कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शारिरिक समस्या भएका बालबालिकालाई आत्मनिर्भर बनाउन फिजियोथेरापी

सन्दर्भ : विश्व फिजियोथेरापी दिवस
समिद कतिला श्रेष्ठ

काठमाडौँ — फिजियोथेरापी उपचारले विगतको एक दशकमा उल्लेखनीय सफलता हासिल गरेको छ । केही वर्ष अगाडि सिमित हस्पिटलमा मात्र उपलब्ध रहेको यो सेवा हाल विभिन्न हस्पिटल, पूनर्स्थापना केन्द्र, संस्था, क्लिनिक आदीमा प्राप्त गर्न सकिन्छ । 

शारिरिक समस्या भएका बालबालिकालाई आत्मनिर्भर बनाउन फिजियोथेरापी

विगतमाभन्दा बिरामीहरुको चाप पनि निकै बढेको फिजियोथेरपिस्टहरु बताउँछन् । हाड-जोर्नी, नसा, प्रसुती तथा अन्य धेरै विधाका विषेशज्ञ डाक्टरहरुले पनि बिरामीहरुलाई फिजियोथेरापीको महत्त्व सम्झाएर फिजियोथेरापीमा रेफर गर्ने गरेका छन् ।


बद्लिँदै गरेको उपचार पद्धितामा फिजियोथेरापीको भूमिका पनि प्रमुख रहेको छ । प्रायजसो फिजियोथेरापी भन्ने बितिकै हाड खिईएको, नसा च्यापिएको, दुखाई जस्तो लक्षण भएका रोगहरुको लागि भन्ने बुझिए पनि यो उपचार धेरै विधामा उपयोग हुन्छ । जसमध्ये बाल फिजियोथेरापी पनि एक हो ।


बाल फिजियोथेरापीमा धेरै जसो जन्मजात समस्या भएका रोगहरु हुन्छन् । कति समस्याहरु बालक आमाको पेटमै हुँदा हुन्छ भने कति समस्या जन्मँदै गर्दा वा जन्मिसके पछि पनि हुने गर्छ । समस्याहरु विभिन्न खाले हुन्छन् । केहि ठीक हुने खाले हुन्छ त केहि समस्या पछिसम्म असर गर्नसक्ने खाले पनि हुन्छन् । पछि सम्म रहीरहने वा शाररिक असक्तता भएका बालकहरुको पनि उपचार गर्नुपर्ने हुन्छ ।


मस्तिस्क पक्षघात (सेरीब्रल पाल्सी), मस्कुलर डिस्ट्रिफी आदी रोगहरु भएका बल-बालिकामा शारिरिक समस्या धेरै हुन्छन् । यस्तोमा राम्रोसँग फिजियोथेरापी गरे उनीहरुलाई आत्मनिर्भर बनाउन सकिन्छ ।


फिजियोथेरापी उपचार को मुख्य उदेश्य भनेकै आत्मनिर्भर बनाउनु हो । कसरी समस्या भएका बाल-बालिकालाई आफ्नो दैनिक कार्यहरु गर्न लगाउने, उनीहरुको जीवन कसरी सरल बनाउने र पछि हुनसक्ने समस्याहरुबाट कसरी बच्ने भने जस्ता कुराहरुमा विशेष ध्यान दिईन्छ ।

तर ठुला मान्छेहरुलाई जस्तो फिजियोथेरापी गराउन भने सजिलो हुँदैन साना बालकहरुलाई । दिन-दिनै उस्तै ब्याम गराउँदा उनीहरु झर्को मान्छन्, अल्छि गर्छन् । केहि साना बालकहरु त फिजियोथेरापी गर्ने कोठामा पस्ने बितिकै रुन सुरु गर्छन् । त्यसैले उनीहरुलाई ब्यायाम गराउँदा, उपचार गर्दा खेलाउँदै गर्नुपर्छ । समय दिएर बिस्तारै गर्नुपर्छ । उनीहरुलाई के खेल्न मन लाग्छ, के सुन्न मन लाग्छ, के हेर्न मान लाग्छ सबै फिजियोथेरपिस्टले बुझेर अनि मात्र उसको उपचार सुरु गर्नुपर्छ ।


प्राय जसो बालकहरुको फिजियोथेरापी उपचार निकै समय लाग्ने हुँदा पछि घुलमिल हुन सजिलो हुन्छ । ठुला मान्छेहरुलाई झैँ १, २, ३ गन्दै ब्यायाम गराउँदा उनीहरु झर्को मान्ने र नगर्ने हुँदा उनीहरुलाई सम्पूर्ण ब्यायाम खेलमा वा अन्य कुनै मनोरंजन गर्ने तरिकाले बदल्नु फिजियोथेरपिस्टको खुबी हो ।


त्यसैले फिजियोथेरापी मा गरिने उपचारलाई खेलको मध्यमबाट गरिए 'प्ले थेरापी' भनिन्छ भने 'म्युजिक थेरापी'मा संगीतको प्रयोग हुन्छ । बिशेषगरी बाल-बालिकाको फिजियोथेरापी गर्दा उनीहरुले हामीले भनेजस्तो गर्ने भन्दा पनि कसरी उनीहरुलाई खेलाउँदै त्यही ब्यायामहरु गराउने भन्ने कुरामा विचार पुराउन जरुरी हुन्छ ।


श्रेष्ठ वि.पि नेत्र प्रतिष्ठान, लोकन्थलीमा बाल फिजियोथेरपिस्ट विशेषज्ञका रुपमा कार्यरत छन् । उनी नेपाल फिजियोथेरापी संघका महासचिव पनि हुन् ।


प्रकाशित : भाद्र २४, २०७५ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?