कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाँटी कुल्ला गर्दा ब्याक्टेरिया नास

काठमाडौँ — घाटी बिग्रँदा, घाँटीमा खिसखिस हुँदा, दुख्दा सामान्यतः तपाईं आफैं पनि मन तातो नुनपानीले कुल्ला (गार्गल) गर्नुहुन्छ । चिकित्सकसँग जँचाउन जाँदासमेत तपाईंलाई औषधिसँगै नुनपानीले गार्गल गर्नसमेत भन्छन् । के यसले साँच्चै फाइदा पुग्छ ? घाँटीमा भएका ब्याक्टेरियामा नुन पानीको असर हुन्छ ? घाँटीको खराबी पछाडि केही खास प्रकारका ब्याक्टेरियाहरू जिम्मेवार हुन्छन् ।

घाँटी कुल्ला गर्दा ब्याक्टेरिया नास

वीर अस्पतालका प्रा.डा.अनिलकुमार मिश्रका अनुसार ब्याक्टेरिया सामान्यतः मन तातो नुनपानीको सम्पर्कमा आएर समाप्त हुने होइन । ती ब्याक्टेरियाहरू धेरै जिद्दी प्रकृतिका हुन्छन् । तापनि नुनपानीको उनीहरूमा घातक असर हुन्छ । यो हुनुको पछाडि विज्ञानको ‘अस्मोसिस’ को सिद्घान्तले काम गरेर भएको हो ।


बोलचालमा भन्ने हो भने गह्रौं र हलुको द्रव्य आपसमा मिल्दा उनीहरूबीच क्रिया सुरु हुन्छ । यसैलाई अस्मोसिसको सिद्घान्त भन्छौं र त्यो क्रिया त्यति खेरसम्म जारी रहन्छ जबसम्म दुवै द्रव्यको घनत्व समान न होस् । यही क्रियाले गर्दा हामी जतिखेर गार्गल गर्छौं त्यसताका ब्याक्टेरियालाई आफ्नो अस्तित्व कायम राख्न मुस्किल पर्छ ।


नुनपानी अपेक्षाकृत रूपमा गाह्रो हुन्छ । जब यो घाँटीमा पुग्छ अनि ब्याक्टेरियाको शरीरमा भएको पानी शरीरको छिद्रबाट बाहिर निस्केर नुनपानीमा मिसिन थाल्छ । यसरी ब्याक्टेरिया आफ्नो शरीरको पानी गुमाउन थाल्छन् । सुक्न थाल्छन् र अन्ततः मृत्यु हुन्छ ।

प्रकाशित : असार २१, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?