१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

रोग हैन सेतो दुबी, उपचार समेत आवश्यक छैन

विश्व सेतो दुबी दिवस 
अतुल मिश्र

काठमाडौँ — नेपाली समाजमा अझै सेतो दुबी(भिटिलाइगो) प्रति जनमानसमा फैलिएको अवैज्ञानिक, नकारात्मक धारणा कम भएको छैन । यो रोग नभएपनि यस समस्यालाइ हालको चिकित्सकीय प्रविधिले उपचार समेत गर्न सकिन्छ ।

रोग हैन सेतो दुबी, उपचार समेत आवश्यक छैन

छालाले आफनो प्राकृतिक रंग गुमाउदा मानव शरिरमा यो समस्या देखा पर्छ, अर्थात् छाला र कपाललाई रंग प्रदान गर्ने कोष मेलानोसाइटको मृत्यु भएपछि यो समस्या हुन्छ ।


विश्वव्यापी रुपमा ०.५ प्रतिशत देखि २ प्रतिशत जनसंख्यामा देखिने यो समस्याबारे मुलुकमा भने खासै अध्ययन गरिएको छैन । ‘कुन कारणले छालामा यो रंगको अभाव हुन्छ अझै रहस्य नै छ’, रंग प्रदान गर्ने कोष मेलानोसाइटको मृत्युबारे अझै वैज्ञानिकहरु पूर्ण रुपमा बुझ्न नसकेको औँल्याउदै छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्ण भन्छन्, ‘तर हामीलाई थाहा छ सेतो दुबी एकबाट अर्कोमा सर्ने र ज्यान लिने खालको समस्या हैन ।’


पश्चिमा मुलुकहरुमा पीडितले यसको उपचार नगरे पनि शरिरको रंगलाइ लिएर भेदभाव गरिने ठाउँमा सेतो दुबीको उपचार बढी हुने गरेको समेत उनले विश्व सेतो दुवी दिवसको अवसरमा मंगलबार क्युटिस केयरद्वारा आयोजित सेतो दुबी, जनचेतना कार्यक्रममा बताए ।


तर सेतो दुबी आएपछि यसले जीवनमा परिवर्तन हुन सक्छ । केही व्यक्तिमा आत्म विश्वासमा समेत कमी आउने गरेको देखिन्छ । उनीहरु सामाज, साथीभाइ आफन्तमा राम्ररी घुलमिल गर्नबाट बाँच्न चाहन्छन् भने उदासी रोग(डिप्रेसन)बाट समेत प्रभावित हुन सक्ने डा.कर्ण औँल्याउँछन् ।


सेतो दुबी छाला, कपाल(आँखी भौ, परेला, खप्पर, दाढी), आँखा, मुखभित्र, यौन अंग आदि जुनसुकै ठाउँमा हुन सक्छ । ‘विश्वमा दसौ लाख व्यक्ति सेतो दुबीबाट पीडित छन् भने यसमध्ये आधा जतिलाई २१ वर्षभन्दा अगावै यो समस्या देखिन्छ’, डा.कर्ण भन्छन् ।


बच्चालाई उपचार गरे यो समस्या चाडै निको हुने गरेपनि उमेर बढ्दै जाँदा यसलाई निको हुने समय समेत बढने गरेको छ । हाल मुलुकमा यसको उपचार अन्तर्गत फोटो थेरापी, शल्यक्रिया, लेजर थेरापी, मेलानोसाइट प्रत्यारोपण लगायतको उपलब्ध छ ।

प्रकाशित : असार १०, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?