केरा

काठमाडौँ — केरा अर्थात् जुनसुकै मौसममा प्राय: हरेक ठाउँमा पाइने फल । केरा सबैको पहुँचमा मात्रै हुन्न, खाँदा अत्यधिक फाइदा पनि हुन्छ ।

केरा

यसमा पोटासियम, क्याल्सियम, आइरन, म्याग्निज, फोलेट, नियासिन, भिटामिन बी ६, रिबोफ्लोविनजस्ता थुप्रै आवश्यक भिटामिन र खनिज हुन्छन् । यो फल हाम्रो सम्पूर्ण स्वास्थ्यका लागि फाइदाजनक छ, शरीर सञ्चालन सुचारु राख्न अति सहयोगी हुन्छ ।

केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ, जसले मुटु स्वास्थ्यलाई सकारात्मक राख्न विशेष भूमिका खेल्छ । शरीरमा पोटासियमको कमी भए धड्कन अनियमित हुन सक्छ । पोटासियमले रक्तचापलाई मात्र नियन्त्रणमा राख्दैन, मृगौलालाई पनि आरामले काम गर्न दिन्छ । मृगौलामा हुने क्यान्सर रोक्न प्रभावकारी हुन सक्छ ।

केरा नियमित रूपमा खाँदा रक्तचाप नियन्त्रण हुन्छ । मुटु र धमनीमा रोग लाग्ने जोखिम कम हुन्छ । यसमा भएको म्याग्नेसियम मुटुलाई सामान्य रूपमा सञ्चालन गर्न अत्यावश्यक मानिन्छ ।

केरामा पाइने भिटामिन ए शरीरको बोसोमा चाँडै घोलिने गर्छ । भिटामिन ए आँखाको स्वास्थ्यका लागि नभई आवश्यक हुन्छ । भिटामिन एको पर्याप्त मात्रा आँखालाई तन्दुरुस्त राख्न नभई हुन्न ।

केरामा भएको आइरनको उच्च मात्राले रगतको कमीलाई हटाउँछ । भिटामिन बी ६ ले रगतमा चिनीको स्तरलाई चाहिने मात्रामा राख्छ ।

केराले हाम्रो पेटको बीएच स्तरलाई सन्तुलित राख्न सघाउँछ । यसमा भएको स्टार्च आन्द्राका लागि फाइदाजनक हुन्छ । यसले पाचनतन्त्रलाई बलियो बनाउन सघाउँछ ।

केही अध्ययनमा उल्लेख भएअनुसार, पाकेको केरामा पाइने पेक्टिनले पेटको क्यान्सरबाट जोगाउँछ । यसले कब्जियतको समस्याबाट समेत राहत दिन्छ । यसमा भएको फाइबरले पाचनक्रियालाई ठीक राख्छ ।

केरा सधैं खाने गरे उदासी रोग (डिप्रेसन) का बिरामीले आराम पाउँदै जान्छन् । केरामा यस्तो प्रोटिन पाइन्छ, जसले खाने मानिसलाई तत्काल आराम अनुभव गराउन सक्छ । केरामा पाइने ट्राइप्टोफान एमिनो एसिडले सेरेटोनिन हार्मोन उत्पन्न गर्छ । यसका कारण मुड राम्रो भएर तनाव हट्छ । यसैले गर्दा डिप्रेसनको बिरामीले केरा खाइरहनु राम्रो मानिन्छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?