कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ लाख बालबालिकाको दृष्टि दोष परीक्षण गरिने

अतुल मिश्र

काठमाडौँ — सुनसरी र झापा जिल्लाका करिब ५ लाख बालबालिकाको आँखा परीक्षण गरेर उपचार लगायतका प्रकृया गरिने भएको छ ।

५ लाख बालबालिकाको दृष्टि दोष परीक्षण गरिने

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मंगलबार बालबालिकामा हुने दृष्टि दोष सम्बन्धि एउटा कार्यक्रमको शुभारम्भ गर्दै यसले बालबालिकाको आँखा स्वास्थ्यमा सकारात्मक भूमिका खेल्ने बताए ।


नेपाल नेत्रज्योति संघ र अर्विस इन्टरनेसनलको सहकार्यमा 'रिफ्राक्टिभ इरर एमोङ चिल्ड्रेन प्रोग्राम' (रिच) सुरु भएको हो ।


संघका कार्यकारी निर्देशक शैलेश कुमार मिश्रले कार्यक्रम अन्तर्गत विराटनगर आँखा अस्पताल, सुनसरी जिल्ला र मेची आँखा अस्पताल झापा जिल्लाका सबै विद्यालय जाने बालबालिकाको आउँदो ३ वर्षमा आँखा जाँच गरिने छ ।


यस्तो जाँच पछि आवश्यक पर्नेलाइ चस्मा वितरण गर्ने मात्र नभइ विशेष उपचार आवश्यक भएकालाई अस्पताललमा लगेर उपचार समेत गरिने उनले बताए ।


बालबालिकाको दृष्टि दोष सम्बन्धि बृहत जाँचले उनीहरुको आँखा स्वास्थ्यमा उल्लेखनीय सुधार आउने जनाउँदै संघका अध्यक्ष प्राडा तीर्थ प्रसाद मिश्रले २ जिल्लामा यो कार्यक्रम सफल भएपछि देश भरी नै लागू गरिने समेत उल्लेख गरे ।


मुलुकमा नेत्र ज्योति संघ अन्तर्गतको आँखा अस्पताल लगायतका ठाउँहरुबाट ९० प्रतिशत भन्दा बढी आँखा स्वास्थ्य सम्बन्धि सेवा प्रदान भइरहेको छ ।

प्रकाशित : मंसिर १८, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?