औषधि टुक्राएर नखाऔं 

काठमाडौँ — चिकित्सकले औषधि लेख्दा हामीले त्यही मात्राको चक्की नपाएपछि सामान्यतः टुक्रा पारेर खाने गरेका छौं । जस्तै सिटामोल पाँच सय मिलिग्रामको पाइन्छ भने बच्चाहरूलार्य दिँदा टुक्रा पारेर ख्वाउने चलन प्रायः सबैको छ । 
तर यसरी औषधिलाई टुक्राएर खानुको सट्टा त्यही मात्राको औषधि सेवन गर्नु नै उपयुक्त हुने देखिएको छ ।

औषधि टुक्राएर नखाऔं 

अनुसन्धानकर्ताहरूले औषधिलाई दुई वा दुईभन्दा बढी भागमा टुक्राएर खानु धेरै घातक हुन सक्ने बताएका छन् । यसले औषधिको गलत मात्रा शरीरमा पुग्न सक्छ ।


‘जर्नल अफ एडभान्स नर्सिङ’ मा प्रकाशित अनुसन्धानले औषधिलाई टुक्राएर खाँदा गम्भीर प्रभाव हुन सक्ने देखाएको छ । अनुसन्धानअनुसार औषधिको गलत मात्रा लिनाले औषधि र विषबीच सूक्ष्म अन्तर रहन्छ ।

हामी जतिसुकै पनि औषधिलाई बराबर गरी तोडने प्रयास गर्दासमेत दुई समान मात्राको बराबर भागमा तोड्न सकिरहेका हुँदैनौं ।


अनुसन्धानकर्ताहरूले चक्कीलाई बराबर भागमा तोडन विशेष प्रकारको चक्कु, औजार र कैंचीको समेत उपयोग गरे पनि बराबर मात्रा पाउन सकेनन् । अनुसन्धानअन्तर्गत जतिसुकै प्रयास गरिए पनि चक्कीलाई बराबर दुई भागमा तोडन धेरै जटिल देखियो ।


अध्ययनको निष्कर्षमा के भनियो भने, औषधिको चक्कीलाई तोडा सामान्यतः यो गैर बराबर भागमा टुक्रिन्छ । अनुसन्धानकर्ताहरूले पाए की तोडेर लिइने ३१ प्रतिशत चक्कीमा औषधिको मात्रा गलत हुन्छ । यति मात्र नभई यसले औषधिको १५ देखि २५ प्रतिशत बढी मात्रा शरीरमा पुग्ने आशंका रहन्छ । अध्ययनले औषधि कम्पनीलाई विभिन्न मात्राको चक्की उत्पादन गर्न आग्रहसमेत गरेको हो ।


प्रकाशित : असार २१, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?