स्मरण शक्ति कमजोर हुने कारण, लक्षण र रोकथामका उपायहरु

डा. ललित कुमार मिश्र

काठमाडौँ — मेसिनले गाँज्दै लगेको यो युगमा स्मरण शक्ति कमजोर हुनु, एक व्यापक र गम्भिर समस्या बन्दै गईरहेको छ भन्दा अतियुक्ति नहोला । अधिकांश मानिसहरुको स्मरण शक्ति लगभग एकै जस्तो भएको छ भने त्यहि कुनै-कुनै मेधावी व्यक्तिमा कुनैपनि कुरालाई याद राख्ने शक्ति आश्चर्यजनक पनि हुन सक्छ ।

त्यसैले यो भन्न सकिन्छ कि स्मरण शक्ति व्यक्तिमा एउटा आर्जित गुण पनि हो । स्मरण शक्तिलाई तेज बनाउनु या कम गर्नु हामीमा नै निर्भर हुन्छ ।

Yamaha

वैज्ञानिकहरुको भनाई अनुसार व्यक्तिको स्मरण शक्तिको गहिरो सम्बन्ध उसको ईच्छा, अनिच्छा, चाहना तथा रुचिसँग छ । स्मरण शक्ति तथा एकाग्रतामा कमी भएपछि व्यक्ति कुनैपनि क्रियाकलापहरु राम्ररी गर्न सक्दैनन् । जस्तै, पढ्न, लेख्न, हिसाब-किताब गर्न, कुनै नौलो कुरा सिक्न आदी । व्यक्तिको उमेर ढल्दै जाँदा, पचास वर्षपछि भने स्मरण शक्तिमा ह्रास हुनु स्वभाविक हो । तर कमै उमेरमा यो समस्या हुनु आपत्तिजनक मानिन्छ । यसरी असामान्य रुपले स्मरण शक्तिको कमी हुनुलाई मेडिकल भाषामा अम्नेसिया भनिन्छ ।

यसका कारणहरु : यसका प्रमुख कारणहरुमा व्यक्तिमा रुचिको अभाव हुनु, काम सुनियोजित ढगंले क्रम अनुसार नगर्नु, एकै चोटी धेरै काममा हात हाल्नु, कामप्रति उपेक्षाको भावना राख्नु, कुनै कुरा याद राख्ने ईच्छा नहुनु, बिषयलाई पुरा मनोयोगले बुझ्ने कोशिस नगर्नु, चिन्तामा डुबिरहनु, शारीरिक या मानसिक बिरामी हुनु, धेरै मैथुन गर्नु, मस्तिष्क (ब्रेन) अविकशित हुनु, जन्मजात मस्तिष्कको विकृति हुनु, टाउकोमा कुनै प्रकारको चोटपटक लाग्नु, शारीरिक क्षमता भन्दा बढि काम गर्नु, क्रोध, भय, चिन्ता, अनिद्रा आदि लाई लिन सकिन्छ भने अन्य कारणहरुमा पौष्टिक तत्वको अभाव हुनु, उच्च रक्तचाप, डिप्रेसन तथा पेनकिलर औषधिको अत्याधिक प्रयोगबाट हुने साइडईफेक्ट आदि पनि यसका कारण हुन् । त्यसैगरी मधपान सेवन गर्ने बानी, तनाव, थाईरायड, रगतमा सुगरको मात्र सामान्य भन्दा कम, अटोईम्युन डिजिज आदिले पनि स्मरण शक्ति घटाउँछ ।


लक्षणहरु : यस रोगको लक्षणमा कसैको नाम ठेगाना बिर्सिनु । केहि दिन अगाडि भएका गरेका कुराहरु बिर्सिनु । पढेका, देखेका सुनेका कुराहरु याद नआउनु । कुनै ठाउँमा सामान राखेर बिर्सिनु । नयाँ कुराहरु जस्तै भाषा, संगीत, गायन, नृत्य, अभिनय कला आदि सिक्न गाह्रो हुनु । पढेर याद राख्ने ईच्छा नहुनु । कुनैपनि कुरा एकपटक भन्दा नबुझ्नु, अरुचि, आलस्य, चिडचिडापन, निराशाको भाव, घबराहट आदि हुन्छ ।

सल्लाह : आफ्नो समय अनुसार बिहान बेलुकी घुम्ने । याद राख्ने कुरामा गहिरो रुचि लिएर एकाग्रता एवं पुरै मनोयोगले याद गर्ने । निद्रा भरपुर लिने । कुनै कुरालाई क्रम अनुसार याद गर्ने र त्यसलाई प्रत्येक साता फेरि दोहर्‍याउने । योगाभ्यास मेडिटेसन (ध्यान) अनुलोम बिलोम, कपलाभाति गर्ने ।

के नगर्ने : एकैपटक धेरै कुरा याद गर्ने प्रयास नगर्ने । आफ्नो स्मरण शक्तिको बिषयलाई लिएर सधै चिन्तित नहुने । रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा मेमोरिपावर बढाउने औषधिको विज्ञापनको चक्करमा नफस्ने । सकारात्मक सोच राख्ने । मानसिक तनावको संवेगलाई आफुमा हाबी हुन नदिने । राती धेरै बेर जागेर नपढने ।

खानपान : सुपाच्य, हल्का, सन्तुलित, पौष्टिक खाना नियमित समयमा खाने । सिजनअनुसारको हरियो सागपात, सलाद, बन्दा, फुलकोभी, ब्रोकाउली, गान्टेमुला, गाजर, गोलभेंडा, चुकुन्दर, पालुंगो, अन्डा, माछा, दुध, दहि, महि, चिज, मख्खन खाने । दैनिक शुद्ध तीन लिटर पानी पिउने । फलफुलमा आँप, स्याउ, सुन्तला, स्ट्राबेरी, जामुन, भुईकटहर, केरा, खाने ।

निषेध : तारेको, भुटेको, पिरो, मसालेदार खाना नखाने । चिया, कफि तथा धुम्रपानबाट टाडा नै बस्नु राम्रो । तम्बाखु, गुट्खा, नसालु पदार्थ गाँजा, भाँग आदि नखाने । मधपानको सेवन नगर्ने ।

उपचार : असामान्य रुपले स्मरण शक्ति ह्रास भएमा यसले व्यक्तिको दैनिक व्यवहारमा समेत नराम्रो असर पर्न जान्छ । त्यसर्थ बेलामै यसको उपचार गराई हाल्नु पर्छ । होमियोप्याथिकमा यस समस्याको लागि अत्यन्तै राम्रो प्रभावकारी औषधिहरु छन् । जसको प्रयोग बिरामी को मानसिक एवं शारीरिक लक्षणहरुलाई ध्यानमा राखेर गरिन्छ । स्मरण शक्ति कमजोर भएको समस्या हेतु सफलता पुर्वक प्रयोग हुने औषधिहरु निम्न लिखित छन् ।

औषधि : एनाकार्डियम, लाइको पोडियम, एगरिकस मसकेरियस, हेलोबोरस नाईगर, हायोसायमस, मर्कसल, नक्स भोमिका, फासफोरस, सल्फर, जिकंम मेटालिकम, नेट्रम सल्फ, लेक केनम, ग्लोनाईन, केनाबिस ईन्डिका, ईथुजा आदि ।

उपरोक्त औषधिहरुको सेवन आफ्नो नजिकको कुनै प्रशिक्षित होमियोप्याथिक चिकित्सकको सल्लाह लिई लिनु उचित हुनेछ ।

अस्तु ।

Mishradr.lk@gmail.com

Esewa Pasal

प्रकाशित : श्रावण ११, २०७५ १२:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

'एग्जिमा (दाद)' बाट बच्ने उपायहरु

डा. ललित कुमार मिश्र

काठमाडौँ — एग्जिमा (दाद) हेर्दा सामान्य जस्तो देखिने छालाको रोग हो । जुन प्राय, धेरै जसो व्यक्तिमा देखिन्छ । यस रोगबाट पीडित रोगीलाई यस्तो लाग्दछ कि यो रोग कहिले पनि ठिक हुनेवाला छैन । तर, यस किसिमको धारण भने राख्नु ठिक होईन । होमियोप्याथिक चिकित्साबाट यसको उपचार संभव छ ।

लक्षण: एग्जिमा अर्थात दादमा पहिला छालामा रातो भइ सा-साना बिमिराहरु आउँछन् । त्यसमा पानी निस्किन थाल्छ र पाप्रो बस्छ । चिलाउन थाल्छ । कन्ययो भने झन बढेर जान्छ ।

कारण : एग्जिमाको शुरुवात हुने कईयो कारणहरु छन् । बाह्य कारण र अर्को आन्तरिक कारण । बाह्यबस्तुहरुबाट एलर्जी हुनु । जस्तै, साबुन, रबरको चप्पल (हवाई चपल्ल), सिमेन्ट, रगंरोगन, बिन्दी, लिपिस्टिक, नक्कली गरगहना, हेयरडाई, शेविंग क्रिम, फेस क्रिम, चश्माको फ्रेम, घडीको चेन ईत्यादि । यसैगरी कतिपयलाई घाँस परालबाट पनि एलर्जी हुन्छ । कसै-कसैमा खुट्टाको नशा फुल्ने (भेरिकोस भेन) रोग ले गर्दा पनि खुट्टामा एग्जिमा हुन सक्छ । केहि मानिसहरुमा दाद रिगंवर्म (गोलो आकार) मा आएको देखिन्छ । त्यसबाट पानी निस्किन्छ । केहि महिनासम्म ठिक रहन्छ र फेरी त्यस्तै भईहाल्छ । यस किसिमको दाद पुरुषको भन्दा महिलाहरुमा बढी देखिन्छ । यस किसिमको दाद प्राय, कुनै ईन्फेक्शन अथवा एलर्जी ले गर्दा हुन्छ । जबसम्म यसको कारणलाई हटाईंदैन तबसम्म यो बारम्बार भई नै रहन्छ ।

केहि व्यक्तिमा सुख्खा दाद देखिन्छ । जुन कन्याउनले झन बढेर जान्छ । यस किसिमको दाद खास गरी गर्धनको पछाडि, खुट्टा वा पाखुरामा बढी देखिन्छ । यदी टाउकोमा चायाँ (डेन्डड्रफ) बढी छभने केहि व्यक्तिहरुको शरीर फैलिनाले जिउमा नै एक्जिमा हुन्छ । यसैगरी कसै-कसैमा घामको एलर्जीले गर्दा शरीरको खुल्ला भागहरु अनुहार, गर्धन, पाखुरा आदि ठाउँमा रातोभई सा-साना दाना निस्किन्छ । जुन बिस्तारै-बिस्तारै एक्जिमाको रुप धारण गर्दछ । केहि व्यक्तिहरुमा आन्तरिक ईन्फेक्सन, धेरै एलोप्याथिक औषधिको सेवन या रगतको खराबीले हात या खुट्टाको औंलाहरुमा सा-साना पानीको फोका खासगरी गर्मीको याममा एग्जिम हुन्छ । तीन/चार सातामा यो आफै ठिक पनि भई हाल्छ । केहि समय पछि पुन: प्रकट हुन्छ र कन्याउँदा झन बढेर एक्जिमाको रुपमा देखिन्छ ।

केटा-केटीहरुमा पनि हुन्छ एक्जिमा : दाद (एक्जिमा) बयस्यकहरुलाई मात्र हुँदैन कि बालबालिकहरुमा पनि हुन्छ । साना बच्चामा एटोपिक एक्जिमा हुन्छ । जुन सात महिनाको आयुमा बच्चाको अनुहारमा देखिन्छ र केहि महिनासम्म रहन्छ । फेरि ५/६ वर्षको उमेरमा देखिन्छ । अनुहार, पाखुरा र घुँडाको पछाडि भागमा हुन्छ । तीस वर्षको उमेर पछि एटोपिक एक्जिमा हात र खुट्टामा मात्र हुन्छ । केहि बच्चाहरुको अनुहार या कानको पछाडि डेन्ड्रफ (चायाँ) को कारणले पनि दाद हुन सक्छ । यसैगरी बच्चाले पिसाव गरेको कट्टु फेरिएन भने तिघ्रामा लाली या बिमिरा आउँछ र त्यसको उपचार गरिएन भने एक्जिमाको रुप लिन सक्छ ।

बचावका केहि उपायहरु : एक्जिमा हुन नदिन वा यसवाट बच्नको लागि सावधान हुन आवश्यक छ । जुन बस्तुको प्रयोगले छाला रातोहुन्छ, चिलाउँछ, बिमिरा निस्किन्छ त्यस्ता बस्तुहरुको प्रयोग गर्नु हुँदैन । सानो मसिनो बिमिरा आउने बित्तिकै बढि कन्यउनु हुँदैन, पसिना सुकेपछि कन्यउनले पनि एक्जिमा हुन सक्छ । गर्मीमा चिसो वातावरणमा बस्नु पर्छ तथा प्रिकलिहिट पाउडर आदिको प्रयोग गर्नुपर्छ । बच्चाहरुले पिसाव गरेको कट्टु बेला-बेलामा बदलिरहनु पर्छ । घामबाट एलर्जी हुनेले पुरा बाहुला भएको लुगा लगाउने र घाम, बिजुलीको ट्युवलाइटको प्रकाश, टेलिभिजनको किरणबाट बच्नु पर्छ ।

होमियोप्याथिक उपचार : एक्जिमा (दाद) को उपचारको लागि रोगी को मानसिक एवं शारीरिक तथा पारिवारिक लक्षणहरु लाई मध्येनजर राखेर सफलता पूर्वक प्रयोग हुने केहि औषधिहरु निम्न लिखित छन् । औषधिहरु : ग्रेफाईटिस्, मिजेरियम, सल्फर, हिपर सल्फ, साईलिसिया, क्रोटनटिंग, टेल्युरियम, सोराईनम ईत्यादि । अत: एग्जिमाको लक्षण देखिने बित्तिकै आफ्नो नजिकको कुनै प्रशिक्षित होमियोप्याथिक चिकित्सकसंग परामर्श लिई उपरोक्त औषधिहरुको सेवन गर्नु उचित हुन्छ ।
अस्तु ।
Mishradr.lk@gmail.com

प्रकाशित : असार ३१, २०७५ १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT