अल्छी व्यक्ति दीर्घायु

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रोसिडिङस अफ द रोयल सोसाइटी जर्नलमा प्रकाशित अध्ययनले अल्छीहरूको मुहारमा खुसी ल्याइदिएको छ । त्यसअनुसार अल्छी व्यक्तिहरू दीर्घायु हुन्छन् ।

प्राणीका २९९ प्रजातिको बानीबेहोराबारे गरिएको अध्ययनले उक्त निष्कर्ष निकालेको त्यो जर्नलमा उल्लेख छ ।

सक्रिय व्यक्तिमा मेटाबोलिज्मको दर बढी हुन्छ । यही सक्रियताले त्यस्ता व्यक्तिलाई चाँडो सिध्याइरहेको पनि हुन्छ ।

Yamaha

ती प्राणीमा गरिएको अनुसन्धानले भनेको छ– जीवजगत् यहाँसम्म आइपुग्दा विलुप्त हुनबाट जोगिएका छन्, ती अल्छी भएका कारण जोगिएका हुन् । बढी ऊर्जाको उपयोग गर्ने प्रजाति लोप जोखिम त्यति नै रहेको उल्लेख गर्दै त्यसमा मोलस्क (शंखेकीरा) प्रजातिको जीवको अध्ययन गर्दा यो तथ्य पत्ता लागेको बताइएको छ ।

जुन जीव बढी सक्रिय थिए, ती ५० लाख वर्षअघि नै विलुप्त भए र जो अहिले पाइने गरिएका छन्, ती अल्छी जस्तै चुपचाप बसिरहन्छन् । यी जीवमा मेटाबोलिज्मको दर निकै कम हुने गरेको छ ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

स्टिम बाथ गर्दा मुटु रोगको जोखिम कम

कान्तिपुर संवाददाता

काठमाडौँ — दिनहुँ साउना बाथ (वास्पस्नान) गर्दा शरीरले आराम मात्र पाउँदैन, मुटु रोग र मानसिक विकारको जोखिमसमेत कम हुँदै जान्छ । हालैको एउटा अनुसन्धानमा यस्तै दाबी गरिएको छ ।

उक्त अनुसन्धान जर्नल मायो क्लिनिक प्रोसीडिङमा प्रकाशित छ । त्यसअनुसार, साउना बाथले मुटु रोग, फोक्सो रोग, उच्च रक्तचापसँग सम्बन्धित रोग, न्युरो काग्निटिभ रोगहरू, मानसिक विकार हटाउन राम्रो भूमिका खेल्ने गर्छ ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT