कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कारगीलमा डा. रूइतले गरे मोती विन्दुको शल्यक्रिया

काठमाडौँ — भारतको जम्मु कश्मिर राज्यको कारगिलमा  वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतको नेतृत्वमा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

कारगीलमा डा. रूइतले गरे मोती विन्दुको शल्यक्रिया

स्थानीय सरकारको निमन्त्रणामा तिलगंगा आँखा प्रतिष्ठानले मोतियाविन्दु शल्यक्रिया कार्यशाला सम्पन्न गरेको हो । कार्यशालामा १ सय ४७ जना बिरामीहरुले मोतिविन्दुको शल्यकृया सेवा पाएका छन् ।


तिलगंगाको प्राविधिक सहयोगमा स्थानीय नेत्र रोग विशेषज्ञ र त्यहाँको चिकित्सक समूहलाई आउने महिना अन्तर्राष्ट्रिय प्रविधि अध्ययन तथा हस्तान्तरणका लागि तिलगंगामा आवश्यक तालिमको व्यवस्था समेत मिलाइएको डा रूइतले बताए ।


प्रतिष्ठानको अन्धोपन निवारणको विश्वव्यापी प्रतिबद्धता अन्तर्गत नै उक्त तालिम दिन लागिएको हो । जम्मु कश्मीर राज्यको चट्टानवेष्ठित कारगिल सरयु नदीको किनारामा अवस्थित छ ।

प्रकाशित : भाद्र २८, २०७५ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?