जामुन

काठमाडौँ — अहिले तराईमा जामुनको मौसम छ । गर्मी र वर्षा याममा हुने मौसमी फल जामुन खानामा स्वादिष्ट मात्र हुँदैन यसमा थुप्रै प्रकारका औषधीय गुणसमेत पाइन्छन् । यो फल नियमित खाँदा थुप्रै रोगसँग लड्ने क्षमता प्राप्त हुन्छ ।

जामुन

स्वादमा गुलियो र अम्लीय प्रकृतिको जामुनमा हाम्रो शरीरका लागि आवश्यक सबै प्रकारका लवण पाइन्छन् । यसमा प्रशस्त मात्रामा फुटक्रोज र ग्लुकोज हुन्छ ।

जामुनमा भएको डाइट्री फाइबरले शरीरमा चिनीलाई कम गर्न सघाउँछ । यो फल मधुमेहका बिरामीका लागि धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा रेसा हुन्छ । यसले गर्दा पाचन र पाचनको अवशोषणमा समेत सुधार ल्याउँछ । यसमा उच्च मात्रामा पाइने एन्टिअक्सिडेन्ट, फाइबर, क्याल्सियम, आइरन आदिले तौल कम गर्न सहयोगी हुन्छ ।

जामुन भिटामिनको राम्रो स्रोत हुने भएकाले यसको सेवनले हाड बलियो बनाउन सघाउँछ । क्यान्सर रोक्नसमेत सघाउँछ । यसमा भएको साइनाइडिन–३–ग्लुकोसाइड क्यान्सरको कोषिकाको विकासलाई रोक्छ । यसले टयुमर कोषिकाको विकास र रक्तसञ्चारलाई कम गर्छ ।

जामुन खाँदा आँखाको स्वास्थ्यसमेत राम्रो हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ हुन्छ । यसमा हुने भिटामिन ‘सी’ ले गर्दा छालाको स्वास्थ्यमा समेत सुधार आउँछ । भिटामिन ‘सी’ ले फ्री र्‍याडिकलबाट छालालाई क्षतिग्रस्त हुनबाट जोगाउँछ ।

मुटु रोग हुने सम्भावना पनि कम हुँदै जान्छ, जामुन खाने गर्दा ।

प्रकाशित : असार १६, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?