कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

साउन ३ देखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

अतुल मिश्र

काठमाडौँ — नेपाल चिकित्सक संघले ४८ घन्टाभित्र सरकारले डा.गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन नगरे देशभरीको आकस्मिक बाहेकको सबै सेवा ठप्प गर्ने चेतावनी दिएको छ ।

साउन ३ देखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

आमरण अनसनको १७औँ दिनसम्म सरकारले गम्भीरता प्रदर्शन नगरेर जीवन रक्षाको लागि कुनै पहल नगरेकोले कडा पाइला चाल्न बाध्य भएको संघले जनाएको छ ।


चिकित्सक संघले सरकारले वार्ता टोली नबनाए साउन ३ गते बिहीबार विहान देखि नै मुलुकभरका सबै सरकारी, निजी, शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायत सबै स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गरिने निर्णय भएको समेत उल्लेख गरेको छ ।


प्रकाशित : असार ३२, २०७५ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?