५० वर्षको उमेरपछि महिलामा छिटो बुढ्यौली

काठमाडौँ — हालै गरिएको एउटा अनुसन्धान अनुसार, ५० वर्षसम्म महिला र पुरुषको छालामा उमेरको प्रभाव उस्तै रहन्छ । तर यसपछि भने महिलामा तीव्र गतिले उमेरको असर देखिन थाल्छ । जबकि पुरुषको यो परिवर्तन विस्तारै हुन्छ । 

५० वर्षको उमेरपछि महिलामा छिटो बुढ्यौली


पुरुषको दाँजोमा महिलाको अनुहारमा बुढ्यौली छिटो किन देखिन्छ भन्ने कुरा जान्न यो अनुसन्धान भियना युनिभर्सिटिमा गरिएको हो ।


अनुहारमा आउने उमेरको प्रभावबारे अनुसन्धानकर्ताहरूले २६ देखि ९० वर्षका ८८ महिला र पुरुषलाइ अनुसन्धानमा सामेल गरेका थिए । कम्प्युटरको सहयोगले उनिहरूको अनुहारको छ सय भिन्दाभिन्दै खण्डको विश्लेषण गरियो ।


५० वर्ष नाघेपछि महिलाको महिनावारी सुक्छ । यो समय शरीरमा यौन हार्मोन इस्ट्रोजेन कम हुने कारण अनुहारमा च्याउरीपना आउन थाल्छ । उमेरको असर तीव्र गतिले देखिन थाल्छ । अनुहारमा बोसो घट्छ । उसो त हरेक महिलामा महिनावारी सुक्ने उमेरमा फरक पनि पर्न सक्छ ।


अनुसन्धान अनुसार महिलाहरूमा उमेरको प्रभाव ५० वर्षमा तीव्र गतिले हुन थाल्छ तर ६० वर्षको आयुपछि उमेरको प्रभाव पुनः कम गतिमा देखिन्छ । विस्तारै चिउडोको छेउछाउको छाला खुम्चिन सुरु हुन्छ । उमेरको प्रभाव प्रोटिन कोलोजनमा असर पार्छ, जसले छालालाई लचिलो बनाइदिन्छ ।

प्रकाशित : असार २१, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?