१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बुढयौली र डिप्रेसन

काठमाडौँ — प्राय: मानिस बुढयौलीतिर लम्किँदै गएसँगै आफू एक्लिएको, परित्यक्त भएको अनुभूति गर्न थाल्छन् । यसले उनीहरूमा डिप्रेसन (उदासी रोग) को जोखिम बढाउँदै लैजान्छ । यसमा अझ भूमिका खेल्ने रहेछ भिटामिन डीको कमीले ।

बुढयौली र डिप्रेसन

उमेर ढल्किँदै गएसँगै बाहिरफेर घुमफिर कम हुँदै जानाले शरीरले भिटामिन डी पाउने क्रम घटै जान्छ अनि त्यसैले बूढापाकामा डिप्रेसन बढाउने हालैको एउटा अनुसन्धानमा दाबी गरिएको छ ।


भिटामिन डीको मुख्य स्रोत घाम हो, सूर्य किरण । बूढापाकाले त्यसैले जतिसक्दो घाममा टहलिनु आवश्यक छ । ‘पोस्ट एक्युट एन्ड लङटर्म केयर मेडिसिन’ जर्नलमा प्रकासित अनुसन्धान अनुसार, भिटामिन डीको कमीले डिप्रेसन हुने खतरा ७५ प्रतिशतसम्म बढछ । उक्त अनुसन्धान ५० वर्ष माथिका ४ हजार व्यक्तिमा गरिएको थियो । भिटामिन ‘डी’ को सम्बन्ध हाडबाहेक स्वास्थ्यसम्बन्धी अन्य अवस्थासँग पनि हुने उक्त अनुसन्धानमा उल्लेख छ । डिप्रेसन तीमध्ये एउटा स्वास्थ्य समस्या भइहाल्यो ।


अर्को कुरा, डिप्रेसनमा गएका बूढापाकालाई साथीभाइ, आफन्तसँग भिडियो च्याट गराउँदा उनीहरू समस्यामुक्त हुन सक्ने रहेछन् । ६० वर्षमाथिका १ हजार ४ सय २४ व्यक्तिमा गरिएको यो अनुसन्धान ‘अमेरिकन जर्नल अफ जेरियाट्रिक साइकियाट्री’ मा प्रकाशित छ ।

यो अनुसन्धानअन्तर्गत डिप्रेसनपीडित ती सहभागीहरू चार समूहमा बाँडियो ।


प्रत्येक समूहका व्यक्तिलाई सञ्चारको फरकफरक माध्यमले जोडियो । कसैलाई भिडियो च्याटमा त कसैलाई ई–मेलमा । कसैलाई भने सोसल नेटवर्क र इन्स्टयान्ट मेसेजिङ एपमा । दुई वर्षसम्मको अनुसन्धानपछि के नतिजा निस्कियो भने, सञ्चारका उपर्युक्त चार माध्यममध्ये भिडियो च्याट नै डिप्रेसन हटाउनमा प्रभावकारी हुने रहेछ ।


ई–मेल, मेसेजिङ एप र सोसल मिडिया प्लेटफार्म (जस्तो : फेसबुक) को उपयोग गरेका बूढापाकामा डिप्रेसनको स्तर प्रविधिको उपयोग नगर्नेहरूजत्तिकै थियो । यसको तुलनामा भिडियो च्याटवाला परिणाम भने निकै सुखद रह्यो । भिडियो च्याट र डिप्रेसनबीच सम्बन्ध स्थापित गर्ने दिशामा यो पहिलो अनुसन्धान हो ।

प्रकाशित : पुस २१, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?