१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लाभदायक आरु

काठमाडौँ — आरु रसिलो, गुलियो फल हो । यो स्वाद मात्र नभई स्वास्थ्यका लागि समेत निकै फाइदाजनक हुन्छ ।
आरु खाने गर्दा आँखाको ज्योति, छाला, स्नायु प्रणाली, दाँत, हाडको स्वास्थ्य राम्रो भइरहन्छ ।

लाभदायक आरु

शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न यो फल सहायक हुन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स र फाइबर, फ्लोराइड, पोटेसियम, प्रोटिन, नायसिन, भिटामिन बी, राइबोफ्लेबिन, थाइमिन, फोस्फोरस, एन्टिअक्सिडेन्ट, केही जैव रासायनिक तत्त्व पाइन्छन् ।

आरुले शरीरको तौल नियन्त्रणमा समेत सघाउँछ । यसमा थोरै क्यालोरी हुन्छ । यसमा ८० प्रतिशतसम्म पानी र फाइबर हुन्छ । यसै कारण गर्दा ठूलो आरुमा पनि ६८ क्यालोरी मात्र हुने गर्छ ।

आरु फाइबर (रेसा) को राम्रो स्रोत रहेकाले यसको सेवनले छाला चम्किलो हुने गर्छ । यसमा भएको एन्टिअक्सिडेन्टले छिट्टै बुढयौली आउनबाट रोक्छ । अर्थात्, आरु खाने गरे तपाईं शरीरमा बढदो उमेरको प्रभाव कम देखिने गर्छ ।

कपाल बलियो बनाउन आरु उपयोगी मानिन्छ । आयुर्वेदका अनुसार, कपाल झर्ने समस्या भएका व्यक्तिले आरु भेटुन्जेल खाइरहनु उत्तम मानिन्छ । आरुमा यस्तो खनिज पदार्थ हुन्छ, जसले तनाव घटाउन मद्दत गर्छ । भिटामिन सी प्रशस्त मात्रामा पाइने भएकाले यसले हाम्रो रोगप्रतिरोधी क्षमता बलियो बनाउँछ । एउटा ठूलो आरुले दैनिक भिटामिन ‘सी’ को आवश्यकताको १९ प्रतिशतजति पूर्ति गर्ने गर्छ । यसमा पाइने पोटासियम मृगौलाका लागि धेरै लाभदायक मानिन्छ ।

आरु आँखाको स्वास्थ्यका लागि समेत उपयोगी हुन्छ । यसमा पाइने भिटाक्यारोटिन हाम्रो शरीरमा भिटामिन ‘ए’ बन्न आवश्यक हुन्छ । भिटामिन ‘ए’ रेटिनालाई स्वस्थ राख्न अत्यावश्यक हुने गर्छ ।

यसमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरबाट जोगाउँछ । यसमा भएको फेलोनिक यौगिक क्यान्सरजस्तो गम्भीर रोगलाई बढनबाट रोक्छ । यति मात्र हैन, केही अध्ययनको दाबीअनुसार आरुले किमोथेरापीको साइड इफेक्टबाट बच्ने क्षमता समेत बढाउँछ ।

यसमा पाइने केही पोषकतत्त्वले मुटु र रक्तसञ्चार प्रणालीलाई स्वस्थ राख्न सघाउँछन् । यसमा भएको भिटामिन ‘के’ रगत जम्न नदिन राम्रो मानिन्छ । यसमा पाइने आयरन रक्तअल्पताको रोकथाम गर्छ । यसमा पाइने लाइकोपिन र लुटेइनजस्ता यौगिकले मुटुसम्बन्धी रोगको जोखिम कम गर्छन् ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?