सधैँ तन्नेरी देखिन दिनहुँ निद्रा आवश्यक

काठमाडौँ — दिनहुँ सात घण्टा मस्तले सुत्ने गरे मुटु जहिल्यै तन्दुरुस्त हुन्छ । यसो भएपछि मुटुसम्बन्धी रोगको जोखिम पनि घट्दै जान्छ ।

सधैँ तन्नेरी देखिन दिनहुँ निद्रा आवश्यक

‘स्लिप’ जर्नलमा प्रकाशित यो अनुसन्धानमा ३० देखि ७४ वर्षसम्मका १२ हजार ७ सय ७५ जनाको स्वास्थ्य तथ्यांक विश्लेषण गरिएको थियो ।

उक्त अनुसन्धानअनुसार, राति ७ घण्टा मजाले निदाउने व्यक्तिमा मुटु बूढो हुने दर सबैभन्दा कम पाइएको छ । ७ घण्टाभन्दा कम वा बढी सुत्ने अभ्यासको सम्बन्ध मुटु स्वास्थ्यसँग जोडिएको छ । अर्कातिर, कम निदाउने व्यक्तिहरूको मुटु गल्दै गएको पाइएको छ ।

राम्रो निद्राका थुप्रै फाइदा छन् । यो कुरा थुप्रै वैज्ञानिक अनुसन्धानले प्रमाणित भइसकेको छ । राम्रो निद्रा लिनाले बढी स्वस्थ र सुन्दर हुन सकिन्छ । गहिरो निद्रामा सुत्ने व्यक्तिहरूले दिनभरि फ्रेस अनुभव गर्छन् । उनीहरूको मन प्रशन्न रहनुका साथै थुप्रै रोगव्याधिबाट टाढासमेत हुने गर्छन् । यस्ता व्यक्तिको शरीरमा स्फूर्ति कायम हुन्छ, ती हरेक काम गर्न अघि सर्ने गर्छन् ।

प्रकाशित : भाद्र २, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?