कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तनाव स्वास्थ्यको शत्रु हो

काठमाडौँ — स्वस्थ र दीर्घ जीवनको लागि मन स्वस्थ्य हुनु जरुरी छ । यही जानेर होला, हाम्रा पितापुर्खाहरुले पनि प्राय: प्रशन्न रहने, खुसी रहने आशीर्वाद दिने गर्दथे । मन प्रशन्न छ भने जीवनका अरु पक्षहरु पनि सहज र स्वाभाबिक लाग्छ । किन्तु आहार, बिहार, विचार, व्यवहार र संस्कारको कारण अचेल प्रशन्न चित अनुहार बिरलै देखिन्छ । अचेल धैरैजसो मानिसहरुको अनुहारमा तनाव झल्किन्छ ।

शरीरमा रासायनिक परिवर्तन :

हाम्रो कर्म या व्यवहारले मनमा जुन प्रकारको संवेगहरु उत्पन्न हुन्छ । यसले शरीरमा रासायनिक (हारमोन्स) परिवर्तन ल्याउँछ । यिनै परिवर्तनको कारण हाम्रो मनमा उत्पन्न हुने असुरक्षाको भावना, डर, भय, त्रास, निराशा, उदिग्नता, कुन्ठा र दु:ख आदि नै मानसिक तनावको पयार्य हो । तनाव हाम्रो मनको एक अवस्था हो । कहिले यो वास्तविक हुन्छ भने कहिले तनाव काल्पनिक पनि हुन्छ । मानसिक तनावले हाम्रो जीवनमा विभिन्न किसिमले प्रभाव पार्दछ । मानसिक तनावलाई ब्लडप्रेसर, मधुमेह, मुटुको रोग, मोटोपना, विभिन्न प्रकारको एलर्जी, माईग्रेन, अर्थराईटिस, थायरायड, एसिडिटि, पेटको रोग र क्यान्सरसम्मको कारण मानिन्छ ।


आयुर्वेद , होमियोप्याथी, युनानी चिकित्सामा तनावलाई उदेक (ईम्पलसिभ) भनिएको छ । स्वस्थ हुनुको मतलब केवल रोगबाट मुक्त हुनु होइन । व्यक्ति शारीरिक, मानसिक एवं सामाजिक रुपमा पनि स्वस्थ हुनुका साथै मन प्रशन्न हुनु हो । कुनै प्रकारको उदेगले शरीरमा बात दोष बढ्न जान्छ । शरीरमा बातदोष हुनलाई राम्रो मानिँदैन । वातदोषको प्रकोप बढ्नाले अन्य तत्वहरुमा पनि प्रतिकूल प्रभाव पर्दछ । जसको फलस्वरुप अनेक रोगहरु उत्पन्न हुन्छन् ।


वैवाहिक र व्यावसायिक जीवन :

आफ्नो वैवाहिक तथा व्यावसायिक जीवनमा हामी जोसँग जोडिएका हुन्छौं । विभिन्न परिस्थितिमा यिनीहरुको व्यवहार एक समान हुँदैन । एक अर्काको प्रति कहिले प्रेम त कहिले घृणाको भाव मनमा उत्पन्न हुन्छ । यदि हाम्रो पारस्परिक सम्बन्ध या व्यवहार नकारात्मक छ भने त्यसले तनाव उत्पन्न हुन सक्छ । वैवाहिक सम्बन्धमा प्राय: गरी बाहिरी कारणले गर्दा तनाव उत्पन्न हुन्छ । जसले गर्दा वैवाहिक स्नेह बन्धन उत्साह र उमंगलाई कम गराइदिन्छ । यसबाट शारीरिक समन्धमा शिथिलता ल्याउँछ ।


तनावग्रस्त दम्पती सामाजिकस्तरबाट पनि आफूलाई उपेक्षित महसुस गर्दछन् । कार्य क्षेत्रको तनाव घरमा प्रवेश गर्नाले गृहस्थ जीवनको आनन्द, सुख एवं समृद्धि पनि नष्ट हुन सक्छ । तनावले गर्दा वैवाहिक सम्बन्धमा अरुची, निराशा या कुण्ठित भावना उत्पन्न हुन जान्छ । फलस्वरुप दम्पती आफ्नो वैवाहिक जीवनको आनन्द लिन पाउँदैनन् । बिस्तारै–बिस्तारै यिनीहरुको आपसी सम्बन्धमा फाटो आउन थाल्छ र पारिवारिक जीवन कष्टप्रद लाग्न थाल्छ ।


यसैगरी कार्यस्थल या व्यावसायिक जीवनमा हुने घटना क्रमको पनि प्रतिकूल प्रभाव हाम्रो मनमा पर्दछ । हाम्रो व्यवहारिक सम्बन्ध र व्यक्ति विशेषको अनुसार बद्लिँदो भावना र व्यवहारले पनि मनमा एक किसिमको तरंग पैदा हुन्छ । यदि अफिसमा कुनै व्यक्तिप्रति हाम्रो मैत्रीभाव या ईर्ष्या या कुनै अन्य नकारात्मक भाव छ भने हाम्रो मन मैत्रीभाव भन्दा बढी सध्ये नाकारात्मक संवेगमा नै लिप्त रहन्छ । अफिसको आवश्यक कार्यहरु गर्नु पर्ने र समयको कमीले गर्दा अत्यधिक कामको तनावले पनि कामको गुणवत्तालाई प्रभावित गर्दछ ।


एउटा प्रशन्न चित्त व्यक्ति कुनै कार्यलाई जति राम्रोसँग गर्दछ, तनावग्रस्त व्यक्ति त्यत्ति राम्रोसँग गर्न सक्दैन । यसरी लगातार तनावग्रस्त रहनाले कामको क्वालिटीमा पनि असर पर्दछ । र, यो तनाव स्वास्थ्यको लागि पनि नुक्सानदायक हुन्छ । जो व्यक्ति लगातार मानसिक तनावबाट ग्रस्त रहन्छ । उनीहरुको दुईवटा प्रकृति हुन्छ । उनीहरु या त तनावलाई फेस (मुकाबला) गर्छन् या पलायन गर्दछन् । यी दुवै परिस्थितिमा शरीरलाई अतिरिक्त ऊर्जाको आवश्यकता पर्दछ । यही कारण हो कि यस्ता व्यक्तिहरुमा रगतमा चिनीको मात्रा बढ्नुका साथै ब्लड प्रेसर पनि घरी–घरी बढेको देखिन्छ ।


बिस्तारै–बिस्तारै शरीरको यो बानी नै हुन जान्छ र अचेल लगभग हरेक रोगको मूल कारण यही बानी-व्यवहार हो । आधुनिक चिकित्सा विज्ञानको शोध–अध्ययनले पनि यो कुराको पुष्टि गर्दछ ।


यसरी पाऔ तनावबाट राहत :


तनाव उत्पन्न गराउने कारक तत्वहरुबाट टाडा नै बस्ने । संभवत् शान्त भएर बस्ने प्रयास गर्ने । यदि तनाव आवाञ्चित छ र जसलाई पन्छ्याउन सकिँदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने । दु:ख या आवेगपूर्ण स्थितिमा पनि धैर्य राख्ने प्रयास गर्ने । परस्पर विचार–विमर्शको माध्यमले मनभित्र दब्बिएर बसेका भावनाहरुलाई बाहिर निकाल्ने । खुसी र आनन्दपूर्वक वातावरणमा बस्ने । गहिरो स्वास लिने–छोड्ने र नियमित प्राणायाम गर्ने । प्रत्येक दिन योगाभ्यासको साथै कमसेकम ३० मिनेट ध्यान साधना गर्ने ।


उपचार : रोगको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्येनजर राखेर उपयुक्त होमियोप्याथिक औषधिको सेवन तन–मनको स्वास्थ्यको लागि लाभदायक छ ।


औषधिहरु : एकोनाइट, पल्साटिला, आर्जेन्टम नाईट्रिकम, पोडोफाईलम, हायोसायमस, लेकेसिस, ईग्नेशिया, आर्सेनिक, कोकुल्स आदि । उपरोक्त औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै चिकित्सकको सल्लाहले सेवन गर्दा राम्रो हुने छ ।

[email protected]


प्रकाशित : वैशाख ८, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?