु हुन् । त्यस्तै अपच, कब्जियत वा पेटमा जुका पर्नु, लु लाग्नु (सनस्ट्रोक), राति धेरै बेरसम्म जगरण बस्नु तथा मानसिक एवं भावनात्मक तनाव र कुन्ठित हुँदा पनि टाउको दुख्छ । शौक गर्नु र धैरै रुदाँपनि टाउको दुख्ने गर्दछ ।


यिनीहरु टाउको दुख्ने कारणहरुका साथै केहि गंम्भिर प्रकृतिका रोगहरु पनि टाउको दुख्ने कारण हुन सक्छन् । जस्तै, हाइड्रोकेफलस (मस्तिष्क) मा पानी भरिनु, मस्तिष्कमा संक्रमण हुनु- (मेनिन्जाईटीस्), ईन्सेफ्लाईटिस्, ब्रेन ट्युमर आदिमा पनि टाउको दुख्छ । टाउकोमा गम्भिर चोटपटक लाग्नु, नाथ्रि फुटनु, दाँत दुख्नु आदि पनि यसका कारण हुन् ।


लक्षण : पुरै टाउको दुख्नु, टाउको भारी हुनु, मन्द गतिले दुखि रहनु, कानपट्टीमा दुख्नु, टाउको निहुँराउदा दुखाई बढ्नु, हो-हल्लाले दुखाई बढ्नु, सेक्दा, रुमालले टाउको बाद्दा या मालिस गर्दा दुखाइ कम भएको जस्तो लाग्नु, चिसो पानीले टाउको धुँदा आराम हुनु, शान्त कोठामा सुत्दा आराम मिल्नु आदि लक्षणहरु देखिन्छन् ।


निवारणका उपायहरु : रोगको मुल कारकतत्वलाई पहिचान गरी उपचार गर्ने हो भने टाउको दुख्ने समस्याबाट पुर्णरुपले छुटकारा पाउन सकिन्छ । कारण यदि बाहृय (शरीरको भित्रबाट होईन) रहेछ भने त्यहाँ केटा-केटीहरुको अनियमित निद्रा, समयमा खानाखाने, या उसको जीवनशैलीमा मामुली सुधार गरी दिनुका साथै अभिभावकले अलिक समय दिने हो भने यस समस्याबाट सहज रुपले नै छुटकारा पाउन सकिन्छ । कुनै औषधि उपचारको आवश्यकता पनि पर्दैन । यदि टाउको दुख्ने समस्याको कारण आन्तरिक रहेछ भने जस्तै माथि उल्लेख गरिएको रोगहरुको कारण समस्या देखिएको हो भने ,तत्काल चिकित्सा गराऊनु आवश्यकछ । यस अवस्थामा अभिभावकहरुले तुरन्त ध्यानदिनु पर्ने हुन्छ । केटा-केटीहरुको कमजोर दृष्टीको लागि आखाँ रोग बिशेषज्ञ द्वारा परीक्षण गराई सुधारात्मक चश्माको प्रयोग गर्नले ठिक हुन सक्छ । यस्तै, हेमोग्लोबिनको स्तर कम छ या कमजोरी छ भने कुनै बालरोग बिशेषज्ञको सल्लाह अनुसार निर्धारित टोनिकको सेवनले शरीरमा कम रहेको रातो रक्तकणलाई लेबलमा ल्याउन सकिन्छ ।


कसै-कसेको शरीर आन्तरिक रुपले भित्रैबाट कमजोर हुन्छ । यसकारण यिनीहरु चमकिलो प्रकाश, ठुलो आवाज, हो-हल्ला, कडा गन्ध, तनाव आदि प्रति अतिसंबेदनशिल हुन्छन् । जसको कारण यिनीहरुको शरीरले यि बाहिरी कारकतत्वहरुको सामना गर्न असमर्थ हुन्छन् । यसैगरी कानको संक्रमण (वाहृय र भित्रि कानको प्वाल मा किटाणुबृद्धि हुने अवस्था) जसलाई ओटाईटिस-एक्सटर्ना भनिन्छ, यि सब कमजोर ईम्युनिटीको कारणगर्दा हुन्छन् । यस किसिमको समस्याहरुमा होमियोप्याथिकऔषधिहरु निकै प्रभावशली हुन्छ र व्यक्ति बिशेषको शरीरको प्रतिरक्षात्मक शक्तिको स्तरलाई बढाई यथाशिघ्र बिरामीलाई प्रकृतिक रुपले स्वस्थ्य लाभ गराउनमा सहयोग गर्छ ।


यसको होमियोप्याथिक उपचार विधि पनि रहेको छ । यसको विषेशता के हो भने यसको कुनै दुष्प्रभाव (साईड-ईफेक्ट) हुदैन । केटा-केटीहरुमा टाउको दुख्ने समस्याको लागि रोगीको लक्षण अनुसार प्रयोग हुने केहि होमियोप्याथिक औषधिहरु निम्नलिखित छन् ।


नेट्रम-म्युर : घामको कारणले निधारको देब्रेपट्टि दुख्नु, आँखामा स्ट्रेस हुनु या मानसिक तनाव हुनु । यस किसिमको लक्षण भएमा यसको प्रयोग लाभदायक मानिन्छ ।

बेलाडोना : निधारको दाहिने पट्टि दुख्नु, अनुहार रातो हुनु, घामको कारणले टाउको दुख्नु, कडा प्रकाश सहन नसक्नु आदि । यसकिसिमको अबस्थामा यस औषधिको प्रयोग गर्नसकिन्छ । ग्लोनाइन : प्रचन्ड घाम या लु-लाग्नुको कारणले टाउको दुखेको र बिरामीले पछाडि पट्टी टाउको लाँदा आराम महशुस हुनु आदि जस्ता लक्षण देखिएमा यस औषधिको उपयोग गरिन्छ । सिड्रन : अत्यधिक टाउको दुख्नु, जुन प्राय एउटै समयमा दुख्ने गर्छ । यस अवस्थामा यसको प्रयोग हितकर हुन्छ ।

आर्जेन्टम नाईट्रिकम : आखाँमा बढि दबाब परेको कारणले यदि टाउको दुख्छ भने यसको प्रयोग गर्नुपर्छ ।

पेटमा जुका पर्नले टाउको दुखेको हो भने टियुक्रियम, नेट्रमफोस, सिना आदि औषधिको प्रयोग लाभदायक मानिन्छ । यसबाहेक कल्केरियाफाँस, कालिफाँस, ब्रायोनिया, जेल्सिमियम आदि औषधिहरुको प्रयोग रोग तथा रोगीको अवस्था हेरिकन लक्षणअनुसार प्रयोग गर्न सकिन्छ । प्रत्येक व्यक्ति (बिरामी) एक अर्काबाट भिन्न हुन्छ र उसको रोग लाग्ने कारण पनि भिन्नै हुनुको साथै उसको पीडा पनि बेग्ले किसिमको हुन्छ । यसकारण समष्टिगत रुपले (पुर्ण उपचार) उपचारको लागि कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकसंग परामर्श लिइ निर्धारित औषधिको सेवन गर्नु उपयुक्त हुन्छ ।

अस्तु ।


[email protected]


प्रकाशित : असार १४, २०७५ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?