कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरूषभन्दा तीन वर्ष युवा हुन्छ महिलाको मस्तिष्क

काठमाडौँ — वैज्ञानिकको दाबीअनुसार महिलाको मस्तिष्क उनीहरूको उमेरकै पुरुषको दाँजोमा तीन वर्ष युवा हुन्छ । यसैकारण महिलाको मस्तिष्क लामो समयसम्म तीव्र गतिले चल्ने गरेको हो । 

पुरूषभन्दा तीन वर्ष युवा हुन्छ महिलाको मस्तिष्क

यो अध्ययन ‘प्रोसेडिङस अफ नेसनल एकेडमी अफ साइन्सेज’ मा प्रकाशित छ । उक्त अध्ययनमा २० देखि ८४ वर्षका १ सय २१ महिला र ८४ पुरुष सहभागी थिए । अध्ययनअन्तर्गत उनीहरूको मस्तिष्कमा ग्लुकोज र अक्सिजनको प्रवाह नाप्न उनीहरूको ‘पीईटी स्क्यान’ गरिएको थियो ।


मस्तिष्कको मेटाबोलिज्मसम्बन्धी क्रियाले महिला र पुरुषको उमेर बढ्दा उनीहरूको मस्तिष्कको अन्तर बुझ्न सघाउन सक्छ । मस्तिष्क ग्लुकोजले चल्छ तर मस्तिष्कले ग्लुकोजको उपयोग कसरी गर्छ भन्ने कुरा उमेर वृद्धिसँगै परिवर्तन हुँदै जान्छ ।


अध्ययनमा संलग्नहरूको उमेर र मस्तिष्कको क्रियाबीच सम्बन्ध पत्ता लगाउन एउटा मेसिनमा पुरुषको उमेर र मस्तिष्क क्रियाको तथ्यांक हालियो । अनुसन्धानकर्ताहरूले महिलाको मस्तिष्कको मेटाबोलिज्मको तथ्यांकलाई पनि मेसिनमा हाले र तथ्यांकले महिलाको मस्तिष्कको उमेरको गणना गरे ।


महिलाको वास्तविक उमेरभन्दा उनीहरूको मस्तिष्कको आयु ३.८ वर्ष युवा देखियो । अर्कातिर, पुरुषको मस्तिष्कको आयु वास्तविक उमेरको दाँजोमा २.४ वर्ष बढी थियो ।

प्रकाशित : माघ २६, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?