सुर्तीजन्य पदार्थ नियन्त्रणमाा जोड

काठमाडौँ — जनतालाई सु:ख र खुसी दिने उद्देश्यले निर्माण गरिएका कानून कार्यान्वयन गर्नु राज्यको प्रमुख दायित्व भएको पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताएका छन् । 

स्वास्थ्य मन्त्रालय, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्च नेपालले सुर्तीजन्य पदार्थी सम्बन्धी कानुन कार्यान्वयन विषयको छलफलमा बोल्दै पूर्वप्रधानन्ययाधीश श्रेष्ठले राज्यले कुनै पनि नराम्रो कुरालाई पश्रय दिएर त्यहाँबाट आर्थीक लाभ उठाउन नहुने बताए ।


‘सुर्तीजन्य पदार्थबाट राज्यले कर उठाएको छ भन्नु पापको धन उठाएर पुण्य गर्नु दिनु बराबर हो ।’ उनले भने,‘हजारौँ मानिसको मृत्यु गराउने कुराको पक्षमा न सरकार लाग्न सक्छ न त न्यायलय नै लाग्छ । ’


पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले प्रत्येक वर्ष २५ हजार भन्दा बढी नेपाली जनता मार्ने सुर्ती उद्योग नचाहिने जिकिर गरे । उनले भएको कानुनलाई कडाइका साथ लागू गर्नुको विकल्प नभएको बताए ।


स्वास्थ्य सचिव डा सुसिल प्याकुरेल नसर्ने रोगको लागि सरकारले प्रत्यक्ष २ अर्ब खर्च गर्ने गरेको बताए । स्वास्थ्य मन्त्रालय सुर्तीजन्य पदार्थ कानुन कार्यान्वयनमा प्रतिबद्ध भएको बताए ।


कठमाडौका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आर्चायले नियम मिच्ने कुनै पनि सुर्ती जन्य पदार्थलाइ नियन्त्रणमा लिई कारबाही गरिने बताए । लागू पदार्थ सेवनको सुरुवात नै सुर्तीजन्य पदार्थको सेवनबाट सुरु हुने हुँदा यसलाइ रोक्नुपर्ने बताए ।

प्रकाशित : मंसिर १, २०७५ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?