१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निद्रा हिँड्ने बानी कि रोग ?

काठमाडौँ — निद्रामा हिँड्ने विषयवस्तुमा आधारित सन् १९६८ को सुपरहिट फिल्म निलकमल धेरैले हेरेको हुनुपर्छ । निद्रामा हिँड्ने विषयवस्तुमा आधारित भएर धेरै टिभी सिरियलहरू बनेका छन् । 

निद्रा हिँड्ने बानी कि रोग ?

के वास्तविकमा मानिस निद्रामा हिँड्छ ? सोमनाबूलिज्म अर्थात् राति निद्रामा उठेर हिँड्नु । कतिपयले यसलाई निद्रामा भ्रमण गर्ने बानी भएको पनि भन्ने गर्छन् । यो निद्रा र जागरुक्ताको एउटा संयुक्त घटना हो ।


यी सब कुरा व्यक्तिको सचेतन मन (सब कन्सियस माईन्ड) ले विभिन्न किसिमका गतिविधि जस्तै – कुरा गर्नु, उठेर ओछ्यानमा बस्नु, सरसफाइ गर्नु ,किचनमा तरकारी काट्नु, खाना बनाउनु, ड्राईभिङ गर्नु, कम्प्युटर चलाउनु, कतै हिँड्दिनु , यहाँ सम्म की 'होमोसाईड' कसेको हत्याको लागि पनि विभिन्न गतिविधिको साथ गरिरहेको हुनसक्छ ।


निद्राको दौरान आफूले गरेको घटनाहरूको बारेमा स्लिप वाकर (निन्द्रामा हिँडेन व्यक्ति) लाई कुनै पनि स्मृति हुँदैन या भएमा एकदमै न्यून हुन्छ । अरू कसैले भन्दा मात्र उसले थाहा पाउँछ ।


यस्ता रोगीलाई स्लिप डिसअर्डर भएको बिरामी भनिन्छ । यस किसिमको रोगलाई मेडिकल भाषामा सोमनाबुलिज्म पनि भनिन्छ । केटा केटी अवस्थामा यो रोग प्रायः देखा पर्ने गरेको छ । उमेर बढ्दै गएपछि कसै-कसैलाई भने आफै पनि ठिक हुन्छ, भने कसैलाई युवाअवस्थामा पनि देखिन्छ । निद्रा- चरी अर्थात् निद्रा भ्रमण गर्नु । यो रोग सबै उमेर, लिगं, वर्गका व्यक्तिहरूलाई पनि हुनसक्छ । यो रोग विशेष गरी बालबलिकाहरुमा बढी देखिन्छ ।


कारण र लक्षण

सोमनाबुलिज्मको कुनै निश्चित कारण अज्ञात छ । यही नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन । बढी तनाव तथा चिन्ताले पनि यस किसिमको रोग हुनसक्छ । लामोसमयसम्म लगातार अनिद्रा अवस्थामा रहनु । जिविकापार्जनका लागि फरक–फरक सिफ्टमा दिनरात काम गर्नु । मादक पदार्थको अत्यधिक सेवनले पनि निन्द्रामा हिँडेन सम्भावना बढाइदिन्छ । परिवारमा कसैलाई यस किसिमको समस्या रहेको इतिहास छ भने त्सस परिवारका केटाकेटीमा यो रोग हुने सम्भावना बढी हुन्छ ।


यसरी निद्रामा उठ्नु, रुनु कराउनु , चिच्याउनु, हिँड्नु , कहिले काहीँ यो मिर्गिरोग को लक्षणपनि हुनसक्छ । यस्ता रोगीहरू अचानक निन्द्रामा उठेर हिँड्दै जाँदा कसैलै अलिक ठुलो आवाजले व्यक्तिलाइ बोलाइदियो भने झल्याँस्स ब्युँझिन्छन् ।


यदि कसैलै नै प्रकार को रोकटोक गरेन भने लामो बाटो पार गर्न पनि सक्छन् । निद्रामा हिँड्न धेरैजसो व्यक्तिलाई आफूले गरेको क्रियाकलाप बारे केही थाहा हुँदैन । निद्रामा भ्रमण गर्ने व्यक्तिलाई हेर्दा उसको आँखा खुल्ला र चमकिलो दैखिन्छ । तर व्यक्तिको अनुहार भावना रहित देखिन्छ र उसको हाउभाउ (एक्सप्रेशन) उद्देश्य विहीन देखिन्छ । यस्ता व्यक्तिलाई ब्युँझाउन खोजेमा बिस्तारै निन्द्राको अवस्थाबाट बाहिर आउँछन् ।


रोगको निदान

यो रोगको डाईग्नोसिस रोगीको अवलोकन र पारिवारिक इतिहासद्वारा गरिन्छ । यसको कुनै प्रयोगशाला परीक्षण छैन ।


उपचार

सबैभन्दा पहिले रोगीको बारेमा समष्टिगत रूपमा जान्नुपर्ने हुन्छ । केटाकेटी उमेरको अवस्था मै निन्द्रा भ्रमण गरेको हो या कुनै तनाव चिन्ताको कारणले उपज भएको हो अथवा छारे रोगको लक्षण हो की ? यी सबै कुराको विचार गरेर रोगीको उपचार गरियो भने यस किसिमको रोगलाई न्यून गर्न सकिन्छ । रोगको प्रकृति र रोगीको अवस्था अनुसार खानपानमा सुधार गर्नुका साथसाथै मनोवैज्ञानिक विधि अन्तर्गत परामर्शद्वारा पनि यसको उपचार गराउन सकिन्छ ।


केही अवस्थामा भने औषधिकोपनि आवश्यकता पर्छ । उपचारको क्रममा यस रोग बाट पीडित व्यक्तिको निगरानी भने घरका सदस्यले गरिरहनु पर्ने हुन्छ । निद्रामा हिँडेन बानी भएका व्यक्तिलाई चोटपटक र दुर्घटना हुनबाट बचाउनु पर्छ ।


होमियोप्याथिक उपचार

होमियोप्याथिकमा रोगीको उपचार गर्दा उसको मानसिक एवं शारीरिक लक्षणको साथै पारिवारिक इतिहास र रोगको कारण लाई मध्ये नजर राखेर रोगीको उपचार गरिने प्रावधान छ ।

सोमनाबिलज्मको उपचारका लागि प्रयोग हुने केही प्रभावशाली होमयोप्याथिक औषधिहरू निम्न छन् ।


१) आर्टिमिसिया भल्वगेरिसः निद्रा भ्रमणको अवस्थामा काम गर्ने या उठेर हिँड्ने बानी ।

२) नेट्रम म्युरः निद्रामा उठेर हिँड्नु या बसैकै ठाउँमा निदाउनु ।

३) ईग्नेशियाः निदाएको बेला सबै कुरा देख्दछ तर निद्राबाट ब्युँझे पछि सबै कुरा बिर्सिन्छ ।

४) कालिब्रोमः धरै जसो केटाकेटीहरूमा देखिने सोमनाबूल्जिमक लागि यस औषधीको प्रयोग गरिन्छ

५) जिकंम मेटालिकमः निद्राको दौरान जोरले रुनु तथा राती निद्रामा कराउनु , मनको भावनालाई भित्रै दबाएर राख्दा देखिने यो समस्याका लागि यो औषधीको प्रयोग लाभप्रद छ ।

६) कालिफाँसः नाइट टेर्रस, अत्यधिक डरको कारण केटाकेटीहरूमा निद्रामा हिँड्ने स्वभाव देखिन्छ भने यसको प्रयोग लाभदायक मानिन्छ ।

७) फोसफोरसः रोगीमा यस किसिमको राति निद्रामा अचानक उठेर हिँड्ने लक्षण बेला बखत देखिन्छ, भने यसको प्रयोग गर्नुपर्छ ।

८) ईग्नेशियाः आत्मसम्मानमा चोट लागेको कारण यो समस्या देखियो भने यसको प्रयोग लाभप्रद छ ।

९) साईलिसियाः पूर्णिमाको जुन (चन्द्रामा) पूर्ण रूपले उदाएको बेला , निद्रामा हिँडेन गर्दछ भने यस औषधीको सेवन गर्न सकिन्छ ।

१०) ब्रायोनियाः निद्रामा उठेर दिउँसोको बाँकिरहेको काम गर्दछ भने यो औषधी लाभप्रद छ ।

११) यसै गरी रोगी निन्द्रामा नै उठेर मानसिक कार्य गर्दछ भने सिपिया नामक औषधीको सेवन गर्नु फाइदाजनक छ ।

१२) रिह्युमः यदि बच्चा निद्रामा उठेर ओछ्यान मै हिँडेन गर्दछ भने यस किसिम को लक्षण देखिएमा यसको व्यवहार गर्न सकिन्छ ।

यस बाहेक अन्य औषधिहरूको प्रयोग पनि रोगीको लक्षण अनुसार प्रयोग गर्न सकिन्छ । जस्तै – एगरिकस ,एन्टिम क्रुड, एनाकार्डियम, केनाबिस ईनिडिका, नक्समस्केटा, औपियम, पेट्रोलियम, स्पोनजिया, स्ट्रामोनियम, सलफर, टेरेन्टुला आदि ।


उपरोक्त उल्लिखित औषधिहरूको प्रयोग आफ्नो स्थानीय कुनै योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग परामर्श लिई सेवन गर्नु उचित हुनेछ ।

प्रकाशित : पुस ३, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?