१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

किशोरकिशोरीको पहुँचमा पुगेन परिवार नियोजन

अतुल मिश्र

काठमाडौँ — मुलुकमा करिब ३५ प्रतिशत किशोर किशोरीलाइ परिवार नियोजनको आवश्यता भएपनि उनिहरु सेवा लिन सकेका छैनन् ।

किशोरकिशोरीको पहुँचमा पुगेन परिवार नियोजन

विवाहको कानुनी उमेर २० वर्ष भएपनि मुलुकमा करिब ५२ प्रतिशत महिलाको विवाह १८ वर्ष सम्म भइसक्छ ।


स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाद्वारा मंगलबार आयोजित पाचौँ राष्ट्रिय परिवार नियोजन दिवसको अवसरमा विज्ञहरुले उक्त कुरा औँल्याएका छन् । मुलुकभरी ‘किशोर किशोरीको सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ ।


‘यसरी एउटा ठुलो जमात सेवा वाट वञ्चित छ’, परिवार कल्याण महाशाखाका निर्देशक डा.आरपी बिच्छाले भने,‘यसो हुनुमा उनीहरुमा पहुँचको अभाव, ज्ञानको कमी, सामाजिक कारण लाज आदिले गर्दा भएको आँकलन गरिन्छ ।


मुलुकको कुल जनसंख्याको करिब एक चौथाइ किशोर-किशोरी छन् । विज्ञहरुको अनुसार १५ वर्ष भित्र बच्चा पाउने किशोरीहरु २ प्रतिशत छन् भने १९ वर्षसम्म बच्चा पाउने किशोरी ३६ प्रतिशत छन् । यति मात्र नभई मुलुकमा ५ जना मध्ये एक जना विवाहित किशोरीहरु आमा बनी सकेका छन् वा गर्भवती छन् ।


उसो करिब ४२ वर्षअघि हाम्रो मुलुकमा कुल प्रजनन् दर ६ दशमलव १ भए पनि हाल यो दर २ दशमलव ३ छ । यो दर सकारात्मक रहे पनि उल्लेख्य किशोर किशोरीहरु परिवार नियोजनको सेवा लिन नसकेको वर्तमानस्थिती दुःखद रहेको विज्ञहरु बताउँछन् ।


किशोर किशोरीको समुदायलाई परिवार नियोजन सेवाको सहज पहुँचमा पार्नु अत्यावश्यक रहेको औँल्याउदै डा.विच्छाले परिवार नियोजनमा १ डलरको लगानीले १६ डलर बराबरको फाईदा पुग्ने कुरा स्थापित भइसकेको बताए ।


जनसंख्या व्यवस्थापन गर्ने सबैभन्दा राम्रो औजार परिवार नियोजन रहेको जनाउँदै स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा.सुशिल नाथ प्याकुरेल आधारभुत स्वास्थ्य सेवा अन्तर्गत परिवार नियोजनलाइ समावेस गर्नु पर्नेमा जोड दिन्छन् ।


मुलुकमा अझै उमेर नपुगेकाहरुले बच्चा पाउने स्थिति कायम रहेको जनाउँदै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनीले किशोर-किशोरीमा परिवार नियोजनको सहज, सस्तो र उपयुक्त पहुँच हुनुपर्ने बताए ।


मुलुकमा एक सय वर्षमा दुइ करोड १० लाख जनसंख्या थपिएको जनाउदै स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले वेलैमा सचेत नभए यसले सवैखाले समस्या जन्माउने बताए ।

प्रकाशित : आश्विन २, २०७५ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?