२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

किन हुन्छ जाडोयाममा डिप्रेसन ?

डा. ललित कुमार मिश्र

काठमाडौँ — जाडोको याममा डिप्रेसन हुनु, एक मानसिक समस्याको रुपमा देखिन्छ । डिप्रेसन हुनुमा यसका अनेकौँ कारणहरु हुन सक्छन् ।

किन हुन्छ जाडोयाममा डिप्रेसन ?

यदि तपाईँ जाडोयाममा वा अन्य मौसमको अपेक्षा आलस्य, थकानका साथै उदासीपन महशुश गर्नुहुन्छ भने तपाई सिजनल एफेक्टिभ डिसअर्डर को समस्याबाट पीडित हुनुहुन्छ । जाडोको मौसममा प्राय;गरी दिउँसो सूर्यको प्रकाश (घाम) कमै पाईन्छ अर्थात् घामै लाग्दैन । यस्तो अवस्थामा हाम्रो मस्तिष्कमा रहेको 'सेरोटोनिन' नामक रसायन तत्व प्रभावित हुन्छ । जसले गर्दा हाम्रो मुड विनाकारण त्यसै जति खेरपनि खराब नै रहन्छ । यसरी बराबर मुडआफ भइरहने अवस्थाले हामीलाई डिप्रेसनको सिकार बनाउन सक्छ ।


के हो सिजनल आफेक्टिभ डिसाडर्र ?

यस रोगको बारेमा चिकित्सा विज्ञानमा सर्वप्रथम सन्-१९८० को दशकबाट नै देखिन्छ । हालाकी यसभन्दा अगाडि पनि कयौँ चिकित्सक तथा बिरामीहरुमा यसको जानकारी थियो कि जाडोको सुरु हुने बितिक्कै व्याक्तिको स्वभावमा बदलाव देखिन सुरु भैहाल्थ्यो ।


सिजनल आफेक्टिव डिसाडर्रलाई विन्टर डिप्रेसन पनि भनिन्छ । विश्वमा यस्ता देशहरु पनि छन् जहाँ दिन लामो तथा घामको सर्वथा अभाव रहिरहन्छ । त्यस्ता मुलुकहरुमा विन्टर डिप्रेसनका रोगीहरु भेटिनु एक आम समस्या बनेको छ । जस्तै नर्वे,रसियाको नर्थपोल, डेनमार्क, फिनलेन्ड, ग्रिनलेन्ड, स्विडेनको भागमा जहाँ वर्षको ६ महिना रात र ६ महिना दिन रहन्छ । त्यहाँ विन्टर डिप्रेसनका समस्याबाट पीडित व्याक्तिहरु बढी भेटिन्छन् । यही कारण होला कि त्यहाँका मानिसहरुमा आत्महत्या गर्नेको संख्या सबैभन्दा बढि देखिन्छ।


लक्षणहरु

लगातार थकान महशुस हुनुका साथै दैनिक काममा मन नलाग्नु, नकारात्मक विचारहरु बारम्बार आइरहनु, निन्द्रा नलाग्नु या अत्यधिक निन्द्रा लाग्नु,कार्बोहाइड्रेडयुक्त चिजहरु खान मन लाग्नु जस्तै- रोटी, ब्रेड, पास्ता, पिज्जा आदि, शरीरको तौल तीव्र गतिले बढ्नु ।


कसरी बच्ने

दिनचर्या निर्धारित गर्ने,प्रत्येक दिन योग अभ्यास, ध्यान र व्यायाम गर्ने,खाना थोरै तर दिनको ३/४ पटक खाने, हरियोसागपात, फलफुलको जुस, माछा बढी मात्रामा खाने,बिहान अबेर सम्म नसुत्ने,दिउँसोको खाना((लन्च) सम्भव भए घाम मा बसेर खाने,बिदाको दिनलाई आनन्दमय बनाउनाउन खोजे यो रोगबाट बच्न सकिन्छ ।


उपचार

यो रोगबाट प्रभावित व्याक्तिहरुको उपचार लाईट थेरापी अन्तर्गत २ प्रकारले गरिन्छ;ब्राईट लाईट ट्रिटेमेन्ट र दोश्रो डानसिभुलेसन ।


ब्राइट लाईट ऊपचार अन्तर्गत रोगीलाई लाईट बक्सको अगाडि प्रत्येकदिन बिहान- आधा घन्टासम्म वस्न लगाइन्छ भने डानसिभुलेसनमा बिहान सुतैको बेलामा रोगी छेउमा मन्द प्रकाश जिउमा लगाईन्छ, जुन पछि विस्तारै प्रकाश तेज हुँदै जान्छ। अर्थात् सुर्योदय जस्तै कृत्रिम वातावरण तयार पारिन्छ।


यस बाहेक डिप्रेसन हटाउने औषधी मनोचिकित्सकको सल्लाहमा दिईन्छ । यदि बिरामी उग्ररुपमा छैन सामान्य अवस्थामा छ भने बिरामीलाई मनोपरामर्श अन्तर्गत कग्निटिभ बिहाभेरियल थेरापी विधिको प्रयोग गरी उपचार गरिन्छ ।


योगाभ्यासः

यसको उपचारको लागि केहि आसनहरु छन् । जसको नियमित अभ्यासले निकै फाइदा पुर्याउनुका साथै यस समस्याबाट बाहिर ल्याउन केहि हद्दसम्म सहयोग गर्दछ । ती आसनहमा मेडिटेशन, प्राणायाम, अनुलोमबिलोम, कपालभाति, भ्रामरी आदि । यि आसनहरु कुनै योग गुरुको सानिध्यमा बसेर गर्नुपर्ने हुन्छ ।


होमियोप्याथिक उपचार

यस विधिमा रोगीको मानसिक एवं शारीरिक लक्षणलाई मध्यनजरमा राखेर समष्टिगत रुपमा रोगीको अध्यनगरी उपचार गर्ने गरिन्छ ।


प्रायःगरी सिजनल अफेक्टिभ डिसअर्डरका रोगीहरुमा परीक्षणको समय देखापर्ने मानसिक लक्षणहरुमा उदासीपन,निरास हुनु, हतास हुनु, जिन्दगी बेकार हो जस्तो लाग्ने, एकलै बस्न चाहने, साथी मन नपर्ने, संगित सुन्दा रमाइलो लाग्ने, कुनै वस्तुमा ध्यान केन्द्रित गर्न नसक्ने, आत्महत्या गर्ने बारे मनमा विचार आउने, गुलियो खाने ईच्छा हुनेहरु हुन् ।


जाडोको मोसममा हुने विन्टर डिप्रेसनको रोगोपचारमा प्रयोग गरीने मुख्य होमियोप्याथिक औषधिहरु निम्नलिखीत छनः


औषधीहरुः

आरममेटालिकम, रसटक्स, फासफोरस, सिपिया, इग्नेशिया आदि । यी औषधीहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि होमियोप्यथिक चिकित्सकको सल्लाह लिइ गरेमा अत्यन्त लाभदायक हुनेछ ।


[email protected]

प्रकाशित : मंसिर २३, २०७५ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?