१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अदुवा

काठमाडौँ — सबैजसो नेपालीको भान्सामा पाइन्छ अदुवा। हामीले सामान्य लिने गरे पनि अदुवा गुणका हिसाबले त्यस्तो साधारण मसला हैन। सन्तुलित रूपमा यसको उपयोग गर्न सके हाम्रो स्वास्थ्यका लागि यो प्रकृतिप्रदत्त महौषधि नै हो। 

अदुवा

स्वादमा पिरो हुने अदुवा पाचक गुणले भरपूर हुन्छ। यसले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ। यसको नियमित सेवनले भोक बढ्छ। ग्यासको समस्याबाट छुटकारा पाइन्छरु। पेटको समस्यामा समेत यो धेरै फाइदजनक मानिन्छ। खाना नपच्दा मात्र हैन, पाचन प्रणालीमा सुधारका लागि समेत यसको उपयोग गर्नु बुद्धिमानी मानिन्छ।

चिडचिडोपन हटाउन यो अचूक मानिन्छ। आयुर्वेदले यसलाई पीडानाशक, वायु–कफनाशक पनि भनेको छ।

यद्यपि अदुवाको उपयोग बाह्रै महिना हुने गर्छ, तथापि यो न्यानो प्रकृतिको हुने भएकाले जाडोयाममा बढी खाने गरिन्छरु। ताजा वा सुकेको (सुठो) दुइटै किसिमले प्रयोग गर्न सकिने अदुवा शक्तिशाली ‘एन्टिभाइरल’ त हुँदै हो, यसमा क्याल्सियम, आयोडिन, आइरन, क्लोरिन, भिटामिनसहित अन्य थुप्रै पोषकतत्व पनि पाइन्छन्।

मौसमी रुघाखोकी लागेका बेला अदुवाको उपयोग रामवाण मानिन्छरु। यसले हाम्रो रोगप्रतिरोधी प्रणालीलाई बलियो बनाउँछ। यो अत्यन्त राम्रो एन्टिअक्सिडेन्ट पनि होरु। यसले फ्री ¥याडिकल्सबाट निकै प्रभावकारी सुरक्षा दिने गर्छ। यसो हुँदा हामी थुप्रै रोग लाग्नबाट जोगिन्छौं।

अदुवाको उपयोगले कोलेस्ट्रोललाई नियन्त्रित गर्छरु। रक्तचाप नियन्त्रणमा राख्न सघाउँछ। यसमा पाइने क्रोमियम, म्याग्नेसियम र जिंकका कारण रक्तप्रवाह राम्रो हुन्छ। यसले रक्तसञ्चारलाई पनि राम्रो गतिमा राख्छ। अदुवा नियमित रूपमा खाने गर्दा रगत जम्न पाउँदैनरु। त्यसैले अदुवा सधैं खाने मानिसलाई हार्ट अट्याक र स्ट्रोकको जोखिम निकै कम हुन्छ।

चिनिया“ चिकित्सा पद्घतिमा मुटु रोगको उपचारमा अदुवाको धेरै महत्व छरु। यसमा ढुसीनाशकसँगै क्यान्सरप्रतिरोधी गुणसमेत हुन्छ।

मधुमेहबाट हुने जटिलता हटाउन अदुवाको सेवन लाभदायक हुन्छ। यस्तो अभ्यासले मधुमेहीका मृगौला, कलेजो र केन्द्रीय स्नायु प्रणाली सुरक्षित भइराख्छन्रु। मधुमेहपीडितको आ“खा बिग्रिनबाट पनि जोगिन्छ।

अदुवाको नियमित सेवनले शरीरको छाला स्वस्थ र चम्किलो हुन्छ। छालामा निखार आउँछ, चाउरी पर्न पाउँदैन।

प्रकाशित : पुस १४, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?