मद्यपानको सुरक्षित मात्रा हुन्न : अध्ययन

कान्तिपुर संवाददाता

काठमाडौँ — मद्यपान थोरथोरै दिनहुँ गर्दा स्वास्थ्यलाई हानि गर्नुको साटो फाइदै गर्छ भन्ने सुन्दै आउनुभएको होला तपाईंले ।

हुन पनि सामान्य अवस्थाका महिलापुरुषले नियमित रूपमा एकाध पेग लगाउँदा शरीरले ऊर्जा पाउँछ भनिँदै आएको थियो ।

तर, पछिल्लो अध्ययनले मद्यपानका फाइदासम्बन्धी पहिलेका यावत् दाबी झूटो रहेको ठोकुवा गरेको छ । त्यसअनुसार मद्यपानको कुनै सुरक्षित मात्रा हुँदैन । सन् २०१६ मा मद्यपानका कारण विश्वभर करिब ३० लाख व्यक्तिको मृत्यु भएको थियो । तीमध्ये १२ प्रतिशत १५–४९ वर्ष उमेर समूहका थिए ।

Yamaha

१ सय ९५ मुलुकमा मदिराको उपयोग र यसले स्वास्थ्यमा पर्ने असरबारे गरिएको उक्त अध्ययन ‘ल्यान्सेट’ मा प्रकाशित छ । त्यस अध्ययन अनुसार, मदिरा स्वास्थ्यका लागि ठूलो खतरा हो । मद्यपान र असामयिक मृत्यु, मुटु रोग वा क्यान्सर आदिमा स्पष्ट एवं ठोस सम्बन्ध पाइएको छ ।

विशेषज्ञहरूले थुप्रै वर्षदेखि भन्दै आएका थिए— अलिअलि मद्यपान अर्थात दिनहुँ महिलाको लागि एक पेग र पुरुषका लागि दुई पेग सम्भवत: समग्र स्वास्थ्यको लागि नराम्रो हुन्न । तर पछिल्लो अध्ययनको दाबीअनुसार, कुनै पनि रूपमा मद्यपान नगर्नाले नै समग्र स्वास्थ्यमा उत्पन्न हुन सक्ने जोखिम कम हुन्छ ।

मद्यपानले भएका मृत्युका सबै केस र त्यसले स्वास्थ्यमा पार्ने प्रभाव निक्र्योल गरेर अनुसन्धाताहरू उपर्युक्त निष्कर्षमा पुगेका हुन् ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एउटै वस्तुबाट जोगिँदा दीर्घायु

कान्तिपुर संवाददाता

काठमाडौँ — हालैको एउटा अध्ययनको दाबीअनुसार, यदि तपाईं लामो जीवन पाउन चाहनुहुन्छ भने, खानपानमा कार्बोहाइड्रेटको मात्रालाई सीमित गर्नुस् ।

खानामा आवश्यकताभन्दा कम वा बढी कार्बोहाइड्रेट लिनेहरू अल्पायु मृत्युको जोखिममा हुने गर्छन् ।

४५–६४ वर्ष उमेर समूहका १५ हजार ४ सय २८ व्यक्तिमा गरिएको यो अध्ययन ‘ल्यान्सेट’ मा प्रकाशित छ । सहभागीहरूमध्ये पुरुषले दिनहुँ ६००–४२०० किलो क्यालोरी ऊर्जा ग्रहण गर्थे भने महिलाले ५००–३६०० किलो क्यालोरी ।

अनुसन्धानअनुसार, कार्बोहाइड्रेटमा ४० प्रतिशतभन्दा कम वा ७० प्रतिशतभन्दा बढी ऊर्जा ग्रहण गर्नाले मृत्युको जोखिम बढछ । तर कार्बोहाइड्रेटका रूपमा ५०–५५ प्रतिशत ऊर्जा लिनेहरूको छिटो मृत्यु हुने सम्भावना कम हुन्छ ।

अनुसन्धानको आकलन अनुसार, सीमित मात्रामा कार्बोहाइड्रेट खानेहरूको आयु आवश्यकताभन्दा कम कार्बोहाइड्रेट खाने व्यक्तिको तुलनामा चार वर्ष बढी पाइयो ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT