स्वास्थ्य
भाद्र ११, २०७५

जीवनशैली नमिल्दा ढाडको समस्या

तपाईंको दैनिकी कस्तो छ ? बिहान उठ्ने, खाना खाने, कार्यालय जाने अनि बेलुका अबेर घर फर्किएर खाना खाने, सुतिहाल्ने । यदि जीवनशैली यस्तै छ भने तपाईं नजानिँदो ढंगले ढाड, गर्धन र हाडजोर्नी दुख्ने समस्याको सिकार बन्नुहुन्छ ।

भाद्र १०, २०७५

ह्याम्समा ओस्टियोपोरोसिस रोगको नि:शुल्क शिविर सम्पन्न

नेपालभर नै बढ्दै गइरहेको जेष्ठ नागरिकहरुको जनसंख्यालाई मध्यनजर गर्दै वृद्ध अवस्थामा धेरैमा देखिने ओस्टियोपोरोसिस र हाडजोर्नीको विभिन्न समस्यालाई बेलामा नै पहिचान गरी उपचार गर्नका लागि काठमाडौंको धुम्बराईस्थित ह्याम्स अस्पतालले नि:शुल्क शिविरको आयोजना गरेको छ ।

भाद्र ९, २०७५

घामबाट जोगिऔँ

कतिपय मान्छेलाई उमेरभन्दा बूढो देखिन्छ । यसो हुनुमा गर्मी मौसममा घामबाट छालालाई नबचाउनु मुख्य कारण हुन सक्छ । त्यसैले पनि आफूलाई तन्दुरुस्त र जवान राखिराख्न छालाको स्याहारमा ध्यान दिनुपर्छ ।

लाभदायक आरु

आरु रसिलो, गुलियो फल हो । यो स्वाद मात्र नभई स्वास्थ्यका लागि समेत निकै फाइदाजनक हुन्छ ।आरु खाने गर्दा आँखाको ज्योति, छाला, स्नायु प्रणाली, दाँत, हाडको स्वास्थ्य राम्रो भइरहन्छ ।

अल्छी व्यक्ति दीर्घायु

प्रोसिडिङस अफ द रोयल सोसाइटी जर्नलमा प्रकाशित अध्ययनले अल्छीहरूको मुहारमा खुसी ल्याइदिएको छ । त्यसअनुसार अल्छी व्यक्तिहरू दीर्घायु हुन्छन् ।

ADVERTISEMENT

स्टिम बाथ गर्दा मुटु रोगको जोखिम कम

दिनहुँ साउना बाथ (वास्पस्नान) गर्दा शरीरले आराम मात्र पाउँदैन, मुटु रोग र मानसिक विकारको जोखिमसमेत कम हुँदै जान्छ । हालैको एउटा अनुसन्धानमा यस्तै दाबी गरिएको छ ।

भाद्र ६, २०७५

मस्तिष्क मृत्युः दुई वर्षमा दुई जनाको अंग प्रत्यारोपण

मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपण सम्बन्धी कानुन बनेको दुई वर्षमा दुई जनामा मात्रै त्यस्तो अंग प्रत्यारोपण गरिएको छ । 

भाद्र २, २०७५

मस्तिष्कमा फित्तेकिराको फुल

हाम्रो मुलुकमा वयस्क जनसंख्यामा पहिलो चोटि भेटिने छारे रोगमा करिब ६० प्रतिशतलाई फित्तेकिरा (टेप वर्म) को फुल मस्तिष्कमा पुगेर यो जटिलता निम्तिने गरेको छ । यो रोगलाई चिकित्सकीय भाषामा न्युरो सिस्टिसर्कोसिस भनिन्छ । यो रोग सुँगुरमा पाइने फित्तेकिरा ‘टानिया सोलियम’ ले गर्दा हुन्छ ।

सधैँ तन्नेरी देखिन दिनहुँ निद्रा आवश्यक

दिनहुँ सात घण्टा मस्तले सुत्ने गरे मुटु जहिल्यै तन्दुरुस्त हुन्छ । यसो भएपछि मुटुसम्बन्धी रोगको जोखिम पनि घट्दै जान्छ ।

तुलसीको बीउ

धार्मिक रूपले पनि धेरैजसो नेपालीका आँगनमा तुलसीको मोठ हुने गर्छ । तर तुलसीको धार्मिकबाहेक आयुर्वेदिक महत्त्व पनि उत्तिकै छ । पौराणिककालदेखि नै तुलसीलाई विभिन्न रोगसँगै रोग प्रतिरोधक क्षमता बढाउनमा पनि उपयोग गर्दै आइएको पाइन्छ ।