३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चिकित्सक संघ डा.केसीको समर्थनमा

अतुल मिश्र

काठमाडौँ — नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवाका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई जुम्लामा सामान्य स्वास्थ्य परीक्षण गराउनमा सरकारले बन्देज लगाएको जनाउँदै भर्त्सना गरेको छ । 

चिकित्सक संघ डा.केसीको समर्थनमा

आम नेपालीलाई संविधानले दिएको स्वास्थ्य परीक्षण गराउन पाउने मौलिक अधिकारबाट सरकारले डा.केसीलाई वञ्चित गराएको संघले उल्लेख गरेको छ । यसले सामान्य नागरिकको आधारभूत मानव अधिकारको हनन भएको समेत संघले जनाएको छ ।


संघका महासचिव डा.लोचन कार्कीले विज्ञप्ती जारी गर्दे यो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सरकारको वर्तमान कृयाकलापले शान्तिपूर्वक विरोध गर्न पाउने मौलिक अधिकारको हनन भएको बताए ।


संघले जारी गरेको विज्ञप्तीमा ‘यस्तो अस्वाभाविक क्रियाकलाप तुरन्त रोकेर सबै नागरिकलाई बिना कुनै रोक तोक आफ्नो कुराहरु निष्पक्ष रुपमा राख्न पाउने र जुनसुकै स्वास्थ्य संस्थामा सहज र सरल रुपमा स्वास्थ्य सेवा लिन पाउने अधिकारबाट वञ्चित गराइए संघ आफ्नो सदस्यहरुको रक्षाका लागि जुनसुकै कदम चाल्न पछि नपर्ने’, उल्लेख गरेको छ ।


डा.कार्कीले हालको स्थिति हेर्दा कुनै पनि समय आफूहरु कडा पाइला चाल्न बाध्य हुनुपर्ने सम्भावना समेत रहेको बताए । संघले आफनो सबै शाखालाइ विगत झै डा.केसीले उठाएको जायज मागहरुलाई पूर्ण रुपमा सहयोग र समर्थन गर्दै निर्णायक तहमा पुर्‍याउन समेत अपिल गरेको छ ।

प्रकाशित : असार १६, २०७५ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?