१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पिँडालुले गर्छ रक्तचाप नियन्त्रण

काठमाडौँ — पिँडालुलाई स्वास्थ्यका हिसाबले कम आँक्नुभएको छ भने, तपाईं गलत हुनुहुन्छ । यसले तपाईंको स्वास्थ्यमा पुर्‍याउने फाइदा कम छैनन् । पिंडालुमा फाइबर, प्रोटिन, क्याल्सियम र आइरन प्रशस्त मात्रामा पाइन्छ । यसमा सोडियमको राम्रो मात्रा पाइन्छ ।

पिँडालुले गर्छ रक्तचाप नियन्त्रण

यसबाहेक पोटासियम, म्याग्नेसियमसमेत प्रशस्त हुने भएकोले यसको उपयोगले रक्तचाप नियन्त्रित रहन्छ । यति मात्र नभई तनावलाई हटाउनसमेत पिँडालुको प्रयोग लाभदायक हुन्छ । पिँडालुमा भिटामिन ए, भिटामिन सी र एन्टिअक्सिडेन्ट पाइन्छ । यसले क्यान्सरको कोषिकालाइ विकसित हुनबाट रोक्छ ।

पिँडालुमा पाइने भिटामिन ए, भिटामिन सी र अन्य फिनोललिक एन्टिअक्सिडेन्टले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई बलियो बनाउँछ र हाम्रो सिस्टमबाट खतरनाकयुक्त कणहरूलाई समाप्त गर्न सघाउँछ । यसमा पाइने करिपटोकसानथिनले प्रत्यक्ष रूपले फोक्सो र मुखको क्यान्सरको विकासको सम्भावना कम गर्न उपयोगी हुने मानिन्छ । पिँडालुमा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसको सेवनले इन्सुलिन र ग्लुकोजको मात्रालाई सन्तुलित राख्छ । यही फाइबरको कारणले पाचनप्रक्रिया राम्रो हुनुका साथै शरीरसमेत स्वस्थ रहन्छ ।

पिँडालुको सेवनले हामी ग्लाइसेमिक स्तरलाई प्रबन्धन गर्न सक्छौं र मधुमेहको विकासको सम्भावना कम गर्न सक्छौं । यसले हाम्रो भोकमा नियन्त्रण गर्ने कामसमेत गर्छ । यसमा भएका फाइबर्स मेटावोलिज्मलाई सक्रिय बनाउँछ । यसले गर्दा तौल नियन्त्रण गर्न सहयोग मिल्छ । यसबाट पाइने भिटामिन ई र भिटामिन ए ले हाम्रो छालालाई सुरक्षित राख्छ । यी दुवै भिटामिनले छालाको खराब स्थितिलाई समाप्त गर्न र समग्र कोषको स्वास्थ्य बढाउनका लागि काम गर्छन् । यसले गर्दा घाउ र दाग छिटो निको हुन्छ भने पिँडालुको सेवनले च्याउरीपना समेत कम गर्न सकिन्छ ।

यसमा भएको थुप्रै भिटामिन, तामा, म्यागनिज, म्याग्नेसियम, क्याल्सियम, फलाम, सेलेनियम, पोटासियम, विटा क्यारोटिन, क्रिप्टोक्सेथिनजस्ता खनिजले तपाईंलाई रोगबाट मात्र बचाउँदैन, यसले बुढयौलीको प्रक्रियालाई समेत ढिलो गर्छ ।

प्रकाशित : असार ३०, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?